चैत्र १२, २०८२ बिहीबार | ११:१०:४६
रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता

विश्वकपबाट बाहिरिए पनि खेलाडीप्रति गर्व छः प्रशिक्षक क्विरेज

दोहा । इरानका मुख्य प्रशिक्षक कार्लोस क्विरेजले कतार विश्वकप २०२२ मा आफ्नो यात्रा समूह चरणमा अन्त्य भए पनि टोलीको प्रदर्शनप्रति भने गर्व रहेको प्रतिक्रिया दिएका छन् ।

पहिलो खेलमा इङ्ल्यान्डसँग ६–२ ले पराजित इरानले दोस्रो खेलमा वेल्सलाई २–० ले हराउँदै समूह बी बाट कम्तीमा अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना जीवित राखेको थियो । तर अन्तिम खेलमा अमेरिकासँग १–० ले पराजित भएसँगै समूह चरण पार गर्ने इरानको लक्ष्यले यस पटक पनि पूर्णता पाएन  ।

इरानका खेलाडीले इङ्ल्यन्डजिरुद्ध आफ्नो पहिलो खेलअघि राष्ट्रिय गान गाउन अस्विकार गर्दै आफ्नो देशमा जारी सरकार विरोधी प्रदर्शनकारीको समर्थन गरेका थिए । 

इरानमा सेप्टेम्बरमा २२ वर्षीया महिला महसा अमिनीको प्रहरी हिसारतमै निधन भएपछि त्यहाँ सरकारविरोधी प्रदर्शन भैरहेको छ । हिजाब लगाउन अस्विकार गरेको भन्दै उनी पक्राउ परेकी थिइन । हालसम्म सरकारविरोधी प्रदर्शनमा चार सयभन्दा बढी व्यक्तिहरूले ज्यान गुमाएको मानव अधिकारवादी संस्थाहरुले जनाएका छन् ।

पहिलो खेलमा राष्ट्रिय गान गाउन अस्विकार गरेका कारण खेलाडीका परिवारलाई धम्की दिइएको भन्ने खबरको समेत क्विरेजले खण्डन गरे । 

‘अहिले धेरै अपवाहहरु फैलाइन्छ',उनले भने, ‘खराब नियतले कसैले तपाईलाई केही झुटो खबर दियो भने तपाईले त्यसलाई सत्य ठान्दै अरुलाई सुनाउनु हुन्छ । अन्तत केही समयको अन्तरालमै गलत खबर पनि सत्य सावित हुन्छ । हाम्रा खेलाडीका परिवारलाई सरकारबाट आएको धम्की पनि यस्तै अपवाह हो ।’

६ पटक विश्वकपमा सहभागी इरानले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन ।

‘मलाई धेरै गर्व छ र इरानको प्रशिक्षक हुन पाउँदा सम्मानित भएको महसुस गरेको छु । खेलाडीहरू उत्कृष्ट छन ।  मैले धेरै टोलीलाई प्रशिक्षण दिए तर यती थोरै समयमा खेलाडीमा यस्तो परिवर्तन  कहिल्यै देखेको थिइन । उनीहरू मेरो सम्मान र प्रशंसाको हकदार छन ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो