माघ १८, २०८२ आइतबार | १२:०९:२३
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

तेस्रो ट्वान्टी-२० मा भारत विजयी

दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्दै तिलक वर्मा (निलो जर्सी) ।

काठमाडौं । भारतले घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको तेस्रो खेलमा ११ रनको जित दर्ता गरेको छ ।

जितसँगै चार खेलको शृंखलामा भारतले २-१ को अग्रता लिएको छ । यसअघि भारत ६१ रन र दक्षिण अफ्रिका तीन विकेटले विजयी भएका थिए ।

सेन्चुरियनस्थित सुपर स्पोर्टस पार्कमा बुधबार भारतले प्रस्तुत गरेको २२० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै २०८ रन मात्रै बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि मार्को यानसनले १७ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे । यसैगरी हेनरिक क्लासेनले ४१, कप्तान एडियन मार्करमले २९, रिजा हेन्ड्रिक्सले २१, रायन रिकेल्टनले २० र डेविड मिलरले १८ रन बनाए ।

भारतविरुद्ध ब्याटिङ गर्दै हेनरिक क्लासेन (पहेंलो जर्सी) ।

छैटौं विकेटका लागि क्लासेन र मिलरबीच ५८ रनको साझेदारी भयो । भारतका लागि अर्शदीप सिंहले तीन, वरुण चक्रवर्तीले दुई तथा हार्दिक पाण्ड्या र अक्षर पटेलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१९ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि तिलक वर्माले ५६ बलमा आठ चौका र सातको मद्दतले अविजित १०७ रनको योगदान गरे । ट्वान्टी-अन्तर्राष्ट्रियमा तिलकको यो पहिला शतक हो ।

यसैगरी अभिषेक शर्माले २५ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले ५०, हार्दिक पाण्ड्याले १८ ररमनदिप सिंहले १५ र रिंकु सिंहले आठ रन जोडे ।

तिलरकले दोस्रो विकेटका लागि अभिषेकसँग १०७ र पाँचौं विकेटका लागि रिंकु सिंहसँग ५८ रनको साझेदारी गरे । दक्षिण अफ्रिकाका लागि एन्डिल सिम्लेन र केशव महाराजले समान दुई तथा मार्को यानसनले एक विकेट लिए ।

शृंखलाको चौथो तथा अन्तिम खेल शुक्रबार हुनेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।