पुस २०, २०८२ सोमबार | १५:४५:०३
केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने

इक्वेडरको विजयी सुरुआत, विश्वकपको उद्घाटन खेलमा पराजय भोग्ने कतार पहिलो टिम

काठमाडौं । इनर भ्यालेन्सियाले पहिलो हाफमा गरेका दुई गोल निर्णायक हुँदा विश्वकप फुटबलको इतिहासमै पहिलो पटक उद्घाटन खेलमा आयोजक पराजित भएको छ ।

कप्तान भ्यालेन्सियाको दुई गोल प्रेरित दक्षिण अमेरिकी टोली इक्वेडरले कतार विश्वकप २०२२ को उद्घाटन खेलमा आइतबार राति आयोजक कतारलाई २-० को नतिजामा हरायो । १९३० बाट सुरु भएको विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको २१औं संस्करणसम्म उद्घाटन खेलमा आयोजकले पराजय भोग्नु परेको थिएन ।

तर, दोहाको अल बायात रंगशालामा निश्प्रभावी देखिएको कतार २२औं संस्करणमा आइपुग्दा उद्घाटन खेलमा पराजित हुने आयोजक बन्यो ।

इक्वेडरको जितमा भ्यालेन्सियाले १६ र ३१औं मिनेटमा गोल गरेका थिए । विपक्षी गोलकिपर साद अब्दुल्लाह अल सेबले आफैलाई लडाएवापत प्राप्त पेनाल्टीलाई सहज गोलमा परिणत गर्दै भ्यालेन्सियाले इक्वेडरलाई अग्रता दिलाएका थिए ।

त्यसको १५ मिनेटपछि एन्जेलो प्रेसियाडोको क्रसलाई उत्कृष्ट हेड गोलमा परिणत गर्दै भ्यालेन्सियाले इक्वेडरलाई सहज अवस्थामा पुर्याए ।

त्यसअघि तेस्रो मिनेटमै भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए । तर भिडियो सहायक रेफ्री (भिएआर)को सहयोगबाट रेफ्रीले त्यसलाई अफसाइड करार दिँदा इक्वेडर चाँडै अग्रता लिनबाट चुकेको थियो ।

कतारले खेलमा फर्किने सुनौलो मौका पाएको थियो । तर पहिलो हाफको इन्जुरी समयको अन्तिम सेकेन्डमा कतारी स्ट्राइकर आल्मोइज अलीसहज अवसरमा चुक्दा घरेलु समर्थक निराश भए ।

हसन अली हेइडोजको उत्कृष्ट क्रसमा कसैको निगरानीमा नरहेका अलीले गरेको हेड प्रहार पोष्टभन्दा बाहिरबाट गएको थियो ।

यसैगरी समय सकिन १८ मिनेट बाँकी रहँदा आल्मोइज अलीलाई स्थानान्तरण गर्दै मैदान छिरेका मोहम्मद मोन्टारीले ८५औं मिनेटमा गरेको प्रहार पोष्टभन्दा माथिबाट बाहिरियो भने त्यसको १० मिनेटअघि अक्रम अफिफले पेनाल्तटी बक्सबाहिरबाट गरेको प्रहारले पनि पोष्टको दिशा लिएन ।  यससँगै इक्वेडर लगातार सातौं अन्तर्राष्ट्रिय खेलसम्म पोष्ट सुरक्षित राख्न सफल भएको छ ।  


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA