मंसिर २७, २०८१ बिहीबार | १९:४८:०४
तेश्रो दिन निरजलाई एकल अग्रता एनएसएल चैतमा सुरु हुने युएई जाने यु-१९ क्रिकेट टोलीको बिदाइ मैत्रीपूर्ण खेलमा बालेनको गोल युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय तेश्रो दिन निरजलाई एकल अग्रता एनएसएल चैतमा सुरु हुने युएई जाने यु-१९ क्रिकेट टोलीको बिदाइ मैत्रीपूर्ण खेलमा बालेनको गोल युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय

युएईका बसिर अहमद चितवनमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज चितवन राइनोजले प्रतियोगिताको बाँकी खेलका लागि संयुक्त अरब इमिरेट्स (युएई)का अलराउन्डर बसिर अहमदलाई अनुबन्ध गरेको छ ।

ब्याटिङ र बलिङ दुवै विभागमा भर गर्न सकिने भन्दै चितवनले उनलाई अनुबन्ध गरेको जनाएको छ । तर उनको अनुबन्धन रकम भने खुलाइएको छैन ।

युएईका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने बसिरले ट्वान्टी-२० स्वरुपमा ७० खेल खेल्दै ८५८ रन बनाउनुका साथै ३८ विकेट लिएका छन् ।

विगतमा पनि विभिन्न प्रतियोगिताका लागि नेपालमा आएर खेलिसकेका बसिरले चितवन राइनोजसँग अनुबन्ध हुन पाउदा आफू उत्साहित रहेको बताएका छन् ।

यसैगरी चितवनका प्रवन्ध निर्देशक आयुश न्यौपानेले बसिरलाई अनुबन्ध गर्दा टोलीको मनोबल वृद्धि भएको प्रतिक्रिया दिए ।

कीर्तिपुरको टियु मैदानमा जारी प्रतियोगितामा चितवनले पाँच खेलमा तीन जितका साथ ६ अंक जोडेको छ । टोलीले समूह चरणमा दुई खेल खेल्न बाँकी रहँदा तेस्रो स्थानमा छ । आठ टोली सहभागी प्रतियोगिताबाट शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

पहिलो खेलमा काठमाडौं गुर्खाजमाथि ५ विकेटको जित हासिल गरेको चितवनले दोस्रो खेलमा पोखरालाई ८७ रनले मात दिएको थियो । यसैगरी तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटको पराजय भोगेको टोलीले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हरायो । पछिल्लो खेलमा भने टोली लुम्बिनी लायन्ससँग ३३ रनकै अन्तरमा पराजित भएको थियो ।

समूह चरणमा टोलीले अब विराटनगर किंग्स र जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ । 


भिडियो
सुदूरपश्चिमविरुद्धको हार सोचेको पनि थिएनौं Sher Malla
ASIA CUP मा पनि WORLD CUP QUILIFIER मा जस्तै प्रदर्शन गर्छौः महिला यु–१९ टिमकी कप्तान POOJA MAHATO
टियु मैदानमा रन बनाउन निकै गाह्रो छः Stephen Eskinazi
यो खेल सुपर ओभरमा जानै हुँदैन थियौः Bipin Khatri
सुपर ओभरको बलिङमा चुक्यौंः Sandeep Lamichhane
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel