नेपालगञ्ज । लुम्बिनी कप महिला फुटबल प्रतियोगिताकाे तयारी बारे केन्द्रदेखि जिल्ला तहसम्मका विशिष्ट व्यक्तिले चासो व्यक्त गर्न थालेका छन् ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी फागुन १९ देखि २९ गतेसम्म नेपालगञ्ज रंशलामा अन्तर्राष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ ।
मंगलबार बाँके क्षेत्र नं. ३ वाट निर्वाचित संघीय सांसद किशोरसिंह राठौरले प्रतियोगिता आयोजनास्थल नेपालगञ्ज रंगशाला र सचिवालयको आ स्थलगत अवलोकन गर्दै तयारीका बारेमा जानकारी लिएका थिए ।
सांसद राठौरलाई आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्रतियोगिताका लागि आवश्यक स्रोत, सरोकारवाला पक्षको सहभागिता र प्राविधिक पक्षमा अहिलेसम्म भएका कार्यप्रगतिका बारे अवगत गराएका थिए ।
सांसद राठौरले प्रतियोगिताका लागि निजि क्षेत्रको सहभागिता खोज्नुपर्नेमा जोड दिदै आप्ना तहवाट हुनसक्ने सबैखाले सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । ‘केन्द्रदेखि जिल्ला तहसम्मका सबैले अपनत्व ग्रहण गर्नसक्ने गरी प्रतियोगिता आयोजनाको तयारी हुनुपर्छ,’ राठौरले भने, ‘दर्शकको पहुँच, खेलाडीको उच्चस्तरको व्यवस्थापन र अतिथिहरुको सम्मानमा आयोजकले विशेष ध्यान पुर्याउन सक्नुपर्छ ।’
यसअघि बाँकेबाटै प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना) ले प्रतियोगिता तयारीका बारे चासो व्यक्त गरेका थिए ।
यसैगरी आजै बाँके जिल्लाका राजनीतिक दलहरुसन्ग प्रतियोगिता तयारीका बारे अन्तरक्रिया गरिएको छ । सचिवालयमा भएको छलफल कार्यक्रममा नेपाली कांग्रेसका सचिव सुधांशु कोइराला, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रतन शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नरेन्द्र पौडेल, निमित्त सचिव रुद्रमणि न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष दिपेन्द्रबहादुर सिंह र नेपाली कांग्रेसका कोषाध्यक्ष यज्ञ बस्नेतको उपस्थिती थियो ।
उनीहरुले प्रतियोगिता सहफल बनाउने पार्टीगत तहबाटट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउदै यो खेलकुदको माध्यमबाट नेपालगञ्जको विकासलाई जोड्ने महत्वपूर्ण अवसर भएको धारणासमेत राखेका थिए ।