चैत्र ७, २०८२ शनिबार | १७:०२:२७
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

इङ्ल्यान्डको विजयी सुरुआत, इरानमाथि ६-२ को जित

काठमाडौं । बुकायो साकाको दुई गोलप्रेरित इङ्ल्यान्डले कतार विश्कवप २०२२ मा विजयी सुरुआत गर्ने क्रममा सोमबार एसियाली प्रतिद्धन्द्धी इरानमाथि ६-२ को रवाफ जमाएको छ ।

पहिलो हाफको ११ मिनेटको बीचमा तीन गोल गर्दै इङ्ल्यान्डले समूह ‘बी’को खेलको पहिलो हाफमै ३-० को अग्रता लिइसकेको थियो ।

गारेथ साउथगेटको टोलीलाई दोहामा सहज जित दिलाउन साकाले दुई गोल गर्दा ज्युड बेलिङ्घम, रहिम स्टर्लिङ, मार्कुस रसफोर्ड र ज्याक ग्रिलिसले एक/एक गोल गरेका थिए । कप्तान ह्यारी केन आफैले गोल गर्न नसके पनि उनले स्टर्लिङ र रसफोर्डको गोलमा अवसर सिर्जना गरेका थिए ।

दोहाको अल बायात रंगशालामा बोरुसिया डर्टमन्डका फरवार्ड बेलिङ्घमको गोलबाट इङ्ल्यान्डले ३५औं मिनेटमा अग्रता लिएको थियो ।  म्यानचेस्टर युनाइटेडका रक्षक ल्युक शाको उत्कृष्ट क्रसलाई कसैको निगरानीमा नरहेका बेलिङ्घमले सहज हेड गोलमा परिणत गर्दै इङ्ल्यान्डलाई अगाडि बढाएका थिए ।

मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा ह्यारी म्यागुयरले ब्याक हेडबाट दिएको पासलाई देब्रे खुट्टाले कडा भलीमार्फत आर्सनलका फरवार्ड साकाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । २१ वर्षे साकाले ६२औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमको चौथो गोल गरेका थिए । साकाले एकल प्रयासमा गोल गर्ने क्रममा दुई विपक्षी खेलाडीलाई कटाएपछि पेनाल्टी बक्स भित्र चार रक्षकको बीचबाट प्रहार गरेको बल पोस्टभित्र छिरेको थियो ।

पछिल्लो समय क्लबमा फर्म हासिल गर्न संघर्षरत स्टर्लिङले इन्जुरी समयमा गोल गर्दै स्कोरिङ फर्म फर्किएको संकेत गरे । उनले कप्तान ह्यारी केनको पासमा पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए । यसै सिजनमात्र इङ्लिस प्रिमियर लिगको च्याम्पियन म्यानचेस्टर सिटीबाट चेल्सी सरुवा भएका स्टर्लिङ स्वभाविक स्कोरिङ फर्मका लागि संघर्षरत थिए ।

साकालाई स्थानान्तरण गर्दै मैदान छिरेको एक मिनेट नबित्दै ७१औं मिनेटमा रसफोर्डले इङ्ल्यान्डको पाँचौं गोल गरे । कप्तान ह्यारी केनको पासलाई अगाडि बढाउँदै एक विपक्षी रक्षकलाई कटाउँदै रसफोर्डले प्रहार गरेको बल इरानी गोलकिपर बेरान्भार्डलाई बिट गरेर जालीको सम्पर्कमा पुग्दा उनी मैदान छिरेको २६ सेकेन्ड मात्र भएको थियो ।

७१औं मिनेटमा स्टर्लिङलाई स्थानान्तरण गर्दै मैदान छिरेका ग्रिलिसले अर्का वैकल्पिक खेलाडी कोलम विल्सनको पासलाई अन्तिम मिनेटमा गोलमा परिणत गरे । विल्सन कप्तान केनलाई स्थानान्तरण गर्दै ७५औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

इरानका मेहदी तारेमीले दुई गोल फर्काए । ६५औं मिनेटमा पहिलो गोल फर्काएका उनले इन्जुरी समयमा भिएआरबाट प्राप्त पेनाल्टीमार्फत दोस्रो गोल गरे । तर थप गोल हुन नसक्दा अली घोलिजादेहको पासमा उनले गरेको गोल इरानी समर्थकलाई सान्त्वनामा परिणत भयो ।

विपक्षी खेलाडी किरन ट्रिपियरसँग जुध्दा घाइते भएर इरानका पहिलो रोजाईका गोलकिपर सइद होसेन होसेइनीले २०औं मिनेटमा मैदान छोड्नु परेको थियो । नाकमा चोट लागेपछि मैदानमै धेरैबेर उपचार गरेपछि उनलाई स्ट्रेचारमा राखेर मैदानबाट बाहिर निकाल्नुपरेको थियो । उनको ठाउँमा अलिरेजा बेरान्भार्डले इरानको पोस्ट सम्हालिरहेका छन् ।

जितसँगै इङ्ल्यान्डले समूह ‘बी’मा तीन अंक जोडेको छ । समूहको अर्को खेलमा आजै राति १२ः४५ बजे अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसअघि समूह ‘ए’अन्तर्गत राति ९ः४५ बजे सेनेगल र नेदरल्यान्ड्सले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । समूह ‘ए’अन्तर्गत आइतबार राति भएको विश्वकपको उद्घाटन खेलमा दक्षिण अमेरिकी टोली इक्वेडरले आयोजक कतारमाथि २-० को जित हासिल गरेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो