माघ १०, २०८२ शनिबार | ००:३०:०१
जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्छन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्छन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह

कतार विश्वकपमा मदिरा बर्जित

दोहा । फिफाले कतार विश्वकपको रंगशालामा मदिरा विक्रीमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । फिफाले प्रतियोगिता सुरु हुन दुई दिन अघि मात्रै यस्तो घोषणा गरेको हो ।

फिफाले कतारी राजपरिवारको दबाबमा मदिरामा प्रतिबन्ध लगाएको हो । यसअघि रंगशालामा मदिरा विक्री हुने बताइएको थियो । कट्टर इस्लामिक राष्ट्र भएको नाताले कतारमा मदिरा सेवन तथा यौनजन्य कृयाकलापमाथि कडा प्रतिबन्धात्मक व्यवस्था थियो । तर, फिफाले किक अफ हुनुभन्दा ३ घण्टा अगाडि र खेल सकेको एक घण्टापछि रंगशाला परिसरमा मदिरा बिक्री हुने बताएको थियो ।

प्रतियोगिता सुरु हुन दुई दिन मात्र बाकी रहँदा भने फिफाले पहिला सार्वजनिक गरिएका सबै जानकारीहरुमा संसोधन गरेको हो । ‘फिफा र आयोजक राष्ट्रका अधिकारीहरुबीचको छलफलपछि रंगशाला परिसरबाट मदिरा विक्री स्टलहरु हटाउँद अन्य फिफा फ्यान जोन तथा इजाजतपत्र प्राप्त स्थानहरुमा मादक पदार्थको विक्रीलाई केन्द्रित गर्ने निर्णय गरिएको छ,’ फिफाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

तथापि विश्वकपका खेल हुने सबै रंगशाला र वरपरका क्षेत्रहरुले भ्रमणकारी दर्शकलाई सम्मानजनक तरिकाले रमाइलो गर्न कुनै बन्देज नहुने फिफा र कतारी अधिकारीहरुले बताएका छन् ।

तर प्रतियोगिता सुरु हुन दुई दिन मात्र बाँकी रहेको बेला फिफाले सर्वाजनिक गरेको यो निर्णयबाट भ्रमणकारी फुटबल समर्थकहरु रिसाएका छन् । फिफाले आधारभूत आनन्द खोसेको आरोप उनीहरुको छ ।

मंसिर चार गते कतारले इक्वेडर विरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate