मंसिर १२, २०८२ शुक्रबार | ०६:२२:००
एएफसी यु-१७ एसियन कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल, अफगानिस्तानसँग खेल्दै पोखराको पहिलो जित, जनकपुरको खराब लय जारी एनपिएलको पहिलो खेलमै पार्नेलको अर्धशतक जनकपुरको खराब सुरुआत सुमीतको अर्धशतकमा जनकपुरलाई पोखराको प्रतिस्पर्धात्मक लक्ष्य पोखराको राम्रो सुरुआत पोखराको राम्रो सुरुआत जनकपुरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम प्लेअफ नजिक, लुम्बिनीको लगातार तेस्रो हार लुम्बिनीविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिम लगातार चौथो जिततर्फ अग्रसर एएफसी यु-१७ एसियन कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल, अफगानिस्तानसँग खेल्दै पोखराको पहिलो जित, जनकपुरको खराब लय जारी एनपिएलको पहिलो खेलमै पार्नेलको अर्धशतक जनकपुरको खराब सुरुआत सुमीतको अर्धशतकमा जनकपुरलाई पोखराको प्रतिस्पर्धात्मक लक्ष्य पोखराको राम्रो सुरुआत पोखराको राम्रो सुरुआत जनकपुरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम प्लेअफ नजिक, लुम्बिनीको लगातार तेस्रो हार लुम्बिनीविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिम लगातार चौथो जिततर्फ अग्रसर

पहिलो विजेता उरुग्वेको संघर्षको कथा

‘पहिलो’ शब्द श्रेष्ठताको पर्याय हो । विश्व फुटबलमा उरुग्वेले त्यस्तै श्रेष्ठता हासिल गरेको छ । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकप आयोजना गर्ने र जित्ने दुवै सफलता हासिल गर्नमा उरुग्वे पहिलो राष्ट्र हो । त्यसैले त भाग्यमानी उरुग्वेको चर्चा विश्वकपले २२औं संस्करणको यात्रा गरिरहँदा पनि उत्तिकै हुने गर्छ ।

१९३० को पहिलो र १९५० को चौथो विश्वकपमा उरुग्वेले उपाधि जितेको थियो । उरुग्वे समर्थकले गर्व गर्न लायक एउटा संयोग कस्तो रहयो भने दुवै पटक विश्वकप जित्दा उरुग्वेले कुनै पनि खेल हार्नुपरेन ।

उरुग्वेलाई फुटबल जगतमा अमर राख्ने कथाको सुरुवात कसरी भयो त ?

कथा सुरु हुन्छ, सन् १९०४ मा फिफाको स्थापनासँगै । ओलम्पिक बाहेकको छुट्टै एउटा विश्व च्याम्पियनसिपको कल्पनासँगै फिफाले विश्वकप गर्ने अठोट लियो । तर, समय गुज्रिइरहेको थियो । १९२८ मे २८ मा एम्सटरडममा भएको फिफा काग्रेसले विश्वकप गर्ने निर्णय लियो । उरुग्वेसंगै हंगेरी, इटाली, नेदरल्यान्ड्स, स्पेन र स्वीडेनले पहिलो विश्वकप आयोजनाका लागि दाबेदारी पेस गरे ।

१९३० मा आफ्नो स्वतन्त्रताको एक सयौं वर्ष मनाउने तयारीमा रहेको उरुग्वेले १९२४ र १९२८ को ओलम्पिकमा फुटबलको स्वर्ण जितेको थियो । जसले त्यहाँ फुटबलको लोकप्रियता रहेको प्रमाणित हुन्थ्यो । साथमा उरुग्वेले सहभागी टिमहरुको सबै खर्च बेहोर्ने बाचा गर्यो । यति भएपछि १९२९ मा बार्सिलोनामा भएको फिफा काग्रेसले उरुग्वेलाई नै पहिलो विश्वकप आयोजनाको अधिकार दिने निर्णय गर्यो ।

१३ सहभागी देशहरुलाई ४ समूहमा विभाजन गर्दै राउन्ड रोबिन पद्दतिका खेलाइएको विश्वकपमा समूह विजेताले सिधै सेमिफाइनल खेल्ने प्रावधान थियो । उरुग्वेले पेरुलाई १-० र रोमानियालाई ४-० ले पराजित गर्दै सेमिफाइनलको यात्रा गर्यो । अन्तिम चारमा युगोस्लाभियालाई ६-१ ले हराएको आयोजकले फाइनलमा अर्जेन्टिनामाथि ४-२ को जित हासिल गर्दै विश्वकप जित्ने पहिलो देश बन्यो ।

उरुग्वेमा भएको विश्वकपमा केही युरोपेली देशले सहभागिता जनाउन अस्विकार गरेका थिए । तर त्यसपछिका दुई सस्करण युरोपमा भएकाले उरुग्वेले पनि १९३४र १९३८ को विश्वकप विरोधस्वरुप खेलेन । यसअर्थमा दोस्रो विश्वयुद्धपछि ब्राजिलमा १९५० मा भएको विश्वकप उरुग्वेका लागि दोस्रो सहभागिता थियो । जहाँ टोली फेरि च्याम्पियन भयो ।

यसपाली विश्वकप फरक तरिकाले गराइएको थियो । सहभागी १३ देशलाई पहिला चार समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहका विजेताले दोस्रो चरणमा पनि राउन्ड रोबिन पद्दतिमा प्रतिस्पर्धा गरेर विजेताको टुंगो लगाएका थिए । दोस्रो चरणको अन्तिम खेलमा आयोजक ब्राजिललाई २-१ को नतिजामा हराएर उरुग्वेले दोस्रो सहभागितामा दोस्रा पटक उपाधि कव्जा गर्यो ।

चार वर्षपछि उरुग्वे पहिलो पटक साविक विजेताको हैसियतमा उपाधि रक्षाका लागि स्विट्जरल्यान्ड पुग्यो । जहाँ टोलीले  पहिलो चरणमा चेकोस्लोभाकियालाई २-० र स्कटल्यान्डलाई ७-० को फराकिलो अन्तरले पराजित गर्यो । क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई ४-२ ले हराएको टोलीले सेमिफाइनलमा प्रतियोगिताकै बलियो टिम हंगेरीसँग ४-२ को पराजय स्वीकार्यो । तस्रो स्थानको प्लेअफमा उरुग्वे अस्ट्रियासँग ३-१ ले पराजित हुँदै घर फर्कियो ।

१९५४ पछिका विश्वकप उरुग्वेका लागि खास स्मरणीय छैनन् । तर मेक्सिको १९७० र दक्षिण अफ्रिका २०१० मा भने टोली अन्तिम चारसम्म पुगेको थियो । १९७० मा उरुग्वेले एक जित, एक हार र एक बराबरी खेल्दै गोल भिन्नताका आधारमा बल्ल तल्ल समूह चरण पार गरेको थियो । क्वार्टरफाइनलमा सोभियत युनियनलाई १-० ले पराजित गरेको उरुग्वे सेमिफाइनलमा च्याम्पियन ब्राजिलसँग ३-१ ले पराजित भयो । तेस्रो स्थानको प्लेअफमा पश्चिम् जर्मनीसँग १-० ले पराजित हुँदै उसले १९७० विश्वकप टुंगायो ।

१९९० इटालीमा दोस्रो चरण सम्मको यात्रा गरेको टोलीले २०१० मा विवादास्पद तवरमा अन्तिम चार सम्मको यात्रा गर्यो । दक्षिण अफ्रिकामा डिएगो फोर्लानसँगै लुइस स्वारेज, एडिन्सन काभानी, डियगो गोडिन जस्ता प्रतिभावान खेलाडीहरु थिए । समूह चरणको पहिलो खेलमा फ्रान्ससँग बराबरीमा रोकिएको उरुग्वेले त्यसपछि आयोजक दक्षिण अफ्रिका र मेक्सिकोलाई पराजित गर्यो । अन्तिम १६ मा स्ट्राइकर लुइस स्वारेजको दुई गेलमा उरुग्वेले पार्क जी सङको कोरियालाई २-१ ले पराजित गर्यो ।

त्यसपछि नाटकीय क्वार्टरफाइनलमा घानालाई टाइ ब्रेकरमा पराजित गर्यो । घानाविरुद्दको त्यो खेल स्वारेजको गैह्रखेलकुदीय व्यवहारका कारण अझै पनि स्मरणीय छ । निर्धारित ९० मिनेट १-१ को बराबरीमा टुंगिएको थियो । अतिरिक्त समयको अन्तिम समयमा घानाका डोमिनिक अदियाको हेड प्रहार पोस्टभित्र छिर्नै लाग्दा स्वारेजले गोललाइनबाट हातले बल फर्काएका थिए ।

त्यसपछि स्वारेजलाई रातो कार्ड देखाइयो र घानाले पेनाल्टी पायो । प्राप्त पेनाल्टी खेलको अन्तिम किक थियो । घाना पहिलो पटक विश्वकप सेमिफाइनल जाने लगभग पक्का थियो । तर पछिल्ला दुई पेनाल्टीमा गोल गरेका आसामोह जियानको प्रहार सफल भएन । खेल टाइब्रेकरमा गयो, जसमा उरुग्वेले बाजी मार्यो ।

३० वर्षपछि सेमिफाइनल पुगे पनि टोलीले नेदरल्यान्ड्सको चुनौती पन्छाउन सकेन । अन्तिम चारमा ३-२ ले पराजित भएको टोली तेस्रो स्थानको प्लेअफमा जर्मनीसँग पनि त्यही नतिजामा पराजित भयो ।

२०१४ ब्राजिल विश्वकपमा फेरि स्वारेजका कारण उरुग्वे विवादको केन्द्र बन्यो । इटालीविरुद्धको समूह चरणको अन्तिम खेलमा समय सकिन १२ मिनेट बाँकी रहँदा स्वारेजले विपक्षी रक्षक जर्जियो किलिनीको बायाँ काँधमा टोके । त्यसवापत उनले लामो प्रतिबन्ध भोग्नुपर्यो । स्वारेजले विपक्षी खेलाडीलाई टोकेका कारण प्रतिबन्ध भोगेको यो तेस्रो पटक थियो । कप्तान डिएगो गोडिनको गोलमा उरुग्वे १-० ले विजयी हुँदै नकआउट चरण पुग्यो । खेल हारेको इटाली भने समूह चरणबाटै घर फर्क्यो । उरुग्वे अन्तिम १६ मा कोलम्बियासँग २-० ले पराजित हुँदै घर फर्क्यो । त्यसको चार वर्षपछि रुसमा टोली च्याम्पियन फ्रान्ससँग क्वार्टरफाइनलमा २-० ले पराजित भयो ।

यसपाली टोली पोर्चुगल, घाना र दक्षिण कोरिया रहेको ‘ग्रुप अफ डेथ’ मा छ । तथापि दुई नयाँ खेलाडी रियाल मड्रिडका फेडरिको भाल्भेर्डे र लिभरपुका डार्विन नुनेजबाट टोलीले धेरै आशा गरेको छ । क्लबका लागि गरेको प्रदर्शन उनीहरुले विश्वकपमा पनि जारी राख्ने हो भने अन्य टिमहरुलाई निकै गार्हो पर्नेछ । उनीहरुसँगै टिममा अनुभवी स्वारेज र काभानी पनि हुनेछन् । जसबाट टोलीले ग्रुप अफ डेथको चुनौती पार लगाउने अपेक्षा गरेको छ ।

हेर्नलायक खेलाडी

फेडेरिको भाल्भेर्डे, रियाल मड्रिड

केही सिजन यता विश्व स्तरीय खेलाडीको छवि बनाएका फेडेरिको भाल्भेर्डे कतार विश्वकपमा उरुग्वेले सबैभन्दा बढि आशा गरेको नाम हो । सेन्ट्रल मिडफिल्डर भाल्भेर्डे २०१७ यता स्पेनिस महारथी रियाल मड्रिडमा आवद्ध छन् ।

भाल्भेर्डे राइट विंगमा पनि खेल्ने क्षमता राख्छन् । गत सिजन भाल्भेर्डेकै उच्च प्रदर्शनको प्रेरणामा रियालले इङ्लिस महारथी लिभरपुललाई हराएर च्याम्पियन्स लिगको उपाधि जितेको थियो । अन्तर्राष्ट्रिय फुटबलमा भाल्भेर्डेले ४४ खेल खेल्दा चार गोल गरेका छन् ।

जारी सिजन २० खेलमा आठ गोल र चार असिस्ट गरिककेका भाल्भेर्डे कतारमा अन्य टिमका लागि एक खतरा हुन सक्छन् । पहिलो पटक विश्वकप खेलिरहेका भाल्भेर्डेसँगै अर्का युवा खेलाडी डार्विन नुनेजमाथि पनि सबैको नजर हुनेछ ।

विश्वकपमा उरुग्वे

विरुद्ध दक्षिण कोरिया, (एजुकेसन सिटी रंगशाला)
मंसिर ८ गते, साँझ ६ः४५ बजे

विरुद्ध पोर्चुगल, ( लुसेइल आइकोनिक रंगशाला )
मंसिर १२ गते, राति १२ः४५ बजे

विरुद्ध घाना, (अल जुनब रंगशाला)
मंसिर १६ गते, राति ८ः४५ बजे


भिडियो
BIPIN KHATRI || अर्लि विकेट आउँदा JANAKPUR लाई PRESSURE भयो || POKHARA AVENGERS || NPL SEASON 2 ||
ROHIT PAUDEL || LUMBINI LIONS को PLAYOFF सम्भावना सकिएको छैन || NPL SEASON 2 || NEPAL PREMIER LEAGUE
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
RANJIT KUMAR || भित्री मन देखि आज मेरो दिन हो जस्तो महसुस गरिरहेको थिएँ || NPL || NPL SEASON 2 ||
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
SHER MALLA || ROHIT PAUDEL ले मलाई FREEDOM र विश्वास दिनुभएको छ || NPL S2 || LUMBINI LIONS || NPL
NPL का तीन खेलमा दोस्रो हार भोगेको KARNALI YAKS को UMPIRE को निर्णयमाथि गुनासो II RAJU BASNYAT