काठमाडौं । घरेलु टोली उज्वेकिस्तान एएफसी महिला एसियन कप छनोटमा आइतबार श्रीलंकाविरुद्ध १०-० को एकतर्फी जित दर्ता गरेको छ ।
जितसँगै उज्वेकिस्तान समान अंक भए पनि गोलअन्तरका आधारमा नेपाललाई पछि पार्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ । नेपालले आइतबारै भएको खेलमा लाओसलाई ९-० ले हराएको थियो ।
मिली रंगशालामा उज्वेकिस्तानलाई जित दिलाउन निलुफर कुद्राटोवाले चार, डियोराखोन खाबिबुल्लावाले तीन, ल्युडमिला कराचीकले दुई र माफतुना शोयिमोवाले एक गोल गरे ।
कुद्राटोवाले तेस्रो, सातौं, ५२ र ७३औं तथा खाबिबुल्लावाले ३१, ८७ र ८८औं मिनेटमा गोल गरे । यसैगरी कारचीकले १८ र २० तथा शोयिमोवाले ६८औं मिनेटमा गोल थपे ।
अब बुधबार नेपालले श्रीलंका र उज्वेकिस्तानले लाओसको सामना गर्नेछन् ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3