माघ १६, २०८१ बुधबार | ०३:३७:४६
काठमाडौं जिल्ला क्रिकेट छनोटमा १४ टिम संघिय सांसद किशोरसिंह राठौरले लुम्बिनी कपको तयारीबारे जानकारी लिए सुर्वण श्रेष्ठ र भानु चन्द राखेप कार्यकारी बोर्ड सदस्यमा नियुक्त बास्केटबलमा चेल्सी र फुटसलमा ब्रम्हकुञ्जलाई उपाधि मध्यपश्चिम च्याम्पियन एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक बागमती फाइनलमा अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडरमा अनिल साह विभागीय डर्बीमा आर्मी विजयी फुटबलर टेकबहादुर बुढाथोकी सुबेदारमा बढुवा एन्फा राजनीतिको समीकरण फेरियो, प्रतियोगिता संयोजक खतिवडालाई नेतृत्वबाटै असहयोग काठमाडौं जिल्ला क्रिकेट छनोटमा १४ टिम संघिय सांसद किशोरसिंह राठौरले लुम्बिनी कपको तयारीबारे जानकारी लिए सुर्वण श्रेष्ठ र भानु चन्द राखेप कार्यकारी बोर्ड सदस्यमा नियुक्त बास्केटबलमा चेल्सी र फुटसलमा ब्रम्हकुञ्जलाई उपाधि मध्यपश्चिम च्याम्पियन एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक बागमती फाइनलमा अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडरमा अनिल साह विभागीय डर्बीमा आर्मी विजयी फुटबलर टेकबहादुर बुढाथोकी सुबेदारमा बढुवा एन्फा राजनीतिको समीकरण फेरियो, प्रतियोगिता संयोजक खतिवडालाई नेतृत्वबाटै असहयोग

भारतीय क्रिकेटर शिखर धवन कर्णालीमा

कर्णालीसँग सम्झौता गर्दै शिखर धवन (निलो जर्सी) ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले चौथो विदेशी खेलाडीका रूपमा  भारतका ब्याटर शिखर धवनलाई अनुबन्ध गरेको छ ।

कर्णाली याक्सले बिहीबार भारतका लागि तीनै शैलीका क्रिकेट खेलिसकेका ३८ वर्षीय धवनलाई अनुबन्ध गरेको जानकारी  दियो । धवनले ६८ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा ११ अर्धशतकसहित १ हजार ७५९ रन बनाएका छन् ।

सम्झौतामा  धवन र कर्णालीका मालिक झनक दत्त खनालले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने गोप्य राखिएको छ ।

सम्झौता कार्यक्रममा भारतका लागि कार्यवहाक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सह-मालिक गृहेन्द्र घिमिरेको पनि उपस्थिति थियो ।

धवनले दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट इन्डियन प्रिमियर लिग( आइपिएपल) खेलेका छन् ।

धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनक दत्त खनालले यो नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धी रहेको बताए । ‘विश्व क्रिकेटकै चर्चित खेलाडीलाई नेपाली क्रिकेटमा समावेश गर्न पाउँदा सिंगो कर्णाली याक्स टिम नै खुसी छौं । यो हाम्रो र नेपाली क्रिकेटको लागि ठूलो उपलब्धी हो’ खनालले भने, ‘धवनको आगमनले कर्णालीलाई मात्रै नभएर नेपाली क्रिकेटलाई फाइदा पुग्ने विश्वास छ ।’

भारतका लागि कार्यवहाक राजदूत थापाले शिखर धवनलाई कर्णाली याक्समार्फत नेपालमा भित्राउनु पर्यटन प्रवद्र्धनको लागि राम्रो सन्देश रहेको बताए । ‘शिखर धवनलाई भित्राउँदै कर्णाली याक्सलेकर्णाली याक्सले पर्यटन प्रवद्र्धनमा राम्रो सुरुआतत गरेको छ,’ थापाले भने ।

सह-मालिक गृहेन्द्र घिमिरेले ठूलो आर्थिक चुनौतीका बबजुद धवनलाई अनुबन्ध गर्न सफल भएको बताए ।  ‘आर्थिक चुनौतीका बाबजुद विश्व क्रिकेटकै प्रसिद्ध खेलाडी शिखर धवनलाई आगामी लिगको लागि अनुबन्ध गरेका छौं,’ घिमिरेले भने, ‘उनको आगमनसँगै नेपाली क्रिकेट र कर्णाली याक्सले सफलता हात पार्ने आशा गरेका छौं ।’

धवनले आगामी लिगमा कर्णाली याक्सबाट खेल्न उत्साहित रहेको प्रतिक्रिया दिए । ‘कर्णाली याक्सले मलाई लिगको लागि अनुबन्ध गरेको छ । यो लिग खेल्न म निकै उत्साहित छु,’ धवनले भने ।

हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको टोलीले यसअघि वेस्ट इन्डिजका चाडविक वाल्टन, पाकिस्तानका मोहम्मद हुसेन तलात र हङकङका बाबर हायतलाई भित्र्याएको थियो ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा कर्णालीसँगै सुदूरपश्चिम रोयल्स पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स  र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
पहिलो हाफको लय कायम राख्न नसक्दा टाई ब्रेकरमा पुग्नुपर्यो ।। फाइनलमा SHANKATA सँग गाह्रो हुन्छ
NRT COACH JEEVAN SINKEMAN: आज मोमेन्टम नै लिन सकेनौं ।। पेनाल्टी सुटआउट पनि दूर्भाग्यजनक भयो ।।
KHELADI TALKS WITH AJAY PHUYAL II BHOLANATH SILWAL II COACH, NEPAL POLICE CLUB WOMEN'S FOOTBALL TEAM
Private video
पेनाल्टीअघि नै जित्ने लक्ष्य थियो : Rabindra Silakar Head Coach, Sankata Club
रणनीति अनुसार खेल्यौं : Santosh Neupane: Head Coach, Machhindra FC
हाम्रो योजना नै टाई ब्रेकरमा जाने थियो : Puja RanaPlayer, NPC