पुस २५, २०८२ शनिबार | ०८:११:०५
साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान

पारा ओलम्पिक: पलेशाले भेनेजुएला र भरतले जापानका खेलाडीको सामना गर्ने

पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्धन र भरतसिंह महता ।

काठमाडौं । पेरिस पारा ओलम्पिकको पहिलो चरणमा नेपाली तेक्वान्दो खेलाडी पलेशा पलेशा गोबर्धनले भेनेजुएलन तथा भरतसिंह महताले जापानिज प्रतिद्धन्द्धी प्राप्त गरेका छन् ।

मंगलबार निकालिएको ‘ड्र’ बाट दुवै खेलाडीको प्रतिद्वन्द्वी टुंगो लागेको प्रशिक्षक कविराज नेगी लामाले पेरिसबाट जानकारी गराए ।

अगस्ट २९ तारिखमा भरतले जापानका मित्सुया तानाकासँग खेल्ने छन् । उनको स्पर्धा के-४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनिमा जम्मा १२ खेलाडी छन् । भरत वाइल्ड कार्डमार्फत पेरिस पारा ओलम्पिकका लागि छानिएका हुन् ।

के-४४ क्याटगोरीकै महिला ५७ केजीमुनिमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सविरुद्ध अगस्ट ३० तारिखमा खेल्ने छिन् । यो स्पर्धामा ११ खेलाडी छन् । पहिलो चरणमै पराजित हुने खेलाडीलाई रिपाचेज खेल्ने अवसर मिल्ने छैन ।

पलेशा भने छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन् । गत चैतमा चीनको ताइयानमा भएकोएसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।

पदकको आशा गरिएकी पलेशासँग टोकियो पारा ओलम्पिक पनि खेलेको अनुभव छ । त्यतिबेला पलेशा कांस्य पदक भिडन्तमा चीनकी खेलाडीसँग पराजित भएकी थिइन् ।

नेपाली पारा तेक्वान्दो टोली इङ्ल्यान्डको म्याचेस्टरमा एक महिनाको प्रशिक्षणपछि जुलाई २५ तारिखमा पेरिस पुगेको थियो ।

 टोलीको व्यवस्थापकमा नेपाल तेक्वान्दो संघ एवं नेपाल पारालिम्पिक कमिटीका सदस्य रामचन्द्र श्रेष्ठ रहेका छन् ।

पेरिस पारा ओलम्पिकमा पलेशा र भरतसहित पौडीका भीमबहादुर कुमालले पनि प्रतिस्पर्धा गर्दै छन् । उनले पुरुष ५० मिटर फ्रि-स्टाइलमा सहभागिता जनाउने छन् ।

नेपाली टोलीको सेफ दि मिसनमा पारा ओलम्पिक कमिटीका सदस्य सरोज श्रेष्ठ छन् ।  पारा ओलम्पिकको उद्घाटन बुधबार हुनेछ ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||