काठमाडौं । नेपालले एसिसी महिला यु-१९ एसिया कपको सुपर फोरअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
खेल मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले एक ओभरमा एक विकेट गुमाउँदै एक रन बनाएको अवस्थामा खेल रोकिएको थियो । त्यसपछि खेल सञ्चालन गर्न सम्भवन नभएपछि दुवै टोलीलाई १-१अंक प्रदान गरिएको हो ।
नेपालले समूह ‘बी’ तथा श्रीलंकाले समूह ‘ए’ को उपविजेताका रूपमा सुपर फोरको यात्रा तय गरेका थिए ।
समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग अंक बाँडेको थियो । नेपाल र भारतबीचको खेल वर्षाका कारण विना नतिजा टुंगिएको थियो ।
यता घरेलु टोली मलेसियाविरुद्ध ९४ रनको सहज जित निकालेबको श्रीलंका बंगलादेशसँग २८ रनले पराजित भएको थियो ।
सुपर फोरको अन्तिम खेलमा नेपालले शुक्रबार बंगलादेशको सामना गर्नेछ ।
भिडियो
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1
NPL बाट बाहिरिएपछि Sharad Vesawkar भन्छन्ः प्रतियोगिता निकै रमाइलो भयो
चितवनलाई हराएपछि Karnali Yaks का कप्तान Sompal Kami भन्छन्ः उपाधि जित्ने लक्ष्यमा अगाडि बढेका छौं
NPL Eliminator मा कर्णाली याक्ससँग हारेपछि चितवनका प्रशिक्षक Umesh patwal