माघ ३, २०८२ शनिबार | ०१:३९:०३
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै
शनिबारको दिन शनिबारको दिन

विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै

काठमाडौं । आइसिसी टी–२० महिला विश्वकप ग्लोबल क्वालिफायरको आयोजना नेपालले गर्दै छ । यो नेपालमा हुन लागेको आइसिसीको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता हो । यसअघि नेपालमा पुरुष टी–२० विश्वकपको एसिया छनोट आयोजना भएको थियो । तर, कुनै पनि विश्वकपको लागि ग्लोबल क्वालिफायर हुन लागेको यो पहिलो पटक हो ।

सन् २००९ देखि आइसिसी टी–२० विश्वकप सुरुआत भएको हो । आइसिसीले ग्लोबल क्वालिफायर भने २०१३ देखि मात्र आयोजना गर्न थालेको हो । जुन २०१४ को चौथो संस्करणको टी–२० महिला विश्वकपका लागि थियो । त्यसयता निरन्तर ग्लोबल छनोट आयोजना भइरहेको छ ।

आइतबार सुरु हुने यसपालिको ग्लोबल छनोट प्रतियोगिता इङ्ल्यान्ड र वेल्समा हुने टी–२० महिला विश्वकपमा छनोट हुने माध्यम हो, जहाँ नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो पटक आइसिसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायर खेल्न लागेको हो ।

सेमिफाइनल पुग्ने चार टोलीले नै आइसिसी महिला टी–२० विश्वकपको यात्रा तय गर्नेछन् ।

खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा खेलाइने छ । ग्लोबल क्वालिफायरमा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी (पिएनजी) र अमेरिका समूह ‘ए’ तथा आयोजक नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बावे समूह ‘बी’ मा छन् ।

समूह चरणमा एकअर्कासँग प्रतिस्पर्धा गरेपछि समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा हरेक टिमले अर्को समूहबाट आएका टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । जसबाट चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छ । सेमिफाइनल पुग्ने चार टोलीले नै आइसिसी महिला टी–२० विश्वकपको यात्रा तय गर्नेछन् ।

यस्ता छन् ग्लोबल क्वालिफायरका प्रतिस्पर्धी टोली समूह ‘ए’बंगलादेशबंगलादेशले गत संस्करणको विश्वकप खेलेका कारण सिधै ग्लोबल छनोट खेल्ने अवसर पाएको हो । बंगलादेशलाई यस छनोटको प्रमुख दाबेदारको रूपमा हेरिएको छ । बंगलादेशले सन् २०१४ यताका सबै विश्वकपमा स्थान बनाएको छ । ६ पटक विश्वकप खेलिसकेको बंगलादेशले समूह चरण भने पार गर्न सकेको छैन ।बंगलादेशले १८ जनवरीमा अमेरिकासँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ ।

आयरल्यान्डआयरल्यान्डलाई पनि विश्वकपमा पुग्न सक्ने टोलीका रूपमा हेरिएको छ । आयरल्यान्डले युरोपियन छनोटको विजेताका रूपमा ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो । हालसम्म चार विश्वकपमा सहभागिता जनाएको टोलीले समूह चरण पार गर्न सकेको छैन । आयरल्यान्डले सन् २०१४, २०१६, २०१८ र २०२३ को विश्वकप खेलेको छ । आयरल्यान्डले १८ जनवरीमा पपुवा न्युगिनीविरुद्ध छनोटको पहिलो खेल खेल्नेछ ।

नामिबियानामिबियाले अफ्रिकी छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो । हालसम्म एक पटक मात्र ग्लोबल क्वालिफायर खेलेको नामिबियाले विश्वकपमा स्थान बनाउन सकेको छैन । यसअघि नामिबियाले सन् २०१९ मा ग्लोबल क्वालिफायर खेलेको थियो । नामिबियाले २० जनवरीमा अमेरिकासँग खेल्दै छनोट यात्रा सुरु गर्नेछ ।

नेपाल एसिया छनोटको उपविजेताका रूपमा ग्लोबल छनोटसम्म पुगेको हो ।

अमेरिकाअमेरिकी क्षेत्रको छनोट च्याम्पियन बन्दै अमेरिकाले ग्लोबल क्वालिफायरमा स्थान पक्का गरेको हो । टोलीले हालसम्म विश्वकपको यात्रा तय गर्न सकेको छैन । अमेरिकाले हालसम्म तीन पटक ग्लोबल छनोटमा प्रतिस्पर्धा गरेको छ । टोलीले सन् २०१९, २०२२ र २०२४ मा ग्लोबल छनोट खेलेको थियो । अमेरिकाले जनवरी १८ मा बंगलादेशसँग आफ्नो पहिलो खेल खेल्नेछ ।

पपुवा न्युगिनी (पिएनजी) पपुवा न्युगिनी (पिएनजी) ले हालसम्म विश्वकपमा स्थान बनाउन सकेको छैन । पिएनजी इस्ट एसिया प्यासिफिक छनोटको विजेताको हैसियतमा ग्लोबल क्वालिफायरसम्म आइपुगेको हो । पिएनजीले हालसम्म चार पटक ग्लोबल क्वालिफायर खेलेको छ । टोलीले सन् २०१५, २०१८, २०१९ र २०२२ को ग्लोबल क्वारिफायरमा प्रतिस्पर्धा गरेको थियो । पीएनजीले १८ जनवरीमा आयरल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्ने छ ।

समूह ‘बी’नेपालघरेलु टोली नेपाल पहिलो पटक विश्वकपमा पुग्ने लक्ष्यमा छ । टोलीले ग्लोबल छनोटमा स्थान बनाएको पनि यो पहिलो पटक हो । नेपाल एसिया छनोटको उपविजेताका रूपमा ग्लोबल छनोटसम्म पुगेको हो । एसिया छनोटको फाइनलमा टोली थाइल्यान्डसँग पराजित भएको थियो । नेपालले १८ जनवरीमा थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

थाइल्यान्डथाइल्यान्डले विश्वकप एसिया छनोटको च्याम्पियनका रूपमा ग्लोबल क्वालिफायरमा स्थान पक्का गरेको हो । थाइल्यान्डले हालसम्म पाँच पटक ग्लोबल क्वालिफायर खेल्दा एक पटक विश्वकपमा स्थान बनाएको छ । थाइल्यान्डले सन् २०२० को आइसिसी टी–२० महिला विश्वकप खेलेको थियो । थाइल्यान्डले १८ जनवरीमा नेपालको सामना गर्दै छनोटको सुरु गर्नेछ । महिला टी–२० अन्तर्राष्ट्रियमा हालसम्म यी दुइबीच सात खेल हुुँदा सबै खेल थाइल्यान्डको पक्षमा गएको छ ।

स्कटल्यान्डस्कटल्यान्डले गत वर्ष विश्वकपमा सहभागिता जनाएको आधारमा सिधै ग्लोबल क्वालिफायर खेल्ने अवसर पाएको हो । स्कटल्यान्डले हालसम्म ६ पटक ग्लोबल क्वालिफायर खेल्दा एक पटक विश्वकपमा स्थान बनाएको छ । गत संस्करणको विश्वकप खेलेको स्कटल्यान्डले समूह चरण भने पार गर्न सकेन । टोलीले चारै खेलमा हार बेहोरेको थियो । बलियो टोली नेपाल र स्कटल्यान्डले कुनै पनि आधिकारिक खेल खेलेका छैनन् । स्कटल्यान्डले २० जनवरीमा नेदरल्यान्ड्सविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ । नेपाल र स्कटल्यान्डबीच भने २६ जनवरीमा प्रतिस्पर्धा हुनेछ ।

नेदरल्यान्ड्स नेदरल्यान्ड्सले हालसम्म टी–२० विश्वकपमा स्थान बनाउन सकेको छैन । टोलीले हालसम्म पाँच पटक विश्वकपको ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गरिसकेको छ । नेदरल्यान्ड्स युरोपियन छनोटको उपविजेता रूपमा ग्लोबल क्वालिफायरका लागि छनोट भएको हो । हाल टी–२० अन्तर्राष्ट्रियमा नेपाल र नेदरल्यान्ड्सबीच तीन खेल भएको छ । तीनै खेल नेदरल्यान्ड्सले आफ्नो पक्षमा पारेको छ । नेदरल्यान्ड्सले जनवरी १८ मा जिम्बावेविरुद्ध खेल्दै छनोटको सुरु गर्नेछ । नेपालले २२ जनवरीमा नेदरल्यान्ड्ससँग भिड्नेछ ।  

जिम्बावेजिम्बावेले ११ वर्षपछि आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्दै छ । टोलीले यसअघि सन् २०१३ र २०१५ को छनोटमा सहभागिता जनाएको थियो । जिम्बावेले हालसम्म विश्वकपमा स्थान बनाउन भने सकेको छैन । जिम्बावेले अफ्रिकी छनोटको विजेताका रूपमा ग्लोबल क्लालिफयरको यात्रा तय गरेको हो । जिम्बावेले १८ जनवरीमा नेदरल्यान्ड्ससँग आफ्नो पहिलो खेल खेल्नेछ । टी–२० अन्तर्राष्ट्रियमा जिम्बावे नेपालका लागि नयाँ प्रतिस्पर्धी हो । नेपाल र जिम्बावे जनवरी २४ मा आमनेसामने हुनेछन् । 

याे पनि पढ्नुहाेस्

अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली