पुस ४, २०८१ बिहीबार | १८:०७:५४
कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा नेपालको फिफा वरीयता यथावत हिमालयन चेस एकेडेमीले भक्तपुरमा प्रशिक्षण दिने जनकपुरले पावरप्लेमा तीन विकेट गुमायो नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द कर्णालीलाई हराएर फाइनल पुग्न जनकपुरलाई ११९ रन आवश्यक पावरप्लेमा कर्णालीले दुवै ओपनरलाई गुमायो ललितलाई आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट कर्णालीविरुद्ध जनकपुरले टस जित्यो, पहिले फिल्डिङ गर्ने स्यान्टनर न्युजिल्यान्डको एकदिवसीय र ट्वान्टी-२० टोलीको कप्तान कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा नेपालको फिफा वरीयता यथावत हिमालयन चेस एकेडेमीले भक्तपुरमा प्रशिक्षण दिने जनकपुरले पावरप्लेमा तीन विकेट गुमायो नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द कर्णालीलाई हराएर फाइनल पुग्न जनकपुरलाई ११९ रन आवश्यक पावरप्लेमा कर्णालीले दुवै ओपनरलाई गुमायो ललितलाई आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट कर्णालीविरुद्ध जनकपुरले टस जित्यो, पहिले फिल्डिङ गर्ने स्यान्टनर न्युजिल्यान्डको एकदिवसीय र ट्वान्टी-२० टोलीको कप्तान

कर्णालीलाई हराएर फाइनल पुग्न जनकपुरलाई ११९ रन आवश्यक

काठमाडौं । स्पिनर मोहम्मद मोहसिनको सान्दार बलिङप्रेरित नेपाल प्रिमियर लिग (एनपिएल) अन्तगर्त दोस्रो क्वालिफायर्समा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ११९ रनमा रोकेको छ ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरको समाप्तिमा ९ विकेट गुमाएर मात्र ११८ रनको योगफल तयार पार्यो ।

कर्णालीका लागि मध्यक्रमका ब्याटर गुल्सन झाले २० बलमा एक चौका र दुई छक्कासहित सर्वाधिक २५ रनको योगदान गरे । त्यस्तै ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्कासहित २४ रन बनाउँदा चौथो नम्बरका ब्याटर विलियम बोसिस्टोले १४ रन जोडे । यसैगरी तेस्रो नम्बरका ब्याटर जीसन मक्सुद र १०औं नम्बरका ब्याटर युनिस ठकुरीले समान १२ रन जोड्दा पाँचौं नम्बरका चाडविक वाल्टनले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जनकपुरका लागि मोहसिनले चार ओभरमा एक मेडनसहित १४ रन खर्चिएर दुई विकेट लिए । त्यस्तै अर्का स्पिनर ललित राजवंशी र तीव्र गतिका बलर जिमी निसमले पनि समान दुई विकेट हात पारे । यसैगरी अन्य स्पिनर हर्ष थाकर र शेर मल्लको नाममा समान एक विकेट रह्यो ।

ललितले एक रनमा रहेका ओपनर जयकृष्ण कोलसावलालाई पेभिलियनको बाटो देखाएपछि जनकपुरले पहिलो सफलता हासिल गरेको थियो । दोस्रो ओभरको पहिलो बलमा कोलसावला कभर पोइन्टमा हर्ष थाकरबाट क्याच भए ।

स्कोरबोर्डमा तीन रन हुँदा पहिलो विकेट गुमाएको कर्णालीका लागि देव खनाल र जीसन मक्सुदले दोस्रो विकेटको लागि ३७ रनको साझेदारी गरे । यो साझेदारीमा पाँच चौका र एक छक्का प्रहार भए ।

छैटौं ओभरको पहिलो बलमा कर्णालीले दोस्रो विकेटको रुपमा देवलाई गुमायो । निसमको बलमा देव दीप स्कावयर लेगमा आकाश त्रिपाठीबाट क्याच भएपछि जनकपुरले ब्रेक थ्रु पाएको हो । स्कोरबोर्डमा १० रन जोडिन नपाउँदै जनकपुरले अर्को विकेटमा खुसियाली मनायो । पावरप्लेको अन्तिम बलमा मक्सुदलाई स्पिनर मोहसिनले विकेटकिपर लाहिरु मिलन्थाबाट क्याच गराए ।

मक्सुद पेभिलियन फर्किएपछि पारीलाई उकास्ने जिम्मेवारी बोक्दै वाल्टन क्रिजमा आइपुगे । उनका स्ट्राइक पार्टनर थिए बोसिस्टो । तर, दुबैले चौथो विकेटको लागि २५ रनभन्दा माथिको साझेदारी गर्न सकेनन् । १०औं ओभरको तेस्रो बलमा ललितको बलमा बोसिस्टो मिलन्थाबाट स्टम्प आउट हुने पुगे । दुई ओभरपछि वाल्टन पनि पेभिलियन फर्किए । थाकरले वाल्टनलाई एक्सट्रा कभरतर्फ कप्तान आसिफ शेखबाट क्याच गराए । वाल्टनले बिग हिटर गुल्सनसँग मिलेर पाँचौं विकेटको लागि १३ रनको साझेदारी गरे ।

स्कोरबोर्डमा ७७ रन हुँदा पाँच खेलाडीलाई गुमाएको कर्णालीले थप दुई रनपछि अर्को विकेट खर्चियो । गुल्सनले मिड विकेटतर्फ गरेको प्रहारमा अर्जुन एक रनका लागि दोडिएका थिए । तर, गुल्सनले रन लिन नचाहँदा अर्जुन आफ्नै विकेटतर्फ फर्किएका थिए । तर, ब्याटले लाइन क्रस गर्न नपाउँदै उनी मयन यादवबाट रन आउट भए ।

कर्णालीले १६औं ओभरको पहिलो बलमा एक सय रन पूरा गर्यो । दोस्रो बलमा कप्तान सोमपाल कामी शेरको शिकार बन्न पुगे । शेरले सोमपाललाई मिड विकेटमा मोहसिनबाट क्याच गराए । लगत्तैको ओभरमा मोहसिन आफै बलिङमा उत्रिए । उनका लागि यो दोस्रो ओभर थियो । एक विकेट आफ्नो नाम गराइसकेका मोसिनले पहिलो बलमै कर्णालीको सबैभन्दा महत्वपूर्ण खेलाडी, गुल्सनलाई बोल्ड गर्दै पेभिलियनको बाटो देखाए ।

गुल्सनको बिग हिटमा प्रतिस्पर्धात्मक लक्ष्यतर्फ अग्रसर देखिएको कर्णालीले त्यसपछिका तीन ओभरमा मात्र १५ रन बनाउन सक्यो । ललितले १८औं ओभरमा एक रन खर्चिँदा मोसिनको अन्तिम ओभरमा कर्णालीले मात्र तीन रन बनाउन सक्यो । अन्तिम ओभरमा युनेश ठकुरीले पेभिलियन फर्किनुअघि निसमको बलमा दुई चौकासहित १० रन जोडे । युनेश अन्तिम बलमा एलबिडब्ल्युको शिकार बने ।

 


भिडियो
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1
NPL बाट बाहिरिएपछि Sharad Vesawkar भन्छन्ः प्रतियोगिता निकै रमाइलो भयो
चितवनलाई हराएपछि Karnali Yaks का कप्तान Sompal Kami भन्छन्ः उपाधि जित्ने लक्ष्यमा अगाडि बढेका छौं
NPL Eliminator मा कर्णाली याक्ससँग हारेपछि चितवनका प्रशिक्षक Umesh patwal