काठमाडौं । नेपाली राष्ट्रिय टोलीकम पूर्व विकेटकिपर ब्याटर सुवास खकुरेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।
३७ वर्षीय सुवासले सामाजिक सञ्जालमार्फत आफ्नो अन्तर्राष्ट्रिय करिअरलाई विश्राम दिने निर्णमा पुगेको जानकारी दिए । उनले पछिल्ला दुई वर्षयता राष्ट्रिय टोलीमा मौका पाएका थिएनन् ।
उनी नेपालका लागि ६ एकदिवसीय र आठ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेले । सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका सुवास सन् २०२२ मा ओमानविरुद्ध अन्तिम पटक राष्ट्रिय टोलीको जर्सीमा देखिएका थिए । दुवै एकदिवसीय अन्तर्राष्ट्रियका खेल हुन् ।
सुवासले एकदिवसीयमा ९७ र ट्वान्टी-२० अन्तर्राष्ट्रियमा एक अर्धशतकसहित ११२ रन बनाएका छन् ।
सुवास ट्वान्टी २० अन्र्ताष्ट्रियमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर हुन् । उनले सन् २०१४ को आइसिसी ट्वान्टी-२० विश्वकपमा अफगानिस्तानविरुद्ध यो उपलब्धि हात पारेका थिए ।