वैशाख २८, २०८२ आइतबार | १५:१८:३०
डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन

विवादास्पद लिगमा सट्टेवाजीको अभियोगमा अर्का भारतीय पक्राउ

काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी विवादास्पद फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी २० लिगमा अनलाइन बेटिङको अभियोगमा नेपाल प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयको बुलेटिनमा जनाइएअनुसार भारतको दिल्ली उत्तमनगरका ३६ वर्षे प्रतीक कुमारलाई बुधबार दिउँसो कीर्तिपुर प्रहरीले सट्टेवाजी कार्यमा संलग्न रहेको अवस्थामा पक्राउ गरेको थियो ।

बुधबार फार वेस्ट युनाइटेड र विराटनगर सुपर किंग्सबीचको खेलमा मोबाइल प्रयोग गरि अनलाइन बेटिङ भइरहेको भन्ने सुचनाको आधारमा कीर्तिपुर प्रहरी वृत्तबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका भारतीय नागरिकलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताइएको छ । खेल मिलोमतो र बेटिङका थुप्रै विवाद सामना गरिरहेको विवादास्पद लिगमा नेपाल प्रहरीले यसअघि पनि दर्जनौं सट्टेवाजलाई पक्राउ गरिसकेको छ ।

बेटिङ र मिलोमतोको साथै नेपाल क्रिकेट संघ (क्यान)सँग गोप्य रुपमा वार्षिक ३ करोड ९० लाख रुपैयाँ दिने गरि आठ वर्षका लागि प्रतियोगिता आयोजनाको अधिकार खरिद गरेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका मालिकहरु मंगलबारबाट बेपत्ता भएपछि प्रतियोगिता थप विवादमा धकेलिएको थियो ।

क्यान कार्यसमितिकै केही सदस्यहरुले भारतीय कम्पनीले सम्झौताअनुसारको रकम नतिर्ने, मिलोमतो र सट्टेवाजी गराउने लगायतका आशंका गर्दै सेभेन थ्रीलाई नेपाली क्रिकेट बेच्न नहुने भन्दै नोट अफ डिसेन्ट लेखेका थिए । तर क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललगायतले जबरजस्ती गोप्य रुपमा सेभेन थ्रीसँग सम्झौता गर्दै लिग भारतीय कम्पनीलाई बुझाएका थिए ।

मंगलबार खेलाडीको पारिश्रमिक तथा क्यानले पाउनुपर्ने रकम नतिरिकन बेपत्ता भएका सेभेन थ्रीका मालिक जतिन आलुवालियाले बिहीबार एक नेपाली अनलाइनलाई दिएको अन्तरवार्तामा ‘मिलोमतो भएको जानकारी गराएर केही दिन प्रतियोगिता स्थगित गर्न’ अनुरोध गर्दा क्यानले नमानेको र आफ्नो सुरक्षाको खतरा भएको भन्दै थप शंकास्पद अवस्था सिर्जना गराएका छन् ।

उनले राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिने र अदालतको मुद्धा टुंगिएपछि मात्र क्यानलाई बाँकी रकम दिन सकिने बताएका छन् । नेपालमा आफ्नो भौतिक सुरक्षाको विषय खतरामा परेकाले सुरक्षित अनुभुत नगरेसम्म नआउने पनि आलुवालियाले प्रष्ट पारेका छन् ।

क्यानले सेभेन थ्रीबाट पहिलो वर्षको प्रतियोगिता गरेवापत पाउनुपर्ने ३ करोड ९० लाखमध्ये अहिलेसम्म १ करोड २० लाख रुपैयाँमात्र पाएको छ । यसैगरी प्रतियोगितामा सहभागिता जनाएका खेलाडीले पनि आफ्नो पारिश्रमिक पाएका छैनन् । खेलाडीले पारिश्रमिक नपाएसम्म नखेल्ने भनेर मंगलबार मैदान उत्रिन अस्विकार गरेका थिए । पछि क्यान नेतृत्वले पारिश्रमिकको जिम्मा लिएपछि भने प्रतियोगिता सुचारु भएको छ ।

कुनै पनि विदेशी कम्पनीलाई आयोजना अधिकार बेच्दा अनिवार्य राष्ट्रिय खेलकुद परिषदको अनुमति लिनुपर्ने, सार्वजनिक सुचना निकालेर टेण्डरमार्फत मात्र आयोजना अधिकार दिनुपर्ने जस्ता कानुनका सामान्य प्रावधान समेत मिचेर गरिएको नेपाल टी २० लिग विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धा पनि विचाराधिन छ । कुनै पनि विदेशी खेलाडीले नेपालमा व्यावसायिक रुपमा खेल्नु अभि नै अनिवार्य रुपमा श्रम स्वीकृति लिइसक्नुपर्ने स्पष्ट कानुनी प्रावधान छ । तर नेपाल टी २० मा कुनै पनि विदेशी खेलाडीले श्रम स्वीकृति लिएका छैनन् ।  


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP