भाद्र २७, २०८२ शनिबार | ०९:३४:२८
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

टीएस ठकुरी एम्सको एम्बासडरमा नियुक्त

फाइल तस्विर ।

काठमाडौं । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) ले नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीलाई नेपालका लागि ब्रान्ड एम्बासडर (दुत) मा नियुक्त गरेको छ ।

एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले ठकुरीलाई नेपालका लागि एम्सको दुत नियुक्त गरिएको पत्र पठाएका हुन् ।

‘हामी तपाईंसँगको सहकार्यले विश्वभर रोड रनिङलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने एम्सको लक्ष्य प्राप्ति हुने अपेक्षा गर्दछौं ,’ पत्रमा भनिएको छ, ‘तपाईंको नेपालगन्ज म्याराथन आयोजकका रूपमा लामो समयको अनुभवलाई आत्मसात गर्दै हालै सम्पन्न एम्सको वर्ल्ड कंग्रेसमा तपाईंको उत्कृष्ट प्रस्तुति हेरेपछि हामी तपाईंलाईं नेपालका लागि दुत नियुक्त गर्ने निर्णयमा पुगेका हौं । तपाईंले नेपालमा रोड रनिंगको विकासमा एम्सको प्रतिनिधित्व गर्दै समन्वय गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।’

जापानको ओसाकामा भएको एम्सको २३औं वर्ल्ड कंग्रेसमा ठकुरीले नै सहभागिता जनाएका थिए । नेपालगन्ज म्याराथन नेपालबाट एम्सको पूर्णकालीन सदस्यता प्राप्त गर्ने प्रतियोगिता हो ।   

 दुतका ररूपमा ठकुरीले एम्सका सदस्यता विषयमा नेपालभित्र रेस डाइरेक्टर तथा आयोजकलाई सुचित गर्नुपर्नेछ । साथै एम्सका गतिविधिलाई समन्वयकर्ताका रुपमा कार्य गर्नु, रनिङ समुदायमा हुने विवाद वा त्यस्ता विषयका बारेमा एम्सको बोर्ड समक्ष निरन्तर रिपोर्टिंङ गर्नुपर्नेछ ।

एम्सको उद्देश्य र सदस्यताबाट हुने फाइदाका बारेमा रेस डाइरेक्टरलाई बुझाउँदै सदस्यता बिस्तार कार्यलाई प्रबद्र्धन गर्नुपर्नेछ । एम्सको दुत नियुक्त भएपछि नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले खुशी व्यक्त गरे ।

‘धारा नेपालगन्ज म्याराथनसँग सहकार्य गर्ने राज्यका निकाय तथा प्राइभेट सेक्टर तथा समस्त सराकोरवाप्रति आभारी छु,’ ठकुरीले भने, ‘सिंगो नेपालगन्जवासीलाई धन्यवाद दिन चाहन्छु ।’

यसअघि विश्वव्यापी संस्था फेडरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्टस (फिक्ट्स) ले पनि ठकुरीलाई नेपालका लागि दुत नियुक्त  गरेको थियो । 

एम्स संसारभर १२० देशमा करिब ४५० दौड प्रतियोगिता आयोजक सदस्य भएको संस्था हो ।


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS