काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल)को ‘ड्राफ्ट’मा परेका छन् ।
उनी विदेशी कोटाबाट ‘प्लाटिनम’ श्रेणीमा परेका हुन् । यो श्रेणीका खेलाडीले १ लाख ३० हजार देखि १ लाख ७० हजारसम्म पाउनेछन् । सन्दीपले यसअघि लाहोर कलन्दर्सबाट सन् २०१९ को पिसएसल खेलेका थिए ।
ड्राफमा २२ देशका ४ सय ८५ विदेशी खेलाडीले नाम दर्ता गरेका थिए । जसबाट ‘प्लाटिनममा ४६ र डायमन्डमा ७३ गरी जम्मा १ सय २२ खेलाडीलाई मात्र ड्राफमा समावेश गरिएको छ ।
पिएसएलको ‘ड्राफ्ट’ आगामी बुधबार हुनेछ । प्रतियोगिता फेब्रुअरी १३ देखि मार्च १९ सम्म हुनेछ ।
प्लाटिनम श्रेणीका खेलाडी
डेनियल साम्स, एस्टन अगर (अस्ट्रेलिया), फजलहक फारुकी, मुजीब उर रहमान, नुर अहमद, रहमानउल्लाह गुरबाज (अफगानिस्तान), बेन डकेट, क्रिस जोर्डन, डेभिड विली, डेविड मलान, ल्युक उड, रिस टोप्ले, टम करन, टायमल मिल्स ( इङ्ल्यान्ड ), सन्दीप लामिछाने (नेपाल), जेम्स निशम (न्युजिल्यान्ड), रस्सी भान डेर डुसेन, इमरान ताहिर ( दक्षिण अफ्रिका), महेश तिक्क्षणा, भानुका राजापाक्ष, दासुन शनाका ( श्रीलंका), किरोन पोलार्ड, रोभम्यान पावेल, रोमारियो शेफर्ड, ब्रेन्डन किंग र काइल मेयर्स (वेस्ट इन्डिज) ।
डायमण्ड श्रेणीका खेलाडी
अज्मतुल्लाह ओमरजाइ, मोहम्मद नाबी (अफगानिस्तान), बेन म्याकडरमोट (अस्ट्रेलिया), लिटोन दास, मेहदी हसन मिराज, महमुदुल्लाह ( बंगलादेश), ड्यान लरेन्स, गस एटकिन्सन, जोर्डन कक्स, लियम डसन, म्याथ्यु पोट्स, ओली पोप, रिचर्ड ग्लेसन, साम हेन ( इङ्ल्यान्ड), टिम सेफर्ट, मार्टिन गुप्टिल, चाड बोवेस (सबै न्युजिल्यान्ड), जर्ज लिन्डे, लुंगी एनगिडी, रिजा हेन्ड्रिक्स, वेन पारनेल, सिसान्डा मगला (सबै दक्षिण अफ्रिका), दिलशान मदुशंका, चरित असालान्का, दुस्मन्था चमेरा, सदीरा समाराविक्रमा ( श्रीलंका), फाबियन एलन, जोन्सन चार्ल्स, रहकिम कोर्नवेल, रोस्टन चेस, शाइ होप, हेडेन वाल्श (वेस्ट इन्डिज) ।