टी–२० विश्वकप क्रिकेट

नेदरल्यान्ड्सको पहिलो जित

सिड्नी । नेदरल्यान्ड्सले जारी आईसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा पहिलो जित  निकालेको छ । एडिलेडमा भएको सुपर १२ अन्तर्गत समूह दुईको खेलमा नेदरल्यान्ड्सले जिम्बाब्वेलाई  ५ विकेटले पराजित गरेको छ ।

जिम्बाब्वेले प्रस्तुत गरेको  एक सय १८ रनको लक्ष्य नेदरल्यान्ड्सले १८  ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । नेदरल्यान्डको जितमा प्लेअर अफ दि म्याच म्याक्स ओडोउडले अर्धसतकीय  इनिङ्स खेले । ४७ बलको सामना गरेका म्याक्सले आठ चौका र एक छक्का मद्धतमा ५२ रन बनाए । यस्तै टम कूपरले ३२ रनको योगदान गर्दा बस डी लीडले १२ रन जोडे ।  

जिम्बाब्वेका रिचार्ड एनगाराभ र ब्लेसिङ मुजारावानीले समान दुई दुई विकेट लिए । लुक जोङवेले एक विकेट हात पारे ।

यस अघि टस जितेर पहिलो ब्याटिङमा उत्रिएको  जिम्बाब्वेले १९.२ ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनको योगफल तयार पारेको थियो । 

जिम्बाब्वेका सिकन्दर राजाले सर्वाधिक ४० रन बनाए । २४ बलको सामना गरेको राजाले तीन चौका र तीन छक्का प्रहार गरेका थिए । यस्तै, सेन विलियम्सले २८ रनको योगदान गरे । अन्य खेलाडीले दोहारो अंक बनाउन सकेनन् ।

नेदरल्यान्ड्सका पाउल भान मिकेरानले सर्वाधिक तीन विकेट लिए । उनले ४ ओभरमा २९ रन खर्चिए । 

जितसँगै नेदरल्यान्ड्सले अंक खाता खोलेको छ । चार खेल खेलेको नेदरल्यान्ड एक जित र तीन हारसहित समूह दुईको पुछारमा छ । जिम्बाब्वे तीन अंक सहित चौथो स्थानमा छ । समूह दुईमा पाँच अंक सहित दक्षिण अफ्रिका शीर्षस्थानमा छ ।