चैत्र १४, २०८२ शनिबार | ११:११:१७
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

कतार विश्वकपमा मदिरा बर्जित

दोहा । फिफाले कतार विश्वकपको रंगशालामा मदिरा विक्रीमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । फिफाले प्रतियोगिता सुरु हुन दुई दिन अघि मात्रै यस्तो घोषणा गरेको हो ।

फिफाले कतारी राजपरिवारको दबाबमा मदिरामा प्रतिबन्ध लगाएको हो । यसअघि रंगशालामा मदिरा विक्री हुने बताइएको थियो । कट्टर इस्लामिक राष्ट्र भएको नाताले कतारमा मदिरा सेवन तथा यौनजन्य कृयाकलापमाथि कडा प्रतिबन्धात्मक व्यवस्था थियो । तर, फिफाले किक अफ हुनुभन्दा ३ घण्टा अगाडि र खेल सकेको एक घण्टापछि रंगशाला परिसरमा मदिरा बिक्री हुने बताएको थियो ।

प्रतियोगिता सुरु हुन दुई दिन मात्र बाकी रहँदा भने फिफाले पहिला सार्वजनिक गरिएका सबै जानकारीहरुमा संसोधन गरेको हो । ‘फिफा र आयोजक राष्ट्रका अधिकारीहरुबीचको छलफलपछि रंगशाला परिसरबाट मदिरा विक्री स्टलहरु हटाउँद अन्य फिफा फ्यान जोन तथा इजाजतपत्र प्राप्त स्थानहरुमा मादक पदार्थको विक्रीलाई केन्द्रित गर्ने निर्णय गरिएको छ,’ फिफाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

तथापि विश्वकपका खेल हुने सबै रंगशाला र वरपरका क्षेत्रहरुले भ्रमणकारी दर्शकलाई सम्मानजनक तरिकाले रमाइलो गर्न कुनै बन्देज नहुने फिफा र कतारी अधिकारीहरुले बताएका छन् ।

तर प्रतियोगिता सुरु हुन दुई दिन मात्र बाँकी रहेको बेला फिफाले सर्वाजनिक गरेको यो निर्णयबाट भ्रमणकारी फुटबल समर्थकहरु रिसाएका छन् । फिफाले आधारभूत आनन्द खोसेको आरोप उनीहरुको छ ।

मंसिर चार गते कतारले इक्वेडर विरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो