पुस १, २०८१ सोमबार | १३:५२:४७
पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य एनपिएलको प्लेअफ समीकरण पूरा सुदूरपश्चिमको छैटौं जित, हारका बबजुद कर्णाली प्लेअफमा कर्णाीलीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य कर्णालीले पावरप्लेमा बनायो ३५ रन अंक दूरी घटाउँदै चेल्सी कर्णालीविरुद्ध फिल्डिङ गर्दै सुदूरपश्चिम म्यानचेस्टर डर्बीमा युनाइटेडसँग हार्यो सिटी बार्सिलोना घरेलु मैदानमै पराजित एनपिएलः सुदूरपश्चिम र कर्णाली भिड्दै पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य एनपिएलको प्लेअफ समीकरण पूरा सुदूरपश्चिमको छैटौं जित, हारका बबजुद कर्णाली प्लेअफमा कर्णाीलीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य कर्णालीले पावरप्लेमा बनायो ३५ रन अंक दूरी घटाउँदै चेल्सी कर्णालीविरुद्ध फिल्डिङ गर्दै सुदूरपश्चिम म्यानचेस्टर डर्बीमा युनाइटेडसँग हार्यो सिटी बार्सिलोना घरेलु मैदानमै पराजित एनपिएलः सुदूरपश्चिम र कर्णाली भिड्दै

सुदूरपश्चिमले दियो पोखरालाई १५४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर (एनपिएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोल्यसले पोखरा एभेन्जर्सविरुद्ध     १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५३ रनको योगफल तयार पार्यो । 

पोखराका लागि कप्तान कुशल भुर्तेलले दुई तथा रेमोन रिफर, सागर ढकाल र माइकल लिस्कले समान एक विकेट लिए ।

सुदूरपश्चिमका लागि आरिस शेखले ३८ बलमा दुई चौका र एक छक्काको मद्दतले अविजित ४२ रन बनाए । यसैगरी   ब्रेन्डन म्याकमुलनले २३, कप्तान दिपेन्द्रसिंह ऐरीले २०, विनोद भण्डारीले १४ र हरमित सिंहले १३ रन जोडे ।

दोस्रो ओभरको पाँचौं बलमा रेमोन रिफरले सेफ जैबले व्यक्तिगत ९ रनमा बोल्ड गरे ।

सातौं ओरभको दोस्रो बलमा विनोद भण्डारी पेभेलियन फर्किए । १६ बलमा समान एक चौका र छक्काको मद्दतले १४ रन बनाएर खेलिहरेका उनलाई कुशल भुर्तेलले विपिन खत्रीबाट क्याच गराए ।

सोही ओभरको अन्तिम बलमा कुशलले ब्रेन्डन म्याकमुलनलाई पेभेलियनको बाटो देखाए । १६ बलमा दुई छक्का र एक चौकाको मद्दतले २३ रन बनाएका उनी सागर ढकालबाट क्याच भए ।

माइकल लिस्कले १०औं ओभरको चौथो बलमा हरमित सिंहलाई सुदीप अर्यालबाट क्याच गराए । उनले १० बलमा एक छक्कासहित १३ रन बनाए ।

दीपेन्द्रसिंह ऐरी १५औं ओभरको अन्तिम बलमा पेभेलियन फर्किए । १६ बलमा एक छक्कासहित २० रन बनाएका उनलाई सागर ढकालले एलबिडब्ल्युको धरापमा पारे ।

इशान पाण्डे १९औं ओभरको पहिलो बलमा रियायर्ड हार्ट भए । उनली ११ बलमा एक चौकाको मद्दतले १० रन बनाएर खेलिरहेका थिए ।

अन्तिम ओभरको तेस्रो बलमा स्कट कुग्गेलिजन रन आउट भए । उनले दुई रन मात्रै बनाउन सके ।


भिडियो
ब्याटिङ राम्रो भए उपाधि जित्छौंः Gyanendra Malla
उपाधि सुदूरपश्चिम नै जित्छः Dipendra Singh Airee
POKHARA AVENGERS विरुद्ध पाँच विकेट लिएका SUDURPASCHIM ROYALS का SCOTT KUGGELEIJN
KUSHAL BHURTEL भन्छन्ः NPL को कार पाउनेमा KUSHAL MALLA को सम्भावना बढि छ ।। POKHARA AVENGERS
SANDEEP LAMICHHANE लाई यसपाली भाग्यको राम्रो साथ नमिलेको प्रशिक्षक Kevin O'Brien को बुझाईं II NPL
KATHMANDU GURKHAS का कप्तान KARAN KC भन्छन्ः SUDURPASCHIM ROYALS ले NPL जित्न सक्छ
चाहिने खेलमा रन बन्योः kushal Malla