चैत्र ३, २०८२ मंगलबार | ०७:०८:३१
लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो

काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली

काठमाडौं । काठमाडौं गुर्खाजमाथि सहज जित हासिल गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।
बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले काठमाडौंलाई पाँच विकेटले हरायो । काठमाडौंले दिएको १०२ रनको सामान्य लक्ष्य जनकपुरले १५.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

यो नतिजासँगै जनकपुरले ६ खेलबाट १० अंक जोड्दै प्लेअफ स्थान सुरक्षित गरेको हो । जितसँगै जनकपुर सुदूरपश्चिम रोयल्सलाई उछिन्दै अंकतालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । आफ्नो अन्तिम खेलमा विजयी प्राप्त गरे जनकपुरले पहिलो क्वालिफायरमा स्थान बनाउनेछ ।

हारले काठमाडौंलाई कठीन मोडमा ल्याएको छ । काठमाडौंले दुई खेल खेल्न बाँकी छ । काठमाडौंले प्लेअफ पुग्न दुबै खेल जित्न पर्नेछ नै, पोखरा, चितवन र कर्णालीको नतिजामा पनि भर गर्नु पर्नेछ ।

जनकपुरको जितमा मध्यक्रमका ब्याटर जिमी निसमले १७ बलमा एक चौका र तीन छक्कासहित सर्वाधिक २७ रनको योगदान गरे । त्यस्तै चौथो नम्बरका ब्याटर हर्ष थाकरले २५ रनको अविजित पारी खेल्दा ओपनर लाहिरु मिलन्थाले १६ रन बनाए । यसैगरी सातौं नम्बरका ब्याटर मोहमद मोशिन १३ रनमा अविजित रहँदा कप्तान अनिल शाहले ११ रन जोडे । ओपनर आसिफ शेख र पाँचौं नम्बरमा आएका शुभ कशंकारले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

काठमाडौंका लागि कप्तान करण केसीले तीन ओभरमा १० रन खर्चिँदै सर्वाधिक दुई विकेट लिए । शाहव आलम, जेरार्ड इरास्मस र दीपेश कँडेलको नाममा समान एक विकेट रह्यो ।

जनकपुरले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा दुई विकेट गुमाएर ५२ रन जोड्दै मध्यम सुरुआत गरेको थियो ।

जनकपुरले पाँचौं ओभरको तेस्रो बलमा पहिलो विकेट गुमायो । १६ रनमा ब्याटिङ गरिरहेका मिलन्थालाई कप्तान करणले विकेटकिपर राजु रिजालबाट स्टम्प आउट गरे । त्यही ओभरको अन्तिम बलमा आसिफ इरास्मसबाट क्याच भए ।

जनकपुरले तेस्रो विकेटको रुपमा कप्तान अनिल शाहलाई गुमायो । अनिललाई दीपेशले एलबिडब्ल्युको शिकार बनाए । स्कोरबोर्डमा सात रन थप्न नपाउँदै जनकपुरले अर्को विकेट गुमायो । १०औं ओभरको चौथो बलमा शुभ साहवको बलमा दीपेशबाट क्याच भए । शुभको विकेटपछि क्रिजमा आएका मोशिनले निशमसँग मिलेर पाँचौं विकेटको लागि ३३ रनको साझेदारी गर्दै टोलीलाई सहज जितको बाटोतर्फ लगे । यसबीच काठमाडौंका लागि ११औं ओभर महँगो सावित भयो । दीपेशको ओभरमा निशमले दुई चौका र एक छक्का प्रहार गर्दै पारीलाई उकासे । १४औं ओभरको तेस्रो बलमा इरास्मसबाट एलबिडब्ल्युको शिकार बन्दासम्म निशमले आफ्नो काम गरिसकेका थिए । निशमपछि थाकर र मोशिन मिलेर जनकपुरलाई पाँचौं जित दिलाए ।

त्यसअघि टस जितेर ब्याटिङको निर्णय गरेको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाएर १०३ रनको योगफल तयार गरेको थियो ।

काठमाडौंका लागि जेरार्ड (इरास्मस)ले २२ बलमा दुई चौकासहित २० रनको योगदान गरे । त्यस्तै कप्तान करण केसीले १९ रन बनाउँदा ओपनर स्टेफन इस्किनाजीले १७ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंलाई कम रनमा रोक्न ललित राजवंशी र शेर मल्लले समान तीन विकेट लिए । ललितले चार ओभरमा दुई मेडनसहित आठ रन खर्चिँदा शेरले ३.३ ओभरमा ११ रन खर्चिए । त्यस्तै मोहम्मद (मोशिन)ले चार ओभरमा २० रन खर्चिँदै दुई विकेट हासिल गर्दा किशोर महत्तो र अरनिको यादव नाममा एक विकेट रह्यो । कप्तान अनिलले पाँच खेलाडीलाई क्याचमार्फत पेभिलियनको बाटो देखाए ।

पावरप्लेमा दुई विकेट गुमाउँदै ३५ रन जोडेको काठमाडौंले बाँकीका १३.३ ओभरमा  सात विकेट गुमाउँदै थप ६६ रन जोडेको हो ।

सुरुआती ६ ओभरमा काठमाडौंले ओपनर माइकल लेभिट र तेस्रो नम्बरका ब्याटर भिम सार्कीलाई गुमाएको थियो ।

तेस्रो ओभरको तेस्रो बलमा लेभिट किशोरको बलमा मोशिनबाट क्याच भए । लेभिटले आठ रनमा पेभिलियन फर्किए ।

जनकपुरले सातौं ओभरमा अर्का ओपनर इस्किनाजी र सुमितलाई पेभिलियनको बाटो देखायो । पहिलो बलमा ललितले इस्किनाजीलाई एलबिडब्ल्युको शिकार बनाए । चौथो बलमा सुमित अनिलबाट क्याच भए । १२औं ओभरको तेस्रो बलमा रसीद खान अरनिकोको बलमा अनिलबाट क्याच भए । सुमितले खाता नै खोल्न पाएनन् । रसीदले सात रनभन्दा धेरै बनाउन सकेनन् ।

दुई ओभरपछि डान डाउथवेट शेरको बलमा आसिफ (शाह)बाट क्याच हुँदा १५औं ओभरको अन्तिम बलमा प्रतीक श्रेष्ठलाई ललितले बोल्ड गरे । डाउथवेटले एक रन बनाउँदा प्रतीक ६ रनमा आउट हुन पुगे । १६औं ओभरमा काठमाडौंले आठौं विकेटको रुपमा इरास्मसलाई गुमायो । इरास्मस मोशिनको बलमा अनिलबाट क्याच भए । त्यसपछि आएका साहव आलमले करणसँग मिलेर नवौं विकेटको लागि २७ रनको साझेदारी गरे ।

१९औं ओभरको पाँचों बलमा काठमाडौंले एक सय रन पूरा गर्यो । शेरको बलिङमा जनकपुरले अन्तिम ओभरमा करण र दीपेश कँडेलको विकेट लिँदै काठमाडौंलाई अलआउट गर्यो ।
 


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने