श्रावण २, २०८२ शुक्रबार | ०३:०७:३७
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

मेलम्चीकाे विजयी सुरुआत

काठमाडौं । उत्तम थापामगरको अलराउन्ड प्रदर्शनप्रेरित मेलम्ची नगरपालिकाले सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा मेलम्चीले भोटेचौर स्पोर्टस क्लबलाई २३ रनले हरायो ।  

मेलम्चीले प्रस्तुत गरेको १४७ रनको लक्ष्य पछ्याएको भोटेचौर १९.२ ओभरमा १२३ रनमा समेटियो ।

भोटेचौरका लागि दुर्गेश थापाले ३७, कप्तान राजेश चौलागाईँले २६, निश्चल थापाले १९ र सुमित झाले १४ रन बनाए ।

मेलम्चीका लागि सोनु देवकोटा र उत्तम थापामगरले समान तीन तथा राकेश श्रेष्ठ, विनोद तामाङ र कप्तान रेन्जिङ लामाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको मेलम्चीले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल तयार पारेको थियो ।

मेलम्चीका लागि उत्तम थापामगरले २८ बलमा सात छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी रिन्जिङ लामाले ४५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भोटेचौरका लागि दुर्गेश थापा र राजिव चौलागाईँले समान तीन तथा सुमित झा र विवेक चौलागाईँले समान एक विकेट लिए । 

पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा जारी प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach