चैत्र ७, २०८२ शनिबार | २१:११:४६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी

पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै ग्लेन म्याक्सवेल ।

काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा बिहीबार पाकिस्तानविरुद्ध २९ रनको जित निकालेको छ ।

जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल शनिबार हुनेछ ।

ब्रिसबन क्रिकेट मैदानमा अस्ट्रेलियाले प्रस्तुत गरेको ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित सात ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै ६४ रन मात्र बनाउन सक्यो । वर्षाका कारण खेललाई सात ओभरमा झारिएको थियो ।

पाकिस्तानका लागि अब्बास अफ्रिदीले अविजित २०, हिसिबुल्लाह खानले १२ र शाहिन शाह अफ्रिदीले ११ रन बनाए ।

अस्ट्रेलियाका लागि जेभियर ब्राटलेट र नाथन एलिसले समान तीन, एडम जाम्पाले दुई तथा स्पेनसर जोनसनले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित सात ओभरमा चार विकेट गुमाउँदै ९३ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४३, मार्कस स्टोइनिसले अविजित २१ र टिम डेविडले ११ रन बनाए ।

पाकिस्तानका लागि अब्बास अफ्रिदीले दुई तथा नसिम शाह र हरिस रौफले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो