एसेज शृ‍खला

अन्तिम टेस्टमा अस्ट्रेलियासामु निहिर बन्यो इङ्ल्यान्ड

मेलबर्न । अस्ट्रेलियाविरुद्धको अन्तिम टेस्टमा पनि दयनीय ब्याटिङ गरेको इङ्ल्यान्ड १ सय ४६ रनले पराजित भएको छ । योसँगै पाँच खेलको एसेज शृंखला घरेलु टोलीले अस्ट्रेलियाले ४–० ले आफ्नो पक्षमा पार्यो ।

जितका लागि २७१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ६८ रन जोड्दासम्म एक विकेट पनि गुमाएको थिएन । तर, त्यसपछि ५६ रन बनाउँदा इङ्ल्यान्डले सबै १० विकेट गुमायो ।

तेस्रो दिनमै नजिता निस्किएको दिवा–रात्री टेस्टमा भ्रमणकारी टोली १ सय २४ रनमा अल आउट भयो । मार्क वुडले ३७ रन खर्चेर ६ विकेट लिएपछि दोस्रो इनिङमा अस्ट्रेलियालाई १ सय ५५ रनमा रोक्दै इङ्ल्यान्डले जितको सम्भावना बढाएको थियो ।

तर अस्ट्रेलियाले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पार्दै चार वर्षअघिकै नतिजा दोहोर्यायो । यो हारसँगै इङ्ल्यान्डको जितविहीन यात्रा १५औं टेस्टसम्म लम्बिएको छ । जो रुटको टोलीले गत फेब्रुअरी यता खेलका १४ मध्ये एक टेस्ट मात्रै जितेको छ ।