फाल्गुन १७, २०८२ आइतबार | २१:४५:५६
पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित

ट्वान्टी-२० विश्वकप छनोटः कतारविरुद्ध सजग नेपाल

फाइल तस्विर ।

काठमाडौं ।  नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा सोमबार कतारको सामना गर्दा पक्कै पनि नेपाली क्रिकेटप्रेमीलाई सन् २०१९ जुन २३ को याद आउने छ । किनभने यो दिन नेपाली क्रिकेट टोली आफ्नो अन्तर्राष्ट्रिय यात्रामा सबैभन्दा अनेपेक्षित हार ब्यहोरेको थियो । र नेपाललाई माथ दिने टोली थियो कतार ।

आइसिसी ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र कतार प्रतिस्पर्धा गरिहेका थिए । यी दुवै टोली पहिलो पटक आमने सामने भएका थिए ।

सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा भएको खेलअघि सायद सबैले सोचेका थिए । खेल नेपालले सहजै आफ्नो पक्षमा पार्नेछ । विश्व क्रिकेटमा आफूलाई उदीयमान टोलीका रूपमा स्थापित गरिरहेको नेपाल र भर्खरै अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चाल्दै गरेको कतारविरुद्धको खेलमा यो अनुमान गलत पनि थिएन । तर सबैलाई आश्चर्यमा पार्दै खेल कतारले जितेकाे थियो । 

नेपालले प्रस्तुत गरेको १२३ रनको लक्ष्य कतारले चार बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । 

त्यसयता यी दुईबीच भएका दुई खेल भने नेपालले आफ्नो पक्षमा पारेको छ । नेपालले गत वर्ष एसिसी प्रिमियर कपमा ३२ रन तथा यसै वर्ष हङकङमा भएको चारदेशसम्मिलित अन्तर्राष्ट्रिय शृंखलमा आठ विकेटको जित निकालेको छ । 

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा सोमबार उच्च लयमा रहेको नेपाल संघर्षरत कतारसँग सजक भने रहनेछ । टोलीले प्रतिपक्षलाई कमजोर आँक्ने गल्ती गर्नेछैन । 

नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताका कुनै पनि टोलीलाई कमाजोर नठान्ने बताउँछन् । ‘हामीले बाँकी खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । सबै खेल प्रतिस्पर्धात्मक हुनेछन् । कुनै पनि टोलीलाई कमाजोर ठान्ने गल्ती गर्नेछैनौं । हाम्रो लक्ष्य सबै खेल जितेर विश्पकपमा पुग्नु हो,’ दीपेन्द्रले युएईविरुद्धको खेलपछि भनेका थिए । 

प्रतियोगितामा नेपालले हालसम्म खेलका तीन वटै खेलमा जित दर्ता गरेको छ ।  समूह चरणमा कुवेतलाई ५८ रन र जापानलाई पाँच विकेटले पराजित गरेको थियो । यसैगरी टोलीले सुपर सिक्सको पहिलो खेलमा चिरपरिचित प्रतिद्धन्द्धी युएईविरुद्ध एक रनको रोमाञ्चक जित दर्ता गरेको थियो । 

रोहितकुमार पौडेलेको कप्तानमा रहेको नेपाल सुपर सिक्समा लगतार दोस्रो जितसँगै विश्वकपमा पुग्ने सम्भावनालाई अझै बलियो बनाउ चहान्छ ।

यता मिर्जा मोहम्मद बेगको कप्तानीमा कतारले तीन खेलमा दुई हार र एक जितको नतिजा निकालेको छ । समूह चरणमा युएईसँग सात विकेटको हार बेहोरेको कतारले मलेसियालाई आठ विकेटले हराएको थियो ।

यसैगरी टोली सुपर सिक्सको पहिलो खेलमा घरेलु टोली ओमानसँग ३४ रनले पराजित भएको थियो । कतार नेपालविरुद्ध जित निकाल्दै विश्वकमा छनोट हुने सम्भावनालाई जिवितै राख्ने सोचमा छ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||