चैत्र ४, २०८२ बुधबार | २२:०२:१०
करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने

निर्धारित समयमै राष्ट्रिय खेलकुद गर्नेमा सदस्यसचिव घिसिङको जोडः परिषद

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ । फाइल तस्बिरः खेलाडी

काठमाडौं । १०औं वृहत राष्ट्रिय खेलकुद निर्धारित समयमै गर्न राष्ट्रिय खेलकुद परिषद्को जोड रहेको सदस्यसचिव टंकलाल घिसिङले बताएका छन् ।

१०औं राष्ट्रिय खेलकुद समयमै गर्नका लागि आफूले दुई पटक सम्म परिषद्को बोर्ड बैठक राख्न प्रस्ताव गरेको भन्दै वर्तमान युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग पनि यस विषयमा छलफल भइरहेको घिसिङलाई उधृत गर्दै परिषदले जनाएको छ ।

नेपाली घरेलु खेलकुदमा सबभन्दा ठूलो महोत्सव वृहत राष्ट्रिय खेलकुदको १०औं संस्करण सुर्खेतलाई केन्द्र बनाएर आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने बताइएको छ ।

१०औं राष्ट्रिय खेलकुदका सम्वन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गराएको ध्यानाकर्षण पत्र बुझ्ने क्रममा सदस्यसचिव घिसिङले कर्णालीमा निर्माण भइरहेका पूर्वाधारको हालै युवा तथा खेलकुद मन्त्री सहितको टोलीले अवलोकन गरेर फर्किएको स्मरण गराए ।

राखेप सदस्यसचिव टंकलाल घिसिङलाई ध्यानकर्षण पत्र बुझाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ । 

निर्धारित समयमै राष्ट्रिय खेलकुद गर्न पूर्वाधारको सूनिश्चित गर्न परिषद्ले प्राविधिक टीम खटाएको भन्दै खेलाडीह?को चासोले प्रतियोगिता आयोजनालाई थप बल पुग्ने उनले बताए । तर उनले निर्धारित समयमै राष्ट्रिय खेलकुद आयोजना गर्ने वचन दिन भने सकेनन् ।

खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले बुझाएको पत्रमा पूर्व निर्धारित मिति २०८१ मंसिर २ देखि ९ गतेसम्म नै दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न परिषद्को ध्यानाकर्षण गराइएको छ ।

ध्यानाकर्षणपत्र बुझाउने क्रममा खेलाडी संघका अध्यक्ष श्रेष्ठले पछिल्ला दिनमा राष्ट्रिय खेलकुद समयमै हुने सम्वन्धमा आशंका बढन थालेको कारण त्यसको निवारण हुने गरि खेलाडी तथा खेलकर्मीलाई आश्वस्त पार्न आग्रह गरेका थिए ।

कर्णालीमा पूर्वाधार निर्माणको अवस्था अवलोकन गर्न जाने क्रममा युवा तथा खेलकुद मन्त्री चौधरीले समयमै पूर्वाधार तयार हुनेमा आशंका व्यक्त गर्दै राष्ट्रिय खेलकुद केही समय सर्ने संकेत गरेका थिए ।

यसैगरी संघले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई पनि ध्यानकर्षण पत्र बुझाएको छ ।

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं