चैत्र ११, २०८२ बुधबार | १५:४०:५६
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न

इङ्ल्यान्ड सेमिफाइनलमा

काठमाडौं । क्रिस जोर्डनको ह्याट्रिक विकेट प्रेरित इङ्ल्यान्ड आइसिसी ट्वान्टी २० विश्वकपको सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बनेको छ । आइतबार राति सह–आयोजक अमेरिकालाई दश विकेटले हराउँदै दुई पटकको च्याम्पियन इङ्ल्यान्ड अन्तिम चारमा पुग्यो ।

वेष्ट इन्डिजमा भएको विश्वकपको ४९औं खेलमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले १८.५ ओभरमा अल आउट हुँदै एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा इङ्ल्यान्डले ९.४ ओभरमा बिना विकेट क्षती एक सय १७ रन बनाएको हो ।

सुपर ८ को समूह २ मा इंङ्ल्यान्ड र दक्षिण अफ्रिकाको समान चार अंक छ । वेष्ट इन्डिजको दुई तथा अमेरिका बिना अंक पुछारमा छ । वेष्ट इन्डिज र दक्षिण अफ्रिकाबीचका खेलबाट एक सेमिफानल पुग्ने टोलीको टुंगो लाग्नेछ ।

इङ्ल्यान्डको जितमा कप्तान जस बट्लरले ३८ बलमा ६ चौका र ७ छक्कासहित सर्वाधिक ८३ रन बनाएका हुन् । फिल साल्टले २१ बलमा २५ रन बनाए ।

यसअघि जोर्डनले ह्याट्रिक लिएपछि अमेरिका सस्तैमा समेटदिएको थियो । २.५ ओभर बलिङ गरेका उनले १० रन खर्चेर चार विकेट लिए । साम करन र आदिल रसिदको नाममा समान दुई विकेट रह्यो ।

ब्याटिङतर्फ अमेरिकाका नितिश कुमारले सर्वाधिक ३०, कोरी एन्डरसनले २९, हरमित सिंहले २१ रन जोडेका थिए । अमेरिकाका चार खेलाडी शुन्यमा पेभिलियन फर्किए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो