च्यासल रंगशाला

प्रधानमन्त्री दाहालले गरे च्यासल रंगशालाको उद्घाटन


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)  का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले च्यासल रंगशालाको मंगलबार उद्घाटन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो राजनीतिक जीवनको  महत्वपूर्ण समय (झन्डै सात वर्ष) च्यासलमा बिताएको स्मरण गर्दै प्रधानमन्त्रीका हैसियतले च्यासल रंगशालाको उद्घाटन गर्न पाउँदा विशेष हर्ष र गर्वको महशुस भएको बताए ।

प्रधानमन्त्री दाहालले विगतमा खेलकुद क्षेत्रलाई न्युन बजेट विनियोजन हुँदै आएकोमा आगामी आर्थिक वर्षमा गुणात्मक रुपमा बजेट बृद्धि गर्ने प्रतिबद्धता जनाए ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले  दशरथ रंगशालाको विकल्पका रुपमा च्यासल रंगशाला निर्माण गरिएको बताए ।


करिब २९ करोड लागतमा निर्माण भएको च्यासल रंगशालाको दर्शक क्षमता संख्या ६ हजार दुई सय ३६ छ । २०७४ साल असारमा च्यासल रंगशालाको व्यापक स्तरबृद्धि गर्ने उद्देश्यले पुनर्निर्माणको काम सुरु गरिएको थियो । 


कोभिडका कारण रंगशाला पुनर्निर्माणको काममा ढिलाई समेत भएको थियो । च्यासल रंगशालामा चेन्जिङ, मेडिकल, रेफ्री, मिडिया, सुरक्षा गार्ड, प्रशासनीक कक्षलगायतका सुविधा छन् ।