माघ १६, २०८२ शुक्रबार | ०४:४२:५०
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

सुदूरपश्चिम स्पोर्टस अवार्डः हेमराज र मानमति वर्ष खेलाडी

पुरुष वर्ष खेलाडी घोषित हेमराज पनेरुलाई अवार्ड प्रदान गरिदै ।

धनगढी । छैटौं एसपिए सुदूरपश्चिम स्पोटस अवार्डमा खो-खोका हेमराज पनेरु र मानमति धामी वर्ष खेलाडी घोषणा भएका छन् ।

खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए)को मुख्य प्रायोजन तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रबद्र्धनमा भएको अवार्डमा हेमराज पुरुष तथा मानमति महिला वर्ष खेलाडी चुनिए ।

हेमराज प्रथम खो-खो विश्वकपको पुरुषतर्फ नेपाललाई उपविजेता बनाउने कप्तान हुन् । यो विधामा करातेका मोहमद शेखु आलम र भलिबलका अर्जुन नेपाली पनि मनोनयनमा परेका थिए ।

मानमतिले प्रथम खो-खो विश्वकपको महिलातर्फ नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । यो विधामा उनीसँगै बक्सिङकी स्वस्तिका तिरुवा र कबड्डीकी मानमति विष्ट मनोनयनमा परेका थिए । अवार्ड विजेता दुवैले ३५ हजार रुपैयाँसँगै ट्रफी पाए । 

महिला वर्ष खेलाडी घोषित मनमति धामीलाई अवार्ड प्रदान गरिदै । 

यस्तै, कबड्डीका हरिना थापा वर्ष प्रशिक्षक भएकी छन् । उक्त विधाको मनोनयनमा कबड्डीकै विष्णु भट्ट र भलिबलका जगदीश भट्ट पनि परेका थिए ।

थापा नेपाललाई एसियन महिला कबड्डी च्याम्पियनसिपमा पहिलो पटक कांस्य पदक जिताउने प्रशिक्षक हुन् । विजेता थापाले ३० हजार रुपैयाँसँगै ट्रफी प्राप्त गरिन् ।

कबड्डीका सुशील चुनारा वर्ष युवा खेलाडी भए । बंगलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोली उपविजेता बन्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । सुशीलले २५ हजार रुपैयाँसहित ट्रफी पाए । उनीसँगै वर्ष युवा खेलाडीको मनोनयनमा फुटबलका निराजन धामी र क्रिकेटका नरेन साउद थिए ।

यस्तै पुरुषतर्फ पौडीका अथर्व सिंह र महिलातर्फ करातेकी मनिषा बोहरा सुदूरपश्चिम आइकन घोषित भए । अथर्वले वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपको छनोट प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए भने मनिषा भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी हुन् । दुवैले २५ हजार रुयैयाँसहित ट्रफी प्राप्त गरे ।

पुरुषतर्फ अथर्व क्रिकेटका हेमन्त धामी र कबड्डीका खगेन्द्र जोशी तथा महिलातर्फ कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका थिए । 

 कमल लामालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिदै । 

यस्तै फुटबलका कमल लामालाई लाइफटाइम अचिभमेन्ट र क्रिकेटकी रितु कनौजियालाई स्पेशल अवार्ड प्रदान गरिएको आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । 

कमल सुदूरपश्चिममा फुटबल खेलका सुरुआतकर्ता हुन् भने रितु नेपाली महिला क्रिकेट टोलीकी पहिलो ब्याचकी खेलाडी हुन् । उनी अहिले पनि क्रिकेट खेलाडीकै रुपमा सक्रिय छिन् । 

दुवै जनालाई २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ । 

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यता त आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकको अध्यक्षतामा कार्यक्रम भएको थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।