चैत्र ११, २०८२ बुधबार | ०९:२३:००
साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण

भलिबल, क्रिकेट र करातेलाई सर्वाधिक दुई अवार्ड

पिपल्स च्वाइस अवार्ड विजेता भलिबकी कविता भट्ट ।

काठमाडौं । भलिबल, क्रिकेट र करातेले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा शुक्रबार दुई/दुई विधामा पुरस्कार जितेका छन् । कबड्डी, तेक्वान्दो र भारोत्तोलनले एक/एक विधामा पुरस्कार जिते ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार आयोजना गरेको कार्यक्रममा भलिबलकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड प्राप्त गरिन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डमा ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा कविता विजेता भएकी हुन् । कविताले सर्वाधिक ५६ प्रतिशत मत प्राप्त गरिन् । यस अवार्डको मनोनयनमा कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलशन झा थिए ।

पछिल्लो दुई दशकदेखि नेपाली भलिबलको श्रीवृद्धिमा समर्पित न्यु डायमण्ड क्लबका स्वयमसेवक प्रशक्षिक कुमार राईलाई स्पेसल अवार्ड प्रदान गरियो ।

नेपाली भबिलमा न्यु डायमन्ड स्पोर्टस क्लबले गहिरो छाप छाडेको छ ।  न्यु डायमन्डलाई जन्माउने, हुर्काउने र नेपाली महिला भलिबलको गौरवका रूपमा स्थापित गर्ने श्रेय राईमा जान्छ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल उत्कृष्ट पुरुष खेलाडी भए । 
रोहितले करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङलाई पछि पारे ।

लाइफ टाइम एचिभमेन्ट अवार्ड नेपाल क्रिकेट संघ (क्यान) पूर्वअध्यक्ष विनयराज पाण्डेले प्राप्त गरे । पाण्डेले ले आफ्नो जीवनको ६ दशकभन्दा बढि समय क्रिकेटमै बिताएका छन् ।

१९औं एसियाली खेलकुदमा रजत पदक विजेता एरिकाले वर्ष महिला खेलाडीको अवार्ड प्राप्त गरिन् ।

एरिकाले फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्स सन्तोषी श्रेष्ठ र कबड्डी मेनुका राजवंशी पछि पारिन् ।

वर्ष उत्कृष्ट प्रशिक्षक करातेका कुशल श्रेष्ठ घोषित भए । प्रशिक्षक कुशलले कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) लाई पछि पारेका थिए ।

युवा वर्ष खेलाडी भारोत्तोलनका हेमन्त पाल घोषित भए । हेमन्तले अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) लाई पछि पारे ।

१९औं एसियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउन सफल महिला कबड्डी टोलीले टिम अफ दी इयरको अवार्ड प्राप्त गर्यो।

एसियन  स्पोर्टस जर्नालिस्ट अवार्डबाट एआइपिएस एसियाका अध्यक्ष हि डोङ जङलाई प्रदान गरिएको छ ।

पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले बजाज पल्सर मोटरसाइकल प्रप्त गरेका छन्। अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरियो  ।

यसैगरी कुल १० विधामध्ये एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेताबाहेक ८ विधाका विजेता युनाइटेड अजोड इन्स्योरेन्सकोतर्पmबाट एक वर्षका लागि खेलकुद विमा पाउनेछन् ।

यसै कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का अध्यक्ष दुर्गानाथ सुवेदीसहित ६ देशका पत्रकारले एआइपिएस एसिया लिजेन्ड्स अवार्ड प्राप्त गरे । युएईका अब्दुला इब्राहिम, मलेसियका अहमद खवारी इसा, भारतका सबा नायकन, साउदी अरेबियाका सालेह अब्दुल अजिज र बंगलादेशका महमुद हुसेन खानले यो अवार्ड पाए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो