चैत्र १८, २०८२ बुधबार | १२:३१:५३
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

सुर्वण श्रेष्ठ र भानु चन्द राखेप कार्यकारी बोर्ड सदस्यमा नियुक्त

नवनियुक्त राखेप कार्यकारी बोर्ड सदस्य सुवर्ण श्रेष्ठ(बायाँ) र भानु चन्द ।

काठमाडौं । सुवर्ण श्रेष्ठ र भानु चन्द राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी सदस्यमा नियुक्त भएका छन् । मंगलबार राखेपको १२०औं  बोर्ड बैठकले श्रेष्ठ र चन्दलाई कार्यकारी बोर्ड सदस्यमा नियुक्त गरेको हो ।

मदन भण्डारी स्पोर्टस फाउन्डेसनमा आबद्ध श्रेष्ठलाई एमालेले कार्यकारी सदस्यमा सिफारिस गरेको हो । नेपाल हक्की संघको महासचिव पनि रहेकी श्रेष्ठले यसअघि राखेप बोर्ड सदस्यको रूपमा काम गरिसकेकी छन् ।

यस्तै नेपाली कांग्रेसको कोटाबाट चन्द कार्यकारी सदस्यमा नियुक्त भएका छन् । नेपाल तेक्वान्दा संघका उपाध्यक्ष चन्द यसअघि बोर्ड सदस्य थिए ।

कार्यकारी समितिमा यसअघि नै कमल भट्टराई सदस्यमा नियुक्त भैसकेका छन् । सोमबार मात्र मन्त्री चौधरीले आफ्नै लगानीमा रहेको नाइटिङ्गेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानलाई बोर्ड सदस्यमा नियुक्त गरेका थिए ।

मन्त्री चौधरी प्रधानलाई पनि कार्यकारी बोर्ड सदस्य बनाउने तयारीमा छन् ।

खेलकुद विकास ऐनले राखेपको कार्यकारी समिति ७ सदस्यीय रहने व्यवस्था गरेको छ । सदस्यसचिव कार्यकारी रहने समितिमा राखेपका प्रशासन विभाग प्रमुख र मन्त्रालयको खेलकुद महाशाखा प्रमुख पदेन सदस्य रहने व्यवस्था छ ।

यसैगरी समान २ पुरुष र महिला मनोनित हुने व्यवस्था छ । जसमा राखेप तथा अध्यक्षको हैसियतले खेलकुद मन्त्रीले समान २ जना मनोनयन गर्न पाउँछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो