काठमाडौं । बालुवाटार क्रिकेट क्लब र थर्ड आइ युथ क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा विजयी सुरुआत गरेका छन् ।
मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा बुधबार बालुवाटरले एन्जल्स स्पोर्टस एकेडेमी र थर्ड आइले पुष्पलाल स्पोर्टस क्लबलाई पराजित गरे ।
दिनको पहिलो खेलमा बालुवाटारले ६ विकेटको जित निकाल्यो । एन्जल्स स्पोर्टसले प्रस्तुत गरेको ९४ रनको लक्ष्य बालुवाट टारले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
बालुवाटारका लागि प्रशिद्ध जैसीले ४१ र सुजल खड्गीले अविजित २२ र रोशन पुनले १० रन बनाए ।
एन्जल्स स्पोर्टसका लागि सागर कट्वाल र सुजन ढकालले समान २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको एन्जल्स स्पोर्टसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रनको योगफल तयार पारेको थियो । एन्जल्स स्पोर्टसका लागि उपेन्द्र खत्रीले ३३ र योगश मगरले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बालुवाटारका लागि धिरज देउवाले ३, प्रशिद्ध जैसीले २ र स्मिथ बुढाले एक विकेट लिए ।
दोस्रो खेलमा थर्ड आइ २४ रनको जित दर्ता गर्यो । थर्ड आइले प्रस्तुत गरेको ११७ रनको लक्ष्य पछ्याएको पुष्पलालले १९.१ ओभरमा ९ विकेट गुमाउँदै ९२ रन मात्रै बनाउन सक्यो ।
पुष्पलालका १ खेलाडी रिटायर्ड हर्ट भएका थिए । पुष्पलालका लागि दीपक भण्डारीले अविजित २४, सुशान्त बुढाथोकीले १२ र विकी मण्डलले ११ रन बनाए ।
थर्ड आइका लागि गणेश विष्टले ३ तथा सौराज थापा र अभिषेक कार्कीले समान २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको थर्ड आइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११६ रनको योगफल तयार पारेको थियो । थर्ड आइका लागि समाज पौडलले ४७, कृष्ण थापाले २२ र दीपेन्द्र ओझाले अविजित १६ रन बनाए ।
पुष्पलालका लागि ओमप्रकाश डाँगीले ३, महेश भण्डाले २ र दीपक भण्डारीले १ विकेट लिए ।