आश्विन २६, २०८२ सोमबार | १४:२४:४८
विलियमसनले इङ्ल्यान्डविरुद्धको ट्वान्टी-२० शृंखला गुमाउने शिवनारायण चन्द्रपल जनकपुर बोल्ट्सको प्रशिक्षक घाना पाँचौं पटक फिफा विश्वकपमा छनोट नेदरल्यान्ड्सको अपराजित यात्रा जारी ट्वान्टी-२० विश्वकप छनोटः कतारविरुद्ध सजग नेपाल भेट्रान फुटबलः चाबहिलको दुवै टोली क्वार्टरफाइनलमा युएईसँग नेपालको रोमाञ्चक जित नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य अर्धशतक बनाउँदै पेभिलियन फर्किए आसिफ, नेपालको एक सय रन पूरा नेपालले गुमायो पहिलो विकेट, भुर्तेल पेभिलियन फर्किए विलियमसनले इङ्ल्यान्डविरुद्धको ट्वान्टी-२० शृंखला गुमाउने शिवनारायण चन्द्रपल जनकपुर बोल्ट्सको प्रशिक्षक घाना पाँचौं पटक फिफा विश्वकपमा छनोट नेदरल्यान्ड्सको अपराजित यात्रा जारी ट्वान्टी-२० विश्वकप छनोटः कतारविरुद्ध सजग नेपाल भेट्रान फुटबलः चाबहिलको दुवै टोली क्वार्टरफाइनलमा युएईसँग नेपालको रोमाञ्चक जित नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य अर्धशतक बनाउँदै पेभिलियन फर्किए आसिफ, नेपालको एक सय रन पूरा नेपालले गुमायो पहिलो विकेट, भुर्तेल पेभिलियन फर्किए

विलियमसनले इङ्ल्यान्डविरुद्धको ट्वान्टी-२० शृंखला गुमाउने

काठमाडौं ।  न्युजिल्यान्डका ब्याटर केन विलियमसनले इङ्ल्यान्डविरुद्धको ट्वान्टी-२० शृंखला गुमाउने भएका छन्  ।

गत मार्चमा भारतसँग च्याम्पियन्स ट्रफीको फाइनलमा पराजय भएयता विलियसन अन्तर्राष्ट्रिय क्रिकेटमा देखिएका छैनन् । उनी एकदिवसीय शृंखलाका लागि भने उपलब्ध हुने अपेक्षा गरिएको छ । 

विलियासनले अस्ट्रेलियविरुद्धको शृंखला पनि गुमाएका थिए ।

यसैगरी पेटको शल्यक्रिया निको भएपछि मैदान फर्किएका बलर मिचेल स्यान्टनरले टोलीको नेतृत्व गर्नेछन् ।

यसैगरी अनुहारको चोटका कारण अस्ट्रेलियासँगको ट्वान्टी-२० शृंखलाबाट बाहिरिएका अलराउन्डर रचिन रविन्द्र पनि टोलीमा फर्किएका छन् ।

यता ह्यामस्ट्रिङको चोटका कारण बलर बेन सियर्सले इङ्ल्यान्डको ट्वान्टी-२० शृंखला गुमाउने भएका छन् भने अलराउन्डर जिमी निशमलाई टोलीमा समावेश गरिएको छ ।

तीन खेलको ट्वान्ट-२० शृंखला शनिबार  क्राइस्टचर्चमा सुरु हुँदैछ । 

न्युजिल्यान्डको टोली

मिचेल स्यान्टनर (कप्तान), माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभन कोन्वे, ज्याकब डफी, ज्याक फाउल्क्स, म्याट हेनरी, बेभन ज्याकब्स, काइल जेमिसन, डेरिल मिचेल, जिमी निशम, रचिन रविन्द्र, टिम रोबिन्सन, टिम सेफट

इङ्ल्यान्डका टोली

ह्यारी ब्रुक (कप्तान), रेहान अहमद, सोनी बेकर, टम ब्यान्टन, ज्याकब बेथेल, जोस बटलर, ब्रायडन कार्से, जोर्डन कोक्स, ज्याक क्राउली, साम करन, लियाम डसन, जेमी ओभरटन, आदिल रशिद, फिल साल्ट, ल्युक उड । 


भिडियो
ANFA गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना
शीर्ष डिभिजन क्लबको आरोपः एन्फा लिग गराउनै चाँहदैन II TOP TIER LEAGUE II ANFA II CLUBS
ANFA GS KIRAN RAI II हार्दैमा निराश हुनु पर्दैन II AFC U-17 WOMEN'S ASIAN CUP QUALIFIERS
SAHARA LIMBU को समर्थकलाई अनुरोधः हामीलाई समर्थन गरिदिनुस, माया गर्नुस I AFC U17 ASIAN CUP QUALIFIER
अर्को SARU LIMBU र SABITA RANA जन्मिन सक्छ II PRAKASH BAIDHYA II COACH II NEPAL NATIONAL YOUTH TEAM
NATIONAL U-17 TEAM CAPTAIN BHUMIKA BUDHATHOKI II ‘लक्ष्य एएफसी च्याम्पियनसिपमा छनोट हुने हो’
NEPAL U-17 WOMEN'S TEAM HEAD COACH CHET NARAYAN SHRESTHA भन्छन्ः ‘थाइल्यान्डलाई जित्ने सम्भावना छ’