असार १७, २०८२ मंगलबार | १४:२८:०१
भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित

अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध अतिरिक्त समयमा ४-३ को रोमाञ्चक जित दर्ता गर्दै साउदी अरेवियाको अल हिलाल फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको क्याम्पिङ वर्ल्ड रंगशालामा मंगलबार निर्धारित ९० मिनेटमा दुई टोलीबाट २-२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अल हिलाललाई जित दिलाउन मार्कोस लियान्द्रोले दुई तथा माल्कोम र कालिडो काउलीबालीले समान एक गोल गरे । सिटीका लागि बर्नान्डो सिल्भा, एर्लिङ हालान्ड र फिल फोडेनले गोल गरे ।

खेलको नवौं मिनेटमै सिल्भाको गोलमार्फत सिटीले अग्रता लिएको थियो । दोस्रो हाफको सुरुआतमै लियान्द्रोले अल हिलाललाई बराबरीमा ल्याए  ।

माल्कोमले ५२औं मिनेटमा गोल गर्दा अल हिलाल २-१ ले अगाडि बढ्यो । तीन मिनेटपछि नै हालान्डले सिटीलाई २-२ को बराबरीमा ल्याए ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । ९४औं मिनेटमा काउलीबालीले अल हिलालका लागि तेस्रो गोल गरे ।

फोडेनले १०४औं मिनेटमा गोल गर्दा सिटी ३-३ को बराबरीमा आयो । ११२औं मिनेटमा लियान्द्रोले व्यक्तिगत दोस्रो गोल गर्दै अल हिलाललाई ४-३ को रोमाञ्चक जित दिलाए ।

क्वार्टरफाइनलमा अल हिलालले ब्राजिलको फ्लुमिनेन्स एफसीको सामना गर्नेछ । फ्लुमिनेन्सले अन्तिम १६ को खेलमा इटालियन क्लब इन्टर मिलानविरुद्ध २-० को जित दर्ता गरेको थियो । 


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3