काठमाडौं । आयोजक भारत र इङ्ल्यान्डबीचको तेस्रो ट्वान्टी २० खेल आज (मंगलबार) भारतको राजकोटमा आयोजना हुँदैछ । निरंजन शाह मैदानमा नेपाली समयअनुसार राति ७ः१५ मा हुने खेलमा इङ्ल्यान्ड गर या मरको स्थितिमा छ ।
यसअघि भएको दुबै ट्वान्टी २० खेल भारतले जितिसकेको छ । आज पनि भारत जितेको खण्डमा इङ्ल्यान्डले सिरिज गुमाउनेछ । यसअघि भारत ७ र २ विकेटले विजयी भएको थियो ।
इङ्ल्यान्डले सोमबार नै आफ्नो प्लेइङ ११ सार्वजनिक गरिसकेको छ । त्यसमा कुनै परिवर्तन गरिएको छैन । यता, सुर्यकुमार यादव कप्तान रहेको भारत भने ब्याटर ध्रुव जुरेलको स्थानका शिवम दुबे या रमनदीप सिंह खेलाउने योजनामा छ ।
भारत र इङ्ल्यान्डबीच हालसम्म २६ ट्वान्टी २० खेल भएका छन् । जसमा भारत बलियो पक्षमा छ । भारतले १५ खेल जित्दा इङ्ल्यान्डको पक्षमा ११ खेल छ । इङ्ल्यान्डले अन्तिम सिरिज भारतविरुद्ध सन् २०१४ मा जितेको थियो । यदि तेस्रो खेलमा आज पराजित भए, इङ्ल्यान्डले भारतविरुद्ध लगातार पाँचौं शृंखला गुमाउनेछ ।
दुई शृंखलमा इङंल्यान्डका कप्तान जस बटलरले सर्वाधिक ११३ रन बनाएका छन् । बलिङतर्फ भारतका वरुण चक्रवर्तीले ५ विकेट लिएका छन् ।