माघ १८, २०८२ आइतबार | ११:५२:३९
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी

पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै ग्लेन म्याक्सवेल ।

काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा बिहीबार पाकिस्तानविरुद्ध २९ रनको जित निकालेको छ ।

जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल शनिबार हुनेछ ।

ब्रिसबन क्रिकेट मैदानमा अस्ट्रेलियाले प्रस्तुत गरेको ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित सात ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै ६४ रन मात्र बनाउन सक्यो । वर्षाका कारण खेललाई सात ओभरमा झारिएको थियो ।

पाकिस्तानका लागि अब्बास अफ्रिदीले अविजित २०, हिसिबुल्लाह खानले १२ र शाहिन शाह अफ्रिदीले ११ रन बनाए ।

अस्ट्रेलियाका लागि जेभियर ब्राटलेट र नाथन एलिसले समान तीन, एडम जाम्पाले दुई तथा स्पेनसर जोनसनले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित सात ओभरमा चार विकेट गुमाउँदै ९३ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४३, मार्कस स्टोइनिसले अविजित २१ र टिम डेविडले ११ रन बनाए ।

पाकिस्तानका लागि अब्बास अफ्रिदीले दुई तथा नसिम शाह र हरिस रौफले समान एक विकेट लिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।