चैत्र ८, २०८२ आइतबार | १५:५९:२९
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

हिमालयन चेस एकेडेमीले भक्तपुरमा प्रशिक्षण दिने

प्रशिक्षण सञ्चालनका लागि सम्झौता हुँदै ।

काठमाडौं। हिमालयन चेस एकेडेमी (एचसिए) ले भक्तपुरमा प्रशिक्षण दिने भएको छ । कौसलटारमा प्रशिक्षण संचालनका लागि एकेडेमी र योङ लर्नस (रिडर्स हब)सँग बिहीबार सम्झौता भएको छ ।

एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बुले भनिन्, ‘भक्तपुरबाट नियमित प्रशिक्षणको लागि थापाथली आउजाउ गर्न टाढा पर्नसक्छ। त्यसैले बालबालिकाकाो सहजताका लागि योङ लर्नर्ससँग सहकार्य गर्दै कौशलटारमै प्रशिक्षण दिने व्यवस्था गरिएको हो।’

भन्छिन्, ‘हामीले बालबालिकाको व्यक्तित्व विकासको लागि आर्ट्स, भ्वाइलिन, नाट्यलगायत सिकाइरहेका छौं। एउटै स्थानमा बालबालिकाले धेरै कुरा सिक्न पाओस भनेर हामीले हिमालयन चेस एकेडेमीसँग सहकार्य गरेर चेसको प्रशिक्षण थपेका छौं। बालबालिकालाई चेस सिकाउनका लागि धेरै अभिभावक सम्पर्कमा आएका छन्। अब चेसको नियमित प्रशिक्षण सञ्चालन गर्नेछौं,’ योङ लर्नर्सकी संस्थापक वन्दना अर्यालले भनिन् ।

प्रशिक्षण पुस १३ गतेदेखि सुरु गरिने छ। सुरुमा साप्ताहिक रूपमा शनिबार दिउँसो १२ देखि २ बजे प्रशिक्षण सञ्चालन हुनेछ, जसमा पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिका सहभागी हुन पाउनेछन्।

दुवै संस्था गत वर्ष स्थापित भएका हुन् । हिमालयन चेस एकेडेमीका उपत्यकाका १३ विद्यालयमा चेस प्रशिक्षण दिइरहेको छ भने थापाथलीस्थित केन्द्रमा ८० भन्दा बढी खेलाडीले नियमित प्रशिक्षण गरिरहेका छन्। एकेडेमीले प्रतियोगिता व्यवस्थापन, वर्कसपलगायत चेसका सम्पूर्ण गतिविधि सञ्चालन गर्दै आएको छ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो