काठमाडौं । महिला यु-१९ ट्वान्टी-२० विश्वकप र एसिया कपमा स्थान बनाएको नेपाली टोली बिहीबार स्वदेश फर्किने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली साँझ ६ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ ।
एसिया छनोटको अन्तिम तथा निर्णायक खेलमा बुधबार घरेलु टोली युएईमाथि ८ विकेटको सहज जित निकाल्दै नेपालले पहिलो पटक विश्व कपमा स्थान बनाएको थियो ।
विश्व कप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुदैछ । विश्व कपमा स्थान बनाएसँगै नेपाल एसिया कपमा पनि छनोट भएको छ ।
यु-१९ महिला एसिया कपको पहिलो संस्करण डिसेम्बर १५ देखि २२ सम्म मलेसियामा हुनेछ । प्रतियोगितामा नेपाल भारत र पाकिस्तानसँग एकै समूहमा छ ।
भिडियो
यो खेल सुपर ओभरमा जानै हुँदैन थियौः Bipin Khatri
सुपर ओभरको बलिङमा चुक्यौंः Sandeep Lamichhane
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel
सुदूरपश्चिमले जितेपछि कीर्तिपुरको मैदानमै देउडा ।I NPL ।। SUDURPASCHIM ROYALS ।। JANAKPUR BOLTS
जनकपुरविरुद्ध एक प्रतिशत पनि दबाब थिएन: Ishan Pandey
समर्थक जनकपुरको पक्षमा, बाजी मार्यो सुदूरपश्चिमले II SUDURPASCHHIM ROYALS II JANAKPUR BOLTS II FANS