चैत्र ७, २०८२ शनिबार | ००:१३:३७
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

सकारात्मक परिवर्तनको फल खोज्दै स्पेन

मड्र्रिड । कुनै पनि देशको राष्ट्रिय टिमको सफलताको पछाडि त्यहाँको घरेलु फुटबल र ग्रासरुट कार्यक्रमले सबैभन्दा बलियो भूमिका खेल्छ । युरोपेली राष्ट्र स्पेन यसको सबैभन्दा राम्रो उदाहरण हो ।

२००८ देखि २०१२ सम्म स्पेनले विश्व फुटबलमा एकलौटी राज गर्नुको मुख्य कारण उसले युवा फुटबलमा गरेको लगानी र त्यहाँको स्पेनिस ला लिगा नै हो । २००८ मा युरोपियन च्याम्पियनसिप जितेको टोलीले दुई वर्षपछि विश्वकप जित्नुका साथै त्यसको दुई वर्षपछि युरोमा उपाधि रक्षा गरेको थियो

त्यस बेला टिम सफल हुनुमा मुख्य कारण घरेलु फुटबल नै थियो ।  दक्षिण अफ्रिकामा भएको २०१० को विश्वकपमा स्पेनको २३ सदस्यीय टोलीमा २० जना घरेलु लिगमै खेलिरहेका थिए । स्पेनले फाइनलमा नेदरल्यान्ड्सलाई १–० को नतिजनमा हराउँदै विश्वकप जितेको थियो । त्यतिबेला फाइनल खेलेका पहिलो रोजाईका ११ मध्ये ६ जना बार्सिलोनाका खेलाडी थिए । ती मध्ये चार जना बार्सिलोना युथ एकेडेमी ‘ला मासिया’का उत्पादन हुन् ।

पहिलो विश्वकप जित्दा स्पेन आफ्नो १३औं विश्वकप खेल्दै थियो । स्पेनले पहिलो पटक १९३४ को विश्वकपमा सहभागिता जनाएको थियो । १९०४ मा फिफा स्थापना हुँदाको संस्थापक सदस्य स्पेनले विश्वकपमा पहिलो खेल ब्राजिलसँग खेलेको थियो । जसमा स्पेन ३–१ ले विजयी भएको थियो । टोली उक्त विश्वकपको दोस्रो चरणमा इटालीसँग पराजित हुँदै बाहिरियो । इटालीले विश्वकपको त्यो संस्करण जितेको थियो ।

त्यसको चार वर्षपछि गृहयुद्धका कारण स्पेनले विश्वकपबाट आफ्नो नाम फिर्ता लियो । त्यसपछि विश्वयुद्धका कारण १२ वर्षसम्म विश्वकप फुटबल हुनै सकेन । तर दोस्रो विश्वयुद्धपछि १९५० मा भएको विश्वकपमा स्पेनले दमदार पुनरागमन जनायो । जहाँ टोली सेमिफाइनलसम्मको यात्रा गर्न सफल भयो । विश्वकपको इतिहासमा स्पेनले सेमिफाइनल प्रवेश गरेका दुई संस्करणमध्ये त्यही एक हो । त्यसपछि टोली २०१० मा च्याम्पियन हुँदा सेमिफाइनल पुगेको थियो ।

१९५० पछि अर्जेन्टिनामा भएको १९७८ को संस्करणमन बीचमा भएका सात संस्करणमा तीन पटक टोली समूह चरणबाट बाहिरियो भने चार पटक छनोट हुनै सकेन । यसबीचमा टोलीले १९६४ मा आफ्नै भूमिमा भएको दोस्रो युरोपियन च्याम्पियनसिपमा भने उपाधि जित्यो । पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने क्रममा टोलीले तत्कालिन सोभियत युनियनलाई २–१ को नतिजामा हराएको थियो ।

१९८२ को विश्वकप स्पेन आफैले आयोजना गरेको हो । स्टार खेलाडीहरुको टोलीले घरमै खेल्न पाउने हुँदा त्योबेला स्पेनिस टोलीबाट ठूलो आशा गरिएको थियो । तर टोली दोस्रो चरणमै रोकियो । त्यसको दुई वर्षपछि फ्रान्समा भएको युरो १९८४ मा फाइनल पुग्यो । आफ्नो दोस्रो अन्तर्राष्ट्रिय उपाधि पछ्याइरहेको स्पेन त्यतीबेला मिचेल प्लाटिनी प्रेरित फ्रान्ससँग २–० को नतिजामा पराजित भयो ।

१९८६ को मेक्सिको विश्वकपमा स्पेन अन्तिमआठमा बेल्जियमसँग टाइब्रेकरमा पराजित हुँदै घर फर्कियो । त्यसको चार वर्षपछि १९९० इटाली विश्वकपमा स्पेन अन्तिम १६ मा युगोस्लाभियासँग २–१ ले पराजित भयो ।

१९९४ मा पनि स्पेनको नियति बदलिएन । टोली क्वार्टरफाइनलमा इटालीसँग २–१ को नतिजामा पराजित हुँदै घर फर्कियो । चार वर्षपछि १९९८ को फ्रान्स विश्वकपमा टोली समूह चरणबाटै बाहिरियो । एसियामा पहिलो पटक २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकप स्पेनका लागि झनै दुःखदायी रहयो ।

स्पेनका दुई गोल अस्विकृत गरिएको खेलमा भ्रमणकारी टोली घरेलु दक्षिण कोरियासँग क्वार्टरफाइनलमा पराजित भयो । रेफ्रीको निर्णयका कारण ठूलै विवाद भएको उक्त खेलको टाई ब्रेकरमा स्पेन हार्दा पनि रेफ्रीको निर्णय विवादमा फसेको थियो ।

२००६ जर्मनी विश्वकपमा युक्रेन, ट्युनिसिया र साउदी अरेबिया रहेको समूहबाट सतप्रतिसत नतिजाका साथ विजेताका रुपमा नकआउट चरण पुगेको स्पेनले अन्तिम १६ मा फ्रान्सको चुनौती पन्छाउन सकेन । फ्रान्ससँग ३–१ को हार बेहोर्दै स्पेनले अर्को निराशा सामना गर्यो ।

अब स्पेनिस फुटबलले निराश हुने समय सकिइसकेको थियो । वर्ष २००८ स्पेनिस फुटबलका लागि सुखद नतिजा लिएर आयो । त्यही वर्ष टोलीले युरो २००८ जित्दै ४४ वर्षदेखिको उपाधिको खडेरीको गर्यो ।

स्पेनले त्यसपछि २०१० विश्वकप र २०१२ को युरो गरि लगातार तीन ठूला उपाधि जित्यो ।

राम्रो टिम भए पनि सधै ‘अन्डर एचिभर’को ट्याग लाग्दै आएको स्पेनले कसरी लगातार तीन प्रमूख उपाधि जित्यो ?

कारण थियो, स्पेनले अपनाएको टिकिटाका फुटबल । तत्कालिन प्रशिक्षक लुइस एरागोनेसले त्यतिबेला टिमलाई पुर्ण रुपमा संगठित गर्ने काम गरे । उनले खेलाडीको शारीरिक कमजोरीलाई मध्यनजर गर्दै टिममा रक्षा र आक्रमणलाई बराबर महत्व दिँदै छोटाछोटा पासमार्फत खेल ‘बिल्डअप’ गर्ने टिकिटाका शैली अपनाए ।

लगातार तीन वटा प्रमूख अन्तर्राष्ट्रिय उपाधि जितेको स्पेन त्यसपछि फेरि उच्च लयमा आउन सकेको छैन । स्पेन पछिल्लो युरोमा सेमिफाइनल समिकरण सम्म पुगेको थियो । तर त्यस अघिका विश्वकप २०१४, युरो २०१६ र विश्वकप २०१८ मा भने टिमले एकदमै निराशाजनक प्रदर्शन गर्यो ।

२०१४ मा स्पेन उपाधि रक्षाका लागि ब्राजिल पुगेको थियो । पहिलो खेलमै उसले चार वर्ष अगाडिको आफ्नो फाइनल प्रतिद्वन्द्वी नेदरल्याण्ड्स सँग ५–१ को लज्जास्पद हार बेहोर्यो । दोस्रो खेलमा पनि चिली सँग हार बेहोरे पछि स्पेन एक खेक अगावै प्रतियोगिताबाट बाहिरियो । अन्तिम खेलमा अस्ट्रेलियामाथि ३–० को सान्त्वना जित निकाल्दै स्पेनले ब्राजिल विश्वकपको अन्त्य गर्यो ।

त्यसको २ वर्षपछि स्पेन युरो २०१६ मा इटालीसँग अन्तिम १६ मा २–० ले पराजित भयो । रुस विश्वकपमा समूह चरणमा दुई बराबरी र एक जितका साथ कठिन तवरमा स्पेनले समूह चरण पार गर्यो । अन्तिम १६ मा आयोजक रुससँग टाइ ब्रेकरमा पराजय भोग्दै टोली घर फर्कियो ।

स्पेनले त्यसपछि पूर्व खेलाडी तथा बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस इनरिकेलाई प्रशिक्षणको जिम्मेवारी दियो । इनरिकेले स्पेनको जिम्मेवारी लिएपछि टिममा केही सकारात्मक परिवर्तनहरु ल्याए । उनले नयाँ खेलाडीहरुलाई अवसर दिए । युरो २०२१ मा टिमलाई सेमिफाइनल सम्म पुर्याए । सेमिफाइनलमा उनको टिम इटालीसँग टाइब्रेकरमा पराजित भएको हो ।

इनरिकेले ल्याएको त्यही सकारात्मक परिवर्तनको फल स्पेनिस समर्थकले कतारको मैदानमा आफ्नो राष्ट्रिय टोलीबाट चाहनेछन् । युरोपेली छनोटको समूह ‘बी’का आठमध्ये ६ खेलमा जित हासिल गर्दै विजेताका रुपमा स्पेनले कतारको टिकट काटेको थियो ।

मंसिर चारबाट सुरु हुने कतार विश्वकपमा भने समूह ‘इ’ मा पूर्व च्याम्पियन जर्मनीसँगै जापान र कोस्टारिकासँग परेको छ । मंसिर सात गते कोस्टारिकासँग खेल्दै कतार विश्वकपको अभियान थाल्ने स्पेनले जर्मनीसँग दोस्रो तथा जापानसँग तेस्रो खेल खेल्नेछ ।

पूर्व विजेताको इतिहासका साथै विश्व फुटबलका सबैखाले प्रतियोगितामा दाबेदारको छविका साथ जाने स्पेनका लागि उपाधिवाहेकका कुनै पनि नतिजाले सन्तुष्टि हुने छैन । त्यसैले कठिन मानिएको समूहबाट माथि उठ्दै लामो यात्रा गर्नु कतारमा टोलीको उद्देश्य रहनेछ ।

(एजेन्सीको सहयोगमा)
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो