फाल्गुन १, २०८२ शुक्रबार | १०:२२:२३
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल

काठमाडौं । घरेलु टोली नेपालले आज (आइतबार) बाट सुरु हुने आइसिसी महिला ट्वान्टी –२० विश्वकप ग्लोबल छनोटमा बलियो प्रतिद्वन्दी थाइल्यान्डको सामना गर्दैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । नेपालले यत्तिको ठूलो प्रतियोगिता पहिलो पटक आयोजना गर्दैछ । यसअघि नेपालले पुरुषतर्फ टी–२० विश्वकपको एसिया छनोट आयोजना गरेको थियो । नेपालको महिला टिमले यो प्रतियोगिता समेत पहिलो पटक खेल्दैछ ।

प्रतियोगितामा नेपालसहित १० टिम सहभागी भएका छन् । यसबाट छनोट भएका चार टिम पाँच महिनापछि इंग्ल्यान्ड र वेल्समा हुने ट्वान्टी २० महिला विश्वकप खेल्नेछन् । विश्वकपमा कुल १२ टिम हुनेछन् ।

समूह ‘बी’मा नेपाल र थाइल्यान्डसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड, र जिम्बावे छन् । समूह ‘ए’मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी (पिएनजी) र अमेरिका छन् ।

हालसम्म नेपाल र थाइल्यान्डबीच कूल सात पटक प्रतिस्पर्धा भएको छ । नेपाल सातै भेटमा थाइल्यान्डसँग पराजित भएको छ ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाल प्रतियोगिताअघि भएको वार्मअप खेलमा स्कटल्यान्ड र अमेरिकासँग नै पराजित भएको थियो । कप्तान इन्दुले यतिको ठूलो प्रतियोगिता खेल्न उत्साहित भएको बताएकी छिन् ।

नेपाली टिमः 
इन्दु बर्मा (कप्तान) पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरी र मनीषा उपाध्याय ।

याे पनि पढ्नुहाेस्

अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली

विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै


 

 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026