काठमाडौं । आयोजक पिस प्वाइन्ट पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पिस प्वाइन्टले आइतबार लिबर्टीबाट वाक ओभर पाएको हो। सानोगौचरणमा भइरहेको प्रतियोगितामा सिद्धार्थ बनस्थली, नेपाल तारा र छहारीले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे।
सिद्धार्थ बनस्थलीले प्रस्फुटनलाई ४-० ले हरायो । सिद्धार्थका अंकित तामाङ, रमित भण्डारी, विजय मराठा र दीप भट्टराईले समान एक गोल गरे ।
नेपाल ताराले नोबेल एकेडेमीमाथि ५-० को सहज जित दर्ता गरेको हो । विजयी टोलीका लागि भुवन श्रेष्ठ चार तथा सुवास लामाले एक गोल गरे ।
छाहरीले क्याम्ब्रीजलाई ८-० को फराकिलो अन्तरले स्तब्ध बनायो । छहारीका निशान तामाङले ह्याट्रिक पूरा गर्दा सन्देश पाख्रिनले दुई तथा रुपेश दाहालले एक गोल गरे । दुई गोल आत्माघाती उपहार स्वरुप प्राप्त भयो ।
सेमिफाइनलमा छहारीको भेट सिद्धार्थ बनस्थलीसंग हुँदा नेपाल ताराले पिस प्वाइन्टको सामना गर्नेछ । सेमिफाइनल सोमबार हुनेछ ।