चैत्र ९, २०८२ सोमबार | ००:१२:४५
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

प्राण खोज्दै च्यासल रंगशाला, मौन छन् सम्बन्धित निकाय (भिडियोसहित)

बाढीले पुरेपछिको च्यासल रंगशाला । तस्विर: विकास कार्की/खेलाडी

काठमाडौं । बैकल्पिक अन्तर्राष्ट्रिय फुटबल रंशगाला बनाउने योजनाका साथ ३० करोड रुपैयाँ भन्दा बढि सरकारी लगानी भइसकेको च्यासल मैदानको अवस्था अचेल दयनीय छ । एउटा फुटबलप्रेमीले स्वीकार्नै नसक्ने हविगत आजको दिनमा च्यासल मैदानको वास्तविकता हो, समग्र नेपाली फुटबलकै जस्तो । 

प्राविधिक रुपमा विभिन्न प्रश्न उठाइए पनि नेपाली फुटबलमा केही महत्व बोकेको यो रंगशाला अहिले पूरा खण्डहरमा परिणत भएको छ । प्रत्येक वर्ष वर्षादमा आउने बाढीले प्रभावित गर्ने भए पनि पुन प्राणप्रतिस्थापन गरिएकोमा गएको असोजको बाढीले भने च्यासल रंगशालाको औचित्यमाथि अझ ठूलो प्रश्न खडा गरिदियो ।

ललितपुरस्थित च्यासल मैदानलाई दशरथ रंगशालाको विकल्पका रुपमा हेरिएको थियो । मनोहरा र बागमती नदीको दोभानमा रहेको यस रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको खेल सञ्चालन गर्न हुने योग्य बनाउने योजना थियो । २०७३ साल मंसिरमा निर्माण कार्य सुरु गरिएको यस रंगशाला २०७९ को फागुनमा औपचारिक रुपमा उद्घाटन भएको थियो ।

करिब चार हजार हाराहारी दर्शक क्षमता रहेको च्यासल रंगशालामा अन्तर्राष्ट्रिय स्तरको खेल सञ्चालन गर्ने योजना अझैसम्म पूरा भएको छैन । अन्तर्राष्ट्रिय खेल सम्पन्न गर्न नसकिएको मात्र होइन, अचेल त यो रंगशालाको हालत थप हरिबिजोग भएको छ । खेल सञ्चालन त परको कुरा भयो, नेपालले कुनै पनि स्तरका प्रतियोगिता गर्दा एन्फाले यसलाई प्रशिक्षण स्थलको रुपमा समेत प्रयोगमा ल्याउन सकेको छैन । 

च्यासल रंगशालाको प्यारापिटमा बाढीले थुपारेको फोहोर । तस्विर: सरोज सापकोटा/खेलाडी

पछिल्लो पटक डेढ वर्षअघि च्यासलमा नेपाली यु-१९ टोलीले घरमै भएको साफ च्याम्पियनसिपका लागि अभ्यास गरेको थियो । त्यसअघि यस मैदानमा २०८० जेठमा सम्पन्न शीर्ष डिभिजन लिगका केही खेलहरु भएका थिए । च्यासलको मैदानमा भएको सबभन्दा पछिल्लो फुटबल गतिविधि भनेको गोदावरी नगरपालिकाले आयोजना गरेको काठमाडौं उपत्यका व्यापी मेयर कपका सेमिफाइनल खेलहरु थिए । गएको जेठमा भएको त्यो प्रतियोगितापछि च्यासलको मैदानसँग फुटबलको साइनो तोडिएको छ ।

गत वर्षको मार्चमा सम्पन्न साफ यु-१६ महिला च्याम्पियनसिप एन्फाले यही मैदानमा आयोजना गर्ने योजना बनाएको थियो । तर, मैदानको अवस्थाका कारण एन्फाले कलिला किशोरीहरुको खेल च्यासल मैदानमा गर्न नमिल्ने निश्कर्ष निकाल्यो र अन्ततः खेल एन्फा मुख्यालयमा सारियो । साफअघि एएफसीको निरिक्षणमा च्यासल मैदान प्रतियोगिता आयोजना गर्न अयोग्य ठहर भइसकेको थियो ।

खासमा यो मैदानको इन्जिनियरिङ प्रति नै सबैले प्रश्न उठाएका थिए । उठाइरहेका छन् । मैदानको पूर्व तथा पश्चिम पट्टी दुई ठूला प्यारापिट निर्माण भएका छन् । च्यासल मैदानको छेवैमा मनोहरा नदी छ । नदी र रंगशालाको बीचमा बाटो छ । सुरुमा प्यारापिट मनोहरा नदीतिर च्यापिएको थियो । जग पनि हालिसकिएको थियो । तर, स्थानीयको विवादका कारण २५ मिटर भित्र सारेर प्यारापिट बनाउनुपरेको थियो । यी सब समस्याका बावजुद च्यासलको मैदानले नेपाली फुटबललाई राम्रै सेवा गर्ने आशा थियो ।

तर, अहिले च्यासल मैदान अस्तव्यस्त छ । गत असोज ११ र १२ मा आएको भिषण बाढीले च्यासल मैदानलाई क्षतविक्षत बनाएको थियो । मैदानका सम्पूर्ण संरचना बाढीका कारण क्षतिग्रस्त भएका छन् । च्यासल युथ क्लबका पदाधिकारीका अनुसार बाढीले च्यासल मैदान ९ फिट डुबानमा परेको थियो । पूरै मैदान र प्यारापिटका तल्लो भाग अनि ड्रेसिङ रुम, सौचालय, लगायत कोठा झण्डै एक मिटर बालुवा र लेदोले पुरिएको थियो । मैदानको पूर्वतर्फको पर्खाल भत्किएको छ । तारजाली बारको अवस्था त्यस्तै छ । समग्रमा भन्दा च्यासल रंगशालाका सबै भौतिक पुर्वाधार काम नलाग्ने अवस्थामा पुगेका छन् ।

मनोहरा खोला किनारको च्यासल रंगशाला । तस्विर: सरोज सापकोटा/खेलाडी

करिब चार महिनापछि च्यासल युथ क्लबले खेलमैदानको सरसफाइ सुरु गरेको छ । हामी आइतबार रंगशालाको रिपोर्टिङमा जाँदा डोजरको सहयोगमा च्यासल युथ क्लबले रमेश व्यञ्जनकारको नेतृत्वमा बाढीले मैदानमा थुपारेको माटो र फोहोर फाल्ने काम गरिरहेको थियो ।

क्लबले बाढीका कारण मैदान र वरिपरि देखिएका खाल्डा खुल्डी पुरिसकेको छ । ललितपुर महानगरपालिका वडा नं ९ को सहयोगमा क्लबले सरसफाइ सुरु गरेको हो । मैदानलाई कम्तिमा पनि हेर्नलायकको बनाउने क्लबको योजना छ । मूल मैदानमा माटो पन्छाउने पार्ने कार्य भइसकेको छ । छिट्टै क्लबले दुबो उमार्ने योजना बनाएको छ ।

आवश्यक निकास नपाउँदा मैदानसँगै प्यारापिट मूनि रहेको शौचालय र ड्रेसिङ रुम फोहोरमैलाले भरिएको छ । बाढीले ल्याएको बाक्लो फोहोर र पाँगो मज्जासँग जमेको छ । त्यसले फैलाएको दुर्गन्धका कारण रंगशाला भित्रको बसाई सकसपूर्ण हुन्छ । क्लबले शौचालय र विभिन्न कोठाहरु सफा गर्ने कार्य थालिसकेको छ । छिट्टै मैदानमा थुपारिएको फोहोरहरु सफा पार्ने क्लबको योजना छ ।

मैदानलाई कम्तिमा पनि हेर्नलयाक बनाउने योजना बनाएको च्यासल क्लबले राज्य र एन्फाबाट सहयोग पाए ६ महिनाभित्र पुननिर्माण सम्पन्न गर्न सकिने दाबी गरेको छ । तर, दयनीय अवस्थाका बावजुद एन्फाले कुनै पनि वास्ता नगरेको उनीहरुको गुनासो छ । राष्ट्रिय खेलकुद परिषद् र भोगचलन गरिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा)को नजरमा नपर्दा मैदानले पुननिर्माण पाएको छैन ।

बाढीले तहसनहस बनाएको च्यासल रंगशालाको मैदानम ढलेको प्लेयर बक्स । तस्विर: सरोज सापकोटा/खेलाडी

०७८ भदौ, ०७९ भदौ, ०७९ साउनमा पनि मैदानमा बाढी पसेको थियो । तर, त्यसमा भने सरकारले नै चासोको साथ हेर्दा मैदान तयार भयो । पछि खेल पनि आयोजना भए । तर, यसपटकको वर्षा पछि भने दुबै निकायले चासो दिएका छैनन् ।

करिब ४८ रोपनी क्षेत्रफलको यो रंगशाला सरकारले २८ करोड रुपैयाँको लागतमा बनाएको थियो । सुरुमा १५ हजार क्षमताको भनिए पनि पछि चार हजार क्षमताको मात्रै बनाइयो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २६ फागुन ०७९ मा रंगशालाको उद्घाटन गरेका थिए । त्यसमा पनि महालेखा परिक्षकको कार्यालयले ५४ लाख रुपैयाँ हिनामिना भएको ठहर गरेको थियो ।

उसोत सरकारले रंगशाला निर्माणको काम थाल्नुुअघि नै अखिल नेपाल फुटबल संघले फिफा गोल प्रोजेक्टअन्तर्गत च्यासल रंगशालालाई खेल्न लायक बनाइसकेको थियो । त्यसअघि च्यासल युथ क्लबले २०५० कै दशकमा खोला किनारको त्यो जग्गालाई फुटबल मैदानको रुप दिइसकेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो