चैत्र १३, २०८२ शुक्रबार | ०६:००:२५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

तेक्वान्दोकी निवितालाई कांस्य

काठमाडौं । आइएसएफ जिम्नासाइड समर गेम्सको तेक्वान्दोमा नेपालकी निविता केसीले कांस्य पदक जितेकी छन् ।

बहराइनको मानामास्थित इसा स्पोर्टस सिटी हल ‘सी’ मा भएको एकल पुम्सेमा निविताले ६.४८२ अंक जोडिन् । चार खेलाडी सहभागी उक्त स्पर्धामा बहराइनले स्वर्ण तथा युएइले रजत पदक जिते । तेश्रो हुने अर्को राष्ट्रमा भारत रह्यो ।

पुरुष ६८ केजीमुनिमा नेपालका अविन श्रेष्ठ मेक्सिकोका खेलाडीसँग २-० ले पराजित भए । पहिलो राउन्डमा १३-० ले पछि परेका अविनले दोश्रो राउन्डको नतिजा ७-६ ले सुम्पिए ।

विश्व तेक्वान्दो (डब्लुटी) ले यो प्रतियोगितालाई जि वान र्याङकिङको मान्यता दिएको आयोजक अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) का कार्यकारी सदस्य एवं आइएसएफअन्तर्गत तेक्वान्दो प्राविधिक कमिटीका संयोजक राजकुमार कार्कीले जनाएका छन् ।

यसैगरी टेबलटेनिसको महिला टिम इभेन्टमा नेपालले १०औं स्थान हासिल गरेको छ । इसा स्पोर्टस सिटी हल ‘बी’ मा नेपालले युगान्डालाई ४-१ को सेटमा पराजित गर्यो । नवौं स्थानका लागि भएको खेलमा भने नेपाल अजरवैजानसँग नेपालले ४-१  को हार ब्यहोर्यो ।

महिला टिम इभेन्टमा नेपालका इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेलेका थिए । चारै खेलाडीले सिंगल्समा पनि सहभागिता जनाउने छन् । पुरुष सिंगल्समा जेविश बुर्लाकोटी र आशिष महताले खेल्ने छन् । सिंगल्स खेल मंगलबारदेखि हुनेछ ।

यस्तै, ब्याडमिन्टनको पुरुष सिंगल्समा नेपालका कविर केसीले विजयी सुरुआत गरेका छन् । इसा स्पोर्ट्स सिटी हल ‘डी’ मा कविरले भारतका कायाउ तेत्लाई २१-१,२१-४ को सोझो सेटमा पराजित गरे । नेपालबाट ब्याडमिन्टन सहभागी हुने कविर एक्लो खेलाडी हुन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो