माघ १८, २०८२ आइतबार | १०:३३:२७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

भलिबल, क्रिकेट र करातेलाई सर्वाधिक दुई अवार्ड

पिपल्स च्वाइस अवार्ड विजेता भलिबकी कविता भट्ट ।

काठमाडौं । भलिबल, क्रिकेट र करातेले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा शुक्रबार दुई/दुई विधामा पुरस्कार जितेका छन् । कबड्डी, तेक्वान्दो र भारोत्तोलनले एक/एक विधामा पुरस्कार जिते ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार आयोजना गरेको कार्यक्रममा भलिबलकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड प्राप्त गरिन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डमा ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा कविता विजेता भएकी हुन् । कविताले सर्वाधिक ५६ प्रतिशत मत प्राप्त गरिन् । यस अवार्डको मनोनयनमा कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलशन झा थिए ।

पछिल्लो दुई दशकदेखि नेपाली भलिबलको श्रीवृद्धिमा समर्पित न्यु डायमण्ड क्लबका स्वयमसेवक प्रशक्षिक कुमार राईलाई स्पेसल अवार्ड प्रदान गरियो ।

नेपाली भबिलमा न्यु डायमन्ड स्पोर्टस क्लबले गहिरो छाप छाडेको छ ।  न्यु डायमन्डलाई जन्माउने, हुर्काउने र नेपाली महिला भलिबलको गौरवका रूपमा स्थापित गर्ने श्रेय राईमा जान्छ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल उत्कृष्ट पुरुष खेलाडी भए । 
रोहितले करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङलाई पछि पारे ।

लाइफ टाइम एचिभमेन्ट अवार्ड नेपाल क्रिकेट संघ (क्यान) पूर्वअध्यक्ष विनयराज पाण्डेले प्राप्त गरे । पाण्डेले ले आफ्नो जीवनको ६ दशकभन्दा बढि समय क्रिकेटमै बिताएका छन् ।

१९औं एसियाली खेलकुदमा रजत पदक विजेता एरिकाले वर्ष महिला खेलाडीको अवार्ड प्राप्त गरिन् ।

एरिकाले फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्स सन्तोषी श्रेष्ठ र कबड्डी मेनुका राजवंशी पछि पारिन् ।

वर्ष उत्कृष्ट प्रशिक्षक करातेका कुशल श्रेष्ठ घोषित भए । प्रशिक्षक कुशलले कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) लाई पछि पारेका थिए ।

युवा वर्ष खेलाडी भारोत्तोलनका हेमन्त पाल घोषित भए । हेमन्तले अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) लाई पछि पारे ।

१९औं एसियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउन सफल महिला कबड्डी टोलीले टिम अफ दी इयरको अवार्ड प्राप्त गर्यो।

एसियन  स्पोर्टस जर्नालिस्ट अवार्डबाट एआइपिएस एसियाका अध्यक्ष हि डोङ जङलाई प्रदान गरिएको छ ।

पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले बजाज पल्सर मोटरसाइकल प्रप्त गरेका छन्। अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरियो  ।

यसैगरी कुल १० विधामध्ये एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेताबाहेक ८ विधाका विजेता युनाइटेड अजोड इन्स्योरेन्सकोतर्पmबाट एक वर्षका लागि खेलकुद विमा पाउनेछन् ।

यसै कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का अध्यक्ष दुर्गानाथ सुवेदीसहित ६ देशका पत्रकारले एआइपिएस एसिया लिजेन्ड्स अवार्ड प्राप्त गरे । युएईका अब्दुला इब्राहिम, मलेसियका अहमद खवारी इसा, भारतका सबा नायकन, साउदी अरेबियाका सालेह अब्दुल अजिज र बंगलादेशका महमुद हुसेन खानले यो अवार्ड पाए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।