क्लब विश्वकप

रियाललाई पाँचौ पटक क्लब विश्वकप


रबाट । भिनिसिय जुनियरको दुई गोलमा रियाल मड्रिड शनिबार अल हिलालमाथि ५-३ को जितसहित पाँचौ पटक क्लब विश्वकपको विजेता बनेको छ । 

प्रशिक्षक कार्लो एन्सेलोट्टीले जुनियरले आफ्नो प्रभावशाली प्रदर्शनबाट आफ्ना आलोचकहरुलाई गतिलो जबाफ दिएको बताए । यस सिजन ला लिगामा जुनियरमाथि पटक पटक रंगभेदी र्दुव्यहार भएको थियो ।

१३औं मिनेटमा जुनियरले गरेको गोलमा रियालले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि फेडरिको भाल्भार्डेले रियालको अग्रता दोब्बर पारेका थिए । २६औं मिनेटमा मौसा मेरेगाले गोल गर्दै अल हिलालाई खेलमा फर्काउने संकेत गरेका थिए ।

५४औं मिनेटमा करिम बेन्जेमा र ५८औं मिनेटमा भाल्भार्डेको समान एक गोलमा रियालले अग्रता ४-१ मा पुर्याएको थियो । ६३औं मिनेटमा लुसानियो भिट्टोले अल हिलालका लागि दोस्रो गोल गरे । ६९औं मिनेटमा जुनियरले रियालको अग्रता ५-१ मा पुर्याए ।

खेल सकिन ११ मिनेट बाँकी रहँदा भिट्टोले गोल गरे पनि त्यो अल हिलाललाई खेलमा फर्काउन पर्याप्त भएन ।