काठमाडौं । च्याम्पियन नेपाल एपिएफ क्लबकी फरवार्ड सविता रानमागर एन्फा राष्ट्रिय महिला लिगको सर्वोकृष्ट खेलाडी घोषित भएकी छन् ।
सविताले एपिएफलाई अपराजित रहँदै लिग च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले १ लाख रुपैयाँ प्राप्त गरिन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बुधबार एपिएफले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई ४-० ले पराजित गर्यो । एपिएफलाई जित दिलाउन सविताले दुई गोल गरिन् ।
यसैगरी एपिएफकै रश्मीकुमारी घिसिङ सर्वाधिक गोलकार्ता र सावित्री किसन उत्कृष्ट गोलकिपर चुनिए ।
प्रतियोगिता भर रश्मीको नाममा ३५ गोल रह्यो । उनले पहिलो चरणमा १८ र सुपर लिगमा १७ गोल गरेकी थिइन् । नियमित गोलकिपर एन्जिला सुब्बा तुम्बापोको अनुपस्थितिमा पोष्ट सम्हालेकी सावित्रीले उत्कृष्ट प्रदर्शन गरिन् ।
उनीहरुले जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।