चैत्र ९, २०८२ सोमबार | ०९:२०:५०
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

तेस्रो ट्वान्टी-२० मा भारत विजयी

दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्दै तिलक वर्मा (निलो जर्सी) ।

काठमाडौं । भारतले घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको तेस्रो खेलमा ११ रनको जित दर्ता गरेको छ ।

जितसँगै चार खेलको शृंखलामा भारतले २-१ को अग्रता लिएको छ । यसअघि भारत ६१ रन र दक्षिण अफ्रिका तीन विकेटले विजयी भएका थिए ।

सेन्चुरियनस्थित सुपर स्पोर्टस पार्कमा बुधबार भारतले प्रस्तुत गरेको २२० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै २०८ रन मात्रै बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि मार्को यानसनले १७ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे । यसैगरी हेनरिक क्लासेनले ४१, कप्तान एडियन मार्करमले २९, रिजा हेन्ड्रिक्सले २१, रायन रिकेल्टनले २० र डेविड मिलरले १८ रन बनाए ।

भारतविरुद्ध ब्याटिङ गर्दै हेनरिक क्लासेन (पहेंलो जर्सी) ।

छैटौं विकेटका लागि क्लासेन र मिलरबीच ५८ रनको साझेदारी भयो । भारतका लागि अर्शदीप सिंहले तीन, वरुण चक्रवर्तीले दुई तथा हार्दिक पाण्ड्या र अक्षर पटेलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१९ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि तिलक वर्माले ५६ बलमा आठ चौका र सातको मद्दतले अविजित १०७ रनको योगदान गरे । ट्वान्टी-अन्तर्राष्ट्रियमा तिलकको यो पहिला शतक हो ।

यसैगरी अभिषेक शर्माले २५ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले ५०, हार्दिक पाण्ड्याले १८ ररमनदिप सिंहले १५ र रिंकु सिंहले आठ रन जोडे ।

तिलरकले दोस्रो विकेटका लागि अभिषेकसँग १०७ र पाँचौं विकेटका लागि रिंकु सिंहसँग ५८ रनको साझेदारी गरे । दक्षिण अफ्रिकाका लागि एन्डिल सिम्लेन र केशव महाराजले समान दुई तथा मार्को यानसनले एक विकेट लिए ।

शृंखलाको चौथो तथा अन्तिम खेल शुक्रबार हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो