पुस २५, २०८२ शनिबार | १०:३१:१०
साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान

इङ्ल्यान्डको विजयी सुरुआत, इरानमाथि ६-२ को जित

काठमाडौं । बुकायो साकाको दुई गोलप्रेरित इङ्ल्यान्डले कतार विश्कवप २०२२ मा विजयी सुरुआत गर्ने क्रममा सोमबार एसियाली प्रतिद्धन्द्धी इरानमाथि ६-२ को रवाफ जमाएको छ ।

पहिलो हाफको ११ मिनेटको बीचमा तीन गोल गर्दै इङ्ल्यान्डले समूह ‘बी’को खेलको पहिलो हाफमै ३-० को अग्रता लिइसकेको थियो ।

गारेथ साउथगेटको टोलीलाई दोहामा सहज जित दिलाउन साकाले दुई गोल गर्दा ज्युड बेलिङ्घम, रहिम स्टर्लिङ, मार्कुस रसफोर्ड र ज्याक ग्रिलिसले एक/एक गोल गरेका थिए । कप्तान ह्यारी केन आफैले गोल गर्न नसके पनि उनले स्टर्लिङ र रसफोर्डको गोलमा अवसर सिर्जना गरेका थिए ।

दोहाको अल बायात रंगशालामा बोरुसिया डर्टमन्डका फरवार्ड बेलिङ्घमको गोलबाट इङ्ल्यान्डले ३५औं मिनेटमा अग्रता लिएको थियो ।  म्यानचेस्टर युनाइटेडका रक्षक ल्युक शाको उत्कृष्ट क्रसलाई कसैको निगरानीमा नरहेका बेलिङ्घमले सहज हेड गोलमा परिणत गर्दै इङ्ल्यान्डलाई अगाडि बढाएका थिए ।

मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा ह्यारी म्यागुयरले ब्याक हेडबाट दिएको पासलाई देब्रे खुट्टाले कडा भलीमार्फत आर्सनलका फरवार्ड साकाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । २१ वर्षे साकाले ६२औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमको चौथो गोल गरेका थिए । साकाले एकल प्रयासमा गोल गर्ने क्रममा दुई विपक्षी खेलाडीलाई कटाएपछि पेनाल्टी बक्स भित्र चार रक्षकको बीचबाट प्रहार गरेको बल पोस्टभित्र छिरेको थियो ।

पछिल्लो समय क्लबमा फर्म हासिल गर्न संघर्षरत स्टर्लिङले इन्जुरी समयमा गोल गर्दै स्कोरिङ फर्म फर्किएको संकेत गरे । उनले कप्तान ह्यारी केनको पासमा पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए । यसै सिजनमात्र इङ्लिस प्रिमियर लिगको च्याम्पियन म्यानचेस्टर सिटीबाट चेल्सी सरुवा भएका स्टर्लिङ स्वभाविक स्कोरिङ फर्मका लागि संघर्षरत थिए ।

साकालाई स्थानान्तरण गर्दै मैदान छिरेको एक मिनेट नबित्दै ७१औं मिनेटमा रसफोर्डले इङ्ल्यान्डको पाँचौं गोल गरे । कप्तान ह्यारी केनको पासलाई अगाडि बढाउँदै एक विपक्षी रक्षकलाई कटाउँदै रसफोर्डले प्रहार गरेको बल इरानी गोलकिपर बेरान्भार्डलाई बिट गरेर जालीको सम्पर्कमा पुग्दा उनी मैदान छिरेको २६ सेकेन्ड मात्र भएको थियो ।

७१औं मिनेटमा स्टर्लिङलाई स्थानान्तरण गर्दै मैदान छिरेका ग्रिलिसले अर्का वैकल्पिक खेलाडी कोलम विल्सनको पासलाई अन्तिम मिनेटमा गोलमा परिणत गरे । विल्सन कप्तान केनलाई स्थानान्तरण गर्दै ७५औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

इरानका मेहदी तारेमीले दुई गोल फर्काए । ६५औं मिनेटमा पहिलो गोल फर्काएका उनले इन्जुरी समयमा भिएआरबाट प्राप्त पेनाल्टीमार्फत दोस्रो गोल गरे । तर थप गोल हुन नसक्दा अली घोलिजादेहको पासमा उनले गरेको गोल इरानी समर्थकलाई सान्त्वनामा परिणत भयो ।

विपक्षी खेलाडी किरन ट्रिपियरसँग जुध्दा घाइते भएर इरानका पहिलो रोजाईका गोलकिपर सइद होसेन होसेइनीले २०औं मिनेटमा मैदान छोड्नु परेको थियो । नाकमा चोट लागेपछि मैदानमै धेरैबेर उपचार गरेपछि उनलाई स्ट्रेचारमा राखेर मैदानबाट बाहिर निकाल्नुपरेको थियो । उनको ठाउँमा अलिरेजा बेरान्भार्डले इरानको पोस्ट सम्हालिरहेका छन् ।

जितसँगै इङ्ल्यान्डले समूह ‘बी’मा तीन अंक जोडेको छ । समूहको अर्को खेलमा आजै राति १२ः४५ बजे अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसअघि समूह ‘ए’अन्तर्गत राति ९ः४५ बजे सेनेगल र नेदरल्यान्ड्सले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । समूह ‘ए’अन्तर्गत आइतबार राति भएको विश्वकपको उद्घाटन खेलमा दक्षिण अमेरिकी टोली इक्वेडरले आयोजक कतारमाथि २-० को जित हासिल गरेको थियो ।

 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||