काठमाडौं । जय नेपाल कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालको मध्यपश्चिम र भारतको लखनउ विश्वविद्यालय भिड्ने भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदमा सोमबार सम्पन्न सेमिफाइनलमा लखनउने बंगलादेशको ढाका विश्वविद्यालयलाई ७ विकेट तथा मध्यमपिश्चमले त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई ७७ रन पराजित गरेका थिए ।
पहिलो सेमिफाइनलमा ढाकाले प्रस्तुत गरेको को १८० रनको लक्ष्य लखनउले १६.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
लखनउका लागि यशबर्दधन सिंहले ३९ बलमा ११ चौका र ४ छक्काको मद्दतले अविजित ८२ रनको योगदान दिए । यसैगरी ममन कन्डपालले २४ बलमा ८ चौका र ४ छक्काको मद्दतमा मा ५९, आदित्यप्रताप सिंहले १८ रन जोडे ।
ढाकाका लागि सरियर शकिबले २ तथा महाफिजुल इस्लामले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ढाकाले २० ओभरमा ४ विकेट गुमाएर १७९ रनको योगफल तयार पारेको थियो ।
ढाकाका लागि इफ्तखर ५६ बलमा ९ चौका र ४ छक्काको मद्दतले अविजित ९५ रनको योगदान दिए । यसैगरी सैफद सदिक खानले ३१ बलमा ६ चौका र २ छक्काको मद्दतले ५१ र जोहिन जामीले अविजित १५ रन बनाए ।
लखनउका लागि अभिषेक सोनी, आदित्यप्रताप सिंह, आनन्द सागर र सायद मोहम्मद मेहदीले समान एक विकेट लिए ।
यता दोस्रो सेमिफाइनलमा मध्यपश्चिमले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याएको त्रिवि १८.३ ओभरमा ११४ रनमै समेटियो ।
त्रिविका लागि लोकेश बमले ४४, सुरेन्द्रप्रसाद पन्तले १८, साइमन रोयले १६, भीम सार्कीले १५, आइस भट्टराईले १० रन बनाए ।
मध्यपश्चिमका लागि विपिन खत्री, दिवान पुन र सुवास भण्डारीले समान २ तथा विनित खत्री र राजकुमार शाहले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मध्यपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९१ रनको योगफल तयार पारेको थियो ।
मध्यपश्चिमका लागि रविन्द्रजंग शाहीले ५० बलमा १ चौका र ६ छक्काको मद्दतले सर्वाधिक ६९ रन जोडे । यसैगरी दीपक डुम्रेले ३२ बलमा समान ५ चौका र छक्काको मद्दतले ६३ र दिवान पुनले २३ रन बनाए ।
त्रिविका लागि मुकेश ओझाले दुई तथा अमीतकुमार मण्डल, भीम सार्की, साइमन रोय र सन्तोषबहादुर चन्दले समान एक विकेट लिए ।