माघ १८, २०८२ आइतबार | २३:०९:१४
अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित

विश्वकपबाट बाहिरिए पनि खेलाडीप्रति गर्व छः प्रशिक्षक क्विरेज

दोहा । इरानका मुख्य प्रशिक्षक कार्लोस क्विरेजले कतार विश्वकप २०२२ मा आफ्नो यात्रा समूह चरणमा अन्त्य भए पनि टोलीको प्रदर्शनप्रति भने गर्व रहेको प्रतिक्रिया दिएका छन् ।

पहिलो खेलमा इङ्ल्यान्डसँग ६–२ ले पराजित इरानले दोस्रो खेलमा वेल्सलाई २–० ले हराउँदै समूह बी बाट कम्तीमा अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना जीवित राखेको थियो । तर अन्तिम खेलमा अमेरिकासँग १–० ले पराजित भएसँगै समूह चरण पार गर्ने इरानको लक्ष्यले यस पटक पनि पूर्णता पाएन  ।

इरानका खेलाडीले इङ्ल्यन्डजिरुद्ध आफ्नो पहिलो खेलअघि राष्ट्रिय गान गाउन अस्विकार गर्दै आफ्नो देशमा जारी सरकार विरोधी प्रदर्शनकारीको समर्थन गरेका थिए । 

इरानमा सेप्टेम्बरमा २२ वर्षीया महिला महसा अमिनीको प्रहरी हिसारतमै निधन भएपछि त्यहाँ सरकारविरोधी प्रदर्शन भैरहेको छ । हिजाब लगाउन अस्विकार गरेको भन्दै उनी पक्राउ परेकी थिइन । हालसम्म सरकारविरोधी प्रदर्शनमा चार सयभन्दा बढी व्यक्तिहरूले ज्यान गुमाएको मानव अधिकारवादी संस्थाहरुले जनाएका छन् ।

पहिलो खेलमा राष्ट्रिय गान गाउन अस्विकार गरेका कारण खेलाडीका परिवारलाई धम्की दिइएको भन्ने खबरको समेत क्विरेजले खण्डन गरे । 

‘अहिले धेरै अपवाहहरु फैलाइन्छ',उनले भने, ‘खराब नियतले कसैले तपाईलाई केही झुटो खबर दियो भने तपाईले त्यसलाई सत्य ठान्दै अरुलाई सुनाउनु हुन्छ । अन्तत केही समयको अन्तरालमै गलत खबर पनि सत्य सावित हुन्छ । हाम्रा खेलाडीका परिवारलाई सरकारबाट आएको धम्की पनि यस्तै अपवाह हो ।’

६ पटक विश्वकपमा सहभागी इरानले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन ।

‘मलाई धेरै गर्व छ र इरानको प्रशिक्षक हुन पाउँदा सम्मानित भएको महसुस गरेको छु । खेलाडीहरू उत्कृष्ट छन ।  मैले धेरै टोलीलाई प्रशिक्षण दिए तर यती थोरै समयमा खेलाडीमा यस्तो परिवर्तन  कहिल्यै देखेको थिइन । उनीहरू मेरो सम्मान र प्रशंसाको हकदार छन ।’

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।