चैत्र ११, २०८२ बुधबार | ०६:२८:०५
श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल

महिला फुटबलमा गोलकिपरको अभाव

नेपाल पुलिस क्लबविरुद्ध वालिङ नगरपालिकाकी गोलकिपर सन्जिना माझी, तस्विर: एन्फा ।

काठमाडौं । के साँच्चै नेपाली महिला फुटबलमा गोलकिपरको अभाव भएकै हो त ? यो प्रश्न अहिले नेपाली फुटबलको ‘हट टपिक’ बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदान राष्ट्रिय महिला लिगको दोस्रो चरण आयोजनामा व्यस्त छ । जहाँ बलिया टिम पनि गोलकिपर अभावको पीडामा थिचिएका छन् । मैदानमा देखिएको त्यो नाजुक अवस्थाले उठाएको गम्भीर प्रश्न हो यो ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बाप्पो सुब्बाले गोलपोस्टको जिम्मेवारी सम्हाल्न थालेको एक दशकभन्दा धेरै भइसक्यो । यो अवधिमा अन्जिलालाई चुनौती दिन सक्ने गोलकिपर कति जना आए होलान् त ? जवाफ सहज छ, कोही पनि आएनन् । पछिल्लो समय उमेर समूहमा क्याप्टेनको आर्मब्यान्ड लगाएकी अन्जना रानामगरले अन्जिलालाई केही हदसम्म चुनौती दिइन् ।

यी दुईमध्ये को राम्रो गोलकिपर हो भन्ने जुहारी चलिरहँदा अन्जनाले राष्ट्रिय टिमबाट गन्न सकिने खेलमा पहिलो रोजाईको गोलकिपर बनेर मैदानमा उपस्थिति जनाउन पाएकी छन् । राष्ट्रिय टोलीमा तेस्रो रोजाईकी गोलकिपर हुन्, उषा नाथ । उनलाई पनि बेलाबखत प्रयोग गरिएको छ ।

त्रिभुवन आर्मीविरुद्धको बागमती युवा क्लबकी गोलकिपर सुजता तामाङ, तस्विर: एन्फा ।

राष्ट्रिय लिगमा यसपाली एपिएफकी नियमित गोलकिपर अन्जिला लिगमा देखिएकी छैनन् । अन्जिला युरोपको ग्रीसमा व्यावसायिक फुटबल खेलिरहेकी छन् । उनको अनुपस्थितिमा एपिएफले दोस्रो रोजाईकी गोलकिपर सावित्री किसनलाई मैदानमा उतारेको छ । अन्जनाले आर्मीको गोलपोस्ट सम्हालिरहेकी छन् भने उषा पुलिसको पहिलो रोजाईकी गोलकिपर हुन् ।

अन्जिलाको अनुपस्थितिसँगै एपिएफमा गोलकिपरको अभाव खड्किएको छ । लिगमा सुपर स्टेज नाम दिइएको दोस्रो चरण चलिरहेको छ । शनिबार सुपर स्टेजअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा बिभागीय ‘डर्बी’ प्रतिस्पर्धा थियो । जहाँ एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मीविरुद्ध ३-१ गोल अन्तरको जित हासिल गर्यो । चुनौतीपूर्ण खेलमा एपिएफले तेस्रो रोजाईकी गोलकिपर झरना डुम्राकोटीलाई मैदानमा उतार्नु परेको थियो । यस्तो अवस्था कसरी सिर्जना भयो ?

पहिलो हाफको १०औं मिनेटमै बल नियन्त्रण गर्ने क्रममा सावित्री आर्मीकी मिडफिल्डर अञ्जना थुलुङ राईसँग ठोक्किन पुगिन् । गोलका लागि तीव्र गतिमा दोडिएकी अञ्जनाको खुट्टा सावित्रीको छातिमा लाग्यो । जसका कारण सावित्री अचेत भएर मैदानमा लडिन् । फिजियो र चिकित्सकबाट आवश्यक उपचार पाएपछि बल्ल सावित्री खेलमा फर्किइन् । यो अवधिमा खेल आठ मिनेट रोकिएको थियो ।

नेपाल पुलिस क्लबविरुद्ध वालिङ नगरपालिकाकी गोलकिपर राधिका ओली, तस्विर : एन्फा ।

जसोतसो ४५ मिनेट गोलपोस्ट धानेकी सावित्रीले अब आफू मैदानमा उपस्थिति जनाउन नसक्ने निश्कर्ष निकालिन् । लगत्तै सावित्रीलाई एम्बुलेन्सको सहायतामा अस्पताल लगियो । मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेले सावित्रीको ठाउँमा झरनालाई मैदान उतारे । एपिएफको बेन्चमा झरना एक्ली गोलकिपर थिइन् । त्यसैले पाण्डेसँग अन्य विकल्प थिएन ।

‘हामीसँग अन्य गोलकिपर नै थिएनन् । त्यसैले झरनाले ‘डेब्यु’को अवसर प्राप्त गरिन् । चुनौती त थियो तर, हामीसँग विकल्प पनि त थिएन,’ खेलपछि पाण्डेले प्रतिक्रिया दिए ।

कप्तान अनिता बस्नेतको प्रेरणादायी प्रदर्शनमा एपिएफले आर्मीविरुद्ध ३-१ को जित हासिल गर्यो । एपिएफले चार खेलमा स्पष्ट १२ अंक जोड्यो ।

सोमबारबाट सुपर स्टेजको दोस्रो चरण सुरु भएको छ । एपिएफले बुधबार बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्दै दोस्रो चरणको सुरुआत गर्नेछ । त्यतिबेलासम्म सावित्री पूर्ण रुपमा तयार हुने अनुमान गरिएको छ । पाण्डे भन्छन्, ‘अस्पतालको रिपोर्ट हेर्न बाँकी छ । त्यस्तो समस्या नरहेको बुझेका छौं । छातीमा अलिकति समस्या आएको हो । आगामी खेलका लागि उनी तयार हुनेछिन् ।’

त्रिभुवन आर्मीकी कप्तान पुनम जर्घा मगरको प्रहार बचाउने क्रममा बागमती युवा क्लबकी गोलकिपर सुजता तामाङ, तस्विर: एन्फा ।

सुपर स्टेजका दुवै चरण सकिँदा अंकतालिकाको शीर्ष चार स्थानमा पर्ने टोलीले प्लेअफमा स्थान बनाउनेछन् । यस्तोमा एपिएफ नै उपाधिको निर्विकल्प दाबेदार हो भन्न गाह्रो देखिन्छ । शनिबारकै घटना नदोहोरिएला भन्ने अवस्था छैन । यदी कारणवश शनिबारकै घटना दोहोरिने हो भने एपिएफसँग झरनाको विकल्प रहँदैन । उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेकी झरना एपिएफको यो गरुंगो जिम्मेवारी बहन गर्न कत्तिको सक्षम छिन् त ? प्लेअफ समीकरणका बावजुद उपाधिमा निर्विकल्प दाबेदारी प्रस्तुत गरिरहेको एपिएफका लागि यो चिन्ताको विषय नरहला । तर, यस्तो अवस्थामा एपिएफले मैदानमा आफ्नो उपस्थिति कसरी देखाउँछ, त्यो हेर्न रोचक हुनेछ ।

गोलकिपरको अभाव एपिएफलाई मात्र भएको होइन । नेपाली समग्र महिला फुटबल नै स्तरीय गोलकिपरको अभावमा तडपिएको छ । विभागबाहिरका गोलकिपरको स्तरले पनि यसको पुष्टि गर्दछ । प्रतिस्पर्धामा रहेका पाँच टोलीमध्ये एक हो वालिङ नगरपालिका । अंकको खाता खोल्नै बाँकी वालिङले चार खेलमा ७ गोलको औसतमा कूल २८ गोल खाएको छ । जवाफमा वालिङले एक गोल पनि गर्न सकेको छैन । वालिङविरुद्ध आर्मीले दुई ह्याट्रिकसहित एक दर्जन गोल गरेको थियो । सुपर स्टेजमा यो नै सबैभन्दा ठूलो अन्तरको हार थियो ।

वालिङले ६५ मिनेटभित्र सात गोल खाएको थियो । त्यसपछि मुख्य प्रशिक्षक दीलिप थापाले पहिलो रोजाईकी गोलकिपर राधिका ओलीलाई प्रतिस्थापन गर्दै दोस्रो रोजाइकी सञ्जिना माझीलाई मौका दिएका थिए । तर, सञ्जिनाबाट पनि राम्रो बचाउ हुन सकेन । सञ्जिनाले पाँच गोल खाइन् । वालिङका लागि त्यो तेस्रो खेल थियो । चौथो खेलमा वालिङले विभाग बाहिरको अर्को टोली बागमतीसँग खेल्ने तालिका थियो । एकहिसाबमा यो खेल वालिङका लागि अंक बटुल्ने अवसर रहन सक्थ्यो । तर, प्रशिक्षकको भिन्नै मत थियो ।

नेपाल पुलिसविरुद्ध त्रिभुवन आर्मीकी गोलकिपर अञ्जना रानामगर, तस्विरः सरोज सापकोटा/खेलाडी ।

बागमतीविरुद्धको खेलअघि थापाले भने, ‘यस्तो खराब गोलकिपिङले हामी कसरी जितको अपेक्षा राख्न सक्छौं ? बागमतीविरुद्ध हाम्रो लक्ष्य भनेकै विपक्षी आक्रमणलाई गोलकिपरसम्म पुग्न नदिनु हुनेछ । मूल कुरा हामी कति बेर गोल नखाई बस्न सकिन्छ भन्ने हो । एक गोल खाएपछि गोलहरु थपिँदै जाने डर छ हामीलाई ।’

थापाले वालिङ मात्र नभएर समग्र महिला फुटबलमै गोलकिपरको अभाव रहेको निश्कर्ष निकाले । भनिहाले, ‘खास भन्ने हो भने नेपालमै राम्रा गोलकिपर छैनन् । विभागीय टोलीमा पहिलो रोजाईबाट खेल्नेबाहेक नेपालमा अन्य गोलकिपर नै छैनन् । विभाग बाहिर तपाइँले कुनै पनि राम्रो गोलकिपर देख्नुभएको छ ?’

नेपाली फुटबलमा उब्जिएको गोलकिपरको गम्भीर प्रश्न सम्बोधन गर्न प्रशासन तयार छ त ? जारी राष्ट्रिय लिग स्तरीय गोलकिपरमात्र नभई सबै पोजिसनको विकल्प खोज्ने मञ्च भने बन्न सक्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो