काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायर्समा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा दुई विकेट गुमाएर ४४ रन जोडेको छ ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरिरहेको कर्णालीका ओपनरद्धय जयकिसन कोल्सावाल र देव खनाल पेभिलियन फर्किएका छन् ।
जनकपुरका लागि ललित राजवंशी र जिमी निसमले विकेट लिए ।
ललितले एक रनमा रहेका ओपनर जयकृष्ण कोल्सावाललाई पेभिलियनको बाटो देखाएका हुन् । दोस्रो ओभरको पहिलो बलमा कोलसावला कभर पोइन्टमा हर्ष थाकरबाट क्याच भए ।
छैटौं ओभरको पहिलो बलमा कर्णालीले दोस्रो विकेटको रुपमा देवलाई गुमायो । निसमको बलमा देव दीप स्कावयर लेगमा आकाश त्रिपाठीबाट क्याच भए ।
अहिले जीसन मक्सुद आठ र विलियम बोसिस्टो पाँच रनमा ब्याटिङ गरिरहेका छन् ।
भिडियो
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1
NPL बाट बाहिरिएपछि Sharad Vesawkar भन्छन्ः प्रतियोगिता निकै रमाइलो भयो
चितवनलाई हराएपछि Karnali Yaks का कप्तान Sompal Kami भन्छन्ः उपाधि जित्ने लक्ष्यमा अगाडि बढेका छौं
NPL Eliminator मा कर्णाली याक्ससँग हारेपछि चितवनका प्रशिक्षक Umesh patwal