काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिताका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबको टोली घोषणा भएको छ ।
सोमबार घोषणा भएको १४ सदस्यीय टोलीको नेतृत्व लक्ष्मी साउदले गर्नेछिन् । प्रतियोगिता माघ १ देखि १२ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपिएफ छन् । यसैगरी समूह ‘बी’ मा बागमती, मधेश, कोशी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब छन् ।
पहिलो पटक सहभागिता जनाउन लागेको आर्मीले माघ ७ गते बागमती प्रदेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
आर्मीको टोली
लक्ष्मी साउद (कप्तान), निग्मा तामाङ, मनिषाकुमारी चौधरी, अन्जली विश्वकर्मा, सम्झना खड्का, आश्मा पुलामीमगर, रुवी पोदार (विकेटपिकर), सुस्मिता भुसाल, राधिका पुजारा, संगीता गुरुङ, सीता शाही, यमुना थारु, पिंकी बोहारा, इश्वरी विष्ट