चैत्र ६, २०८२ शुक्रबार | १०:५८:१९
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

इक्वेडरको विजयी सुरुआत, विश्वकपको उद्घाटन खेलमा पराजय भोग्ने कतार पहिलो टिम

काठमाडौं । इनर भ्यालेन्सियाले पहिलो हाफमा गरेका दुई गोल निर्णायक हुँदा विश्वकप फुटबलको इतिहासमै पहिलो पटक उद्घाटन खेलमा आयोजक पराजित भएको छ ।

कप्तान भ्यालेन्सियाको दुई गोल प्रेरित दक्षिण अमेरिकी टोली इक्वेडरले कतार विश्वकप २०२२ को उद्घाटन खेलमा आइतबार राति आयोजक कतारलाई २-० को नतिजामा हरायो । १९३० बाट सुरु भएको विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको २१औं संस्करणसम्म उद्घाटन खेलमा आयोजकले पराजय भोग्नु परेको थिएन ।

तर, दोहाको अल बायात रंगशालामा निश्प्रभावी देखिएको कतार २२औं संस्करणमा आइपुग्दा उद्घाटन खेलमा पराजित हुने आयोजक बन्यो ।

इक्वेडरको जितमा भ्यालेन्सियाले १६ र ३१औं मिनेटमा गोल गरेका थिए । विपक्षी गोलकिपर साद अब्दुल्लाह अल सेबले आफैलाई लडाएवापत प्राप्त पेनाल्टीलाई सहज गोलमा परिणत गर्दै भ्यालेन्सियाले इक्वेडरलाई अग्रता दिलाएका थिए ।

त्यसको १५ मिनेटपछि एन्जेलो प्रेसियाडोको क्रसलाई उत्कृष्ट हेड गोलमा परिणत गर्दै भ्यालेन्सियाले इक्वेडरलाई सहज अवस्थामा पुर्याए ।

त्यसअघि तेस्रो मिनेटमै भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए । तर भिडियो सहायक रेफ्री (भिएआर)को सहयोगबाट रेफ्रीले त्यसलाई अफसाइड करार दिँदा इक्वेडर चाँडै अग्रता लिनबाट चुकेको थियो ।

कतारले खेलमा फर्किने सुनौलो मौका पाएको थियो । तर पहिलो हाफको इन्जुरी समयको अन्तिम सेकेन्डमा कतारी स्ट्राइकर आल्मोइज अलीसहज अवसरमा चुक्दा घरेलु समर्थक निराश भए ।

हसन अली हेइडोजको उत्कृष्ट क्रसमा कसैको निगरानीमा नरहेका अलीले गरेको हेड प्रहार पोष्टभन्दा बाहिरबाट गएको थियो ।

यसैगरी समय सकिन १८ मिनेट बाँकी रहँदा आल्मोइज अलीलाई स्थानान्तरण गर्दै मैदान छिरेका मोहम्मद मोन्टारीले ८५औं मिनेटमा गरेको प्रहार पोष्टभन्दा माथिबाट बाहिरियो भने त्यसको १० मिनेटअघि अक्रम अफिफले पेनाल्तटी बक्सबाहिरबाट गरेको प्रहारले पनि पोष्टको दिशा लिएन ।  यससँगै इक्वेडर लगातार सातौं अन्तर्राष्ट्रिय खेलसम्म पोष्ट सुरक्षित राख्न सफल भएको छ ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो