चैत्र १४, २०८२ शनिबार | २१:१८:२०
दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु

इक्वेडरमाथिको जित मानेप्रति समर्पण

दोहा । इक्वेडरमाथि २-१ को जितसहित कतार विश्वकप २०२२ को अन्तिम १६ को टिकट काटेसँगै सेनेगलका प्रशिक्षक अलीओउ सेसेले सो सफलता चोटका कारण टोलीबाट बाहिरिएका कप्तान साडियो मानेप्रति  समर्पण गरेका छन् ।

सेनेगल तीन खेलमा दुई जित र एक हारको नतिजापछि ६ अंकसहित समूह ‘ए’ को उपविजेता रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । समूह 'ए' बाट नेदरल्यान्ड्ले विजेताको रुपमा नकआउट चरणमा स्थान बनायो ।

अन्तिम १६ मा सेनेगलले समूह ‘बी’ कोविजेता इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने नेदरल्यान्ड्सले अमेरिकाविरुद्ध खेल्नेछ ।

सेनेगल सन् २००२ पछि विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको यो पहिलो पटक हो ।   सन् २००२ पछि २०१८ को विश्वकपमा छनोट भएको सेनेगलको यात्रा समूह चरणमा सीमित भएको थियो ।

यस्तै सेनेगल सन् १९९० पछि दक्षिण अमेरिकी राष्ट्रलाई हराउने पहिलो अफ्रिकी राष्ट्र पनि बन्यो । सन् १९९० मा क्यामरुनले २१ खेलको जितविहिन यात्रामा पूर्णविराम लगाउने क्रममा कोलम्बियालाई हराएको थियो ।

‘म यो जित साडियो मानेप्रति समर्पण गर्न चाहन्छु,' उनले भने, ‘मानेले सेनेगलको फुटबलमा ठूलो योगदान दिएका छन् । पहिलो खेल हारे पनि टोलीले स्वभाविक लय गुमाएन । त्यो नै जितको मुख्य कारण हो ।हामी अन्तिम १६ मा पनि यही प्रदर्शन निरन्तर होस् भन्ने चाहन्छौ । हामी इङ्ल्यान्डविरुद्ध डराएर खेल्दैनौ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो