चैत्र ९, २०८२ सोमबार | ०१:०९:३९
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

डेनमार्कलाई हराउँदै अस्ट्रेलिया नकआउट चरणमा, ट्युनिसिया जितका बावजुद समूह चरणबाटै बाहिरियो

काठमाडौं । म्याथु लेकीले दोस्रो हाफमा गरेको एउटै गोल निर्णायक बन्दा अस्ट्रेलियाले बुधबार समूह चरणको अन्तिम खेलमा डेनमार्कमाथि १-० को जित निकाल्दै कतार विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।

काउन्टर अट्याकमा रेली म्याकग्रेले अगाडि बढाइदिएको बललाई आफ्नै हाफबाट नियन्त्रणमा लिँदै अगाडि बढाएर दुई विपक्षी रक्षकलाई कटाउँदै लेकीले गोलमा परिणत गरेका थिए । लेकीले पेनाल्टी बक्सभित्रबाट कुना च्याप्दै गरेको प्रहार विपक्षी गोलकिपर कास्पर स्माइकललाई कुनै मौका नदिई ६१औं मिनेटमा गोलमा परिणत भएको थियो ।

समूह ‘डी’बाट सुरुका दुई खेल जित्दै फ्रान्सले यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेको अवस्थामा यो जितसँगै अस्ट्रेलिया पनि ६ अंक लिएर उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्यो ।

छैटौं पटक विश्वकपमा सहभागिता जनाइरहेको अस्ट्रेलियाले समूह चरण पार गरेको यो दोस्रो पटक हो । १९७४ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाउने क्रममा समूह चरणबाटै घर फर्केको टोली २००६ मा दोस्रो पटक विश्वकपलाई लायक हुँदा अन्तिम १६ सम्मको यात्रा गर्न सफल भएको थियो ।

२०१० देखिका विश्वकपमा एसियालाई प्रतिनिधित्व गर्न थालेपछि प्रत्येक संस्करणमा अस्ट्रेलियाको उपस्थिती नियमित हुँदै आएको छ । तर पनि टोली २०१०, २०१४ र २०१८ का विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो ।

ओसियानाबाट फिफाको सदस्य रहँदै आएको अस्ट्रेलियाले एसियामा विश्वकपका धेरै कोटा भएका कारण २००६ मा एसियाली फुटबल महासंघ (एएफसी)को सदस्यताका लागि प्रस्ताब गरेको थियो । फिफा र एएफसीले स्वीकार गरेपछि २०१० देखिका विश्वकप छनोटलगायत सबै अन्तर्राष्ट्रिय फुटबल अस्ट्रेलियाले एसियाबाट खेल्दै आएको छ ।

जारी विश्वकपमा आयोजक कतार र इरान समूह चरणबाटै बाहिरिइसकेको अवस्थामा नकआउट चरण पुग्ने अस्ट्रेलिया पहिलो एसियाली टिम हो ।

एकै समयमा भएको समूहको अन्तिम खेलअन्तर्गत अल जुनब रंगशालामा अस्ट्रेलियाले जित हासिल गर्दा उता एजुकेसन सिटी रंगशालामा ट्युनिसियाले साविक विजेता फ्रान्सलाई १-० कै नतिजामा हरायो ।  

अस्ट्रेलियाले पनि जित हासिल गरेका कारण ट्युनिसियाको लागि अन्तिम खेलमा हासिल गरेको जित सान्त्वनामा सीमित भयो ।

नकआउट चरणमा प्रवेश गरिसकेको फ्रान्सले आफ्ना अधिकांश महत्वपूर्ण खेलाडीलाई आराम दिएको खेलमा वाहबी खाज्रीले ट्युनिसियाका लागि ५९औं मिनेटमा विजयी गोल गरेका थिए ।  

फ्रान्सले ट्युनिसियाविरुद्धको खेलमा पहिलो रोजाईका गोलकिपर ह्युगो लोरिस तथा फरवार्डहरु किलियन एमबाप्पे, ओलिभर जिरौड, एन्टोनी ग्रिजम्यान, औसमान डेम्बेले, एड्रियन राबियो तथा थियो हर्नान्डेजलगायतका खेलाडीलाई आराम दिएको थियो ।

तर बैकल्पिक खेलाडीका रुपमा एमबाप्पे, ग्रिजम्यान, डेम्बेले र राबियो दोस्रो हाफमा मैदान छिरेका थिए । त्यसका बावजुद फ्रान्स खेलमा फर्किन सकेन । इन्जुरी समयको अन्तिम मिनेटमा ग्रिजम्यानले एक गोल फर्काए पनि भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड भएको भन्दै गोल अमान्य गर्दा फ्रान्स खेलमा फर्किन असफल भएको थियो । 

समूहका सबै तीन खेल सकिँदा फ्रान्स र अस्ट्रेलिया समान ६ अंकका साथ विजेता र उपविजेताका रुपमा अगाडि बढ्दा चार अंकमा सीमित ट्युनिसिया र एक अंकका साथ पुछारमा थन्किएको डेनमार्क समूह चरणबाटै घर फर्किएका छन् ।

अन्तिम १६ मा समूह ‘डी’को विजेता फ्रान्सले समूह ‘सी’ को उपविजेतासँग खेल्नेछ भने अस्ट्रेलियाले समूह ‘सी’को विजेतासँग खेल्नेछ ।

समूह ‘सी’बाट सबै चार टिमको अगाडि बढ्ने गणितीय सम्भावना कायम रहँदा आज राति १२ः४५ बजे एकै समयमा हुने दुई खेलले नकआउट चरण पुग्ने दुई टोलीको टुंगो लगाउनेछ ।

समूहमा दुई खेलमा चार अंक जोड्दै शीर्ष स्थानमा रहेको पोल्यान्डले दुई पटकको पूर्व विजेता अर्जेन्टिना तथा साउदी अरेबियाले मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछन् । अर्जेन्टिना र साउदी अरेबिया समान तीन अंकका साथ दोस्रो तथा तेस्रो स्थानमा छन् भने एक अंकमा सीमित मेक्सिको पुछारमा छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो