चैत्र ८, २०८२ आइतबार | २१:२९:१८
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

सुदूरपश्चिम स्पोर्टस अवार्डः हेमराज र मानमति वर्ष खेलाडी

पुरुष वर्ष खेलाडी घोषित हेमराज पनेरुलाई अवार्ड प्रदान गरिदै ।

धनगढी । छैटौं एसपिए सुदूरपश्चिम स्पोटस अवार्डमा खो-खोका हेमराज पनेरु र मानमति धामी वर्ष खेलाडी घोषणा भएका छन् ।

खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए)को मुख्य प्रायोजन तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रबद्र्धनमा भएको अवार्डमा हेमराज पुरुष तथा मानमति महिला वर्ष खेलाडी चुनिए ।

हेमराज प्रथम खो-खो विश्वकपको पुरुषतर्फ नेपाललाई उपविजेता बनाउने कप्तान हुन् । यो विधामा करातेका मोहमद शेखु आलम र भलिबलका अर्जुन नेपाली पनि मनोनयनमा परेका थिए ।

मानमतिले प्रथम खो-खो विश्वकपको महिलातर्फ नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । यो विधामा उनीसँगै बक्सिङकी स्वस्तिका तिरुवा र कबड्डीकी मानमति विष्ट मनोनयनमा परेका थिए । अवार्ड विजेता दुवैले ३५ हजार रुपैयाँसँगै ट्रफी पाए । 

महिला वर्ष खेलाडी घोषित मनमति धामीलाई अवार्ड प्रदान गरिदै । 

यस्तै, कबड्डीका हरिना थापा वर्ष प्रशिक्षक भएकी छन् । उक्त विधाको मनोनयनमा कबड्डीकै विष्णु भट्ट र भलिबलका जगदीश भट्ट पनि परेका थिए ।

थापा नेपाललाई एसियन महिला कबड्डी च्याम्पियनसिपमा पहिलो पटक कांस्य पदक जिताउने प्रशिक्षक हुन् । विजेता थापाले ३० हजार रुपैयाँसँगै ट्रफी प्राप्त गरिन् ।

कबड्डीका सुशील चुनारा वर्ष युवा खेलाडी भए । बंगलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोली उपविजेता बन्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । सुशीलले २५ हजार रुपैयाँसहित ट्रफी पाए । उनीसँगै वर्ष युवा खेलाडीको मनोनयनमा फुटबलका निराजन धामी र क्रिकेटका नरेन साउद थिए ।

यस्तै पुरुषतर्फ पौडीका अथर्व सिंह र महिलातर्फ करातेकी मनिषा बोहरा सुदूरपश्चिम आइकन घोषित भए । अथर्वले वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपको छनोट प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए भने मनिषा भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी हुन् । दुवैले २५ हजार रुयैयाँसहित ट्रफी प्राप्त गरे ।

पुरुषतर्फ अथर्व क्रिकेटका हेमन्त धामी र कबड्डीका खगेन्द्र जोशी तथा महिलातर्फ कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका थिए । 

 कमल लामालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिदै । 

यस्तै फुटबलका कमल लामालाई लाइफटाइम अचिभमेन्ट र क्रिकेटकी रितु कनौजियालाई स्पेशल अवार्ड प्रदान गरिएको आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । 

कमल सुदूरपश्चिममा फुटबल खेलका सुरुआतकर्ता हुन् भने रितु नेपाली महिला क्रिकेट टोलीकी पहिलो ब्याचकी खेलाडी हुन् । उनी अहिले पनि क्रिकेट खेलाडीकै रुपमा सक्रिय छिन् । 

दुवै जनालाई २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ । 

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यता त आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकको अध्यक्षतामा कार्यक्रम भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो